श्रम ऐन कार्यान्वयनको माग गर्दै पेप्सी कम्पनीका श्रमिक आन्दोलित

परासी, १२ असोज । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० स्थित वरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) का श्रमिकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । विभिन्न नौ बुँदे मागसहित विगत पाँच महीनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका कामदारले माग सुनुवाइ नभएको भन्दै चरणबद्ध आन्दोलन थालेका हुन् । पटक–पटक कम्पनीको व्यवस्थापन पक्षले माग सम्बोधनका लागि निर्णय गर्ने तर कार्यान्वयन नगर्ने […]

तराइमा चर्को गर्मी तथा लगातारको वर्षातसँगै भाइरल ज्वरो, अस्पतालभरि बिरामी भरिभराउ

परासी, ३ भदौ । पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । पृथ्वीचन्द्र अस्पतालका चिकित्सक डा पवन अग्रहरिका अनुसार अहिले दैनिक ६०/७० भाइरल ज्वरोका बिरामी अस्पताल आउने गरेका छन् । एक सातादेखि भाइरलका बिरामीको चाप बढिरहेको उनले बताए […]

एकाबिहानै ट्रकले भत्कायो अरुणखोला पुल, २ मिटर पुल तल झार्ने गरी ठोक्किएको ट्रक तान्नै मुस्किल

बुटवल, २९ साउन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोलामा एक ट्रकले पुल नै भाँचेकाे छ । पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। नवलपरासीकाे मध्यविन्दु नगरपालिकामा पर्ने अरुणखोलामा आज (बुधबार) बिहान ४ बजे एक ट्रक पुलमा ठोक्किएकाे थियाे । पुलमा ठाेक्किएका कारण ट्रक भने खाेलामा झर्नबाट बचेकाे भए पनि पुल भाँचिएकाे छ । पुल भाँचिएपछि […]

सम्पत्ति विवरण नबुझाउने शिक्षकलाई कडा जरिवाना गरिँदै

काठमाडौं, १७ साउन । तोकिएको समयमा सम्पत्ति विवरण बुझाउन अटेरी गर्ने नवलपरासीका २१४ शिक्षक जरिवानामा परेका छन् । आर्थिक वर्ष २०७४/७५ को सम्पत्ति विवरण नबुझाउने २१४ शिक्षकलाई कारवाहीस्वरुप जरिवाना तिर्न आग्रह गरिएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । कार्यालयले ती शिक्षकहरूलाई प्रतिशिक्षक पाँच हजारका दरले अविलम्ब जरिवाना दाखिला गर्न आग्रह […]