यसरी तीब्र गतिमा निकालिदैछ दूधकोशीको पानी डुम्रेधारापानीमा

खोटाङ, १० भदौ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा दूधकोशीको पानी निकाल्न शुरु गरिएको ‘लिफ्टिङ’ प्रविधिको खानेपानी आयोजनाको काम तीव्रगतिमा भइरहेको छ । गत असार २२ गतेबाट शुरु गरिएको दूधकोशी खानेपानी लिफ्टिङ आयोजनाको काम डेढ महिनामै करीब २० प्रतिशत काम पूरा भएको ठेकेदार प्रकाश नाछिरिङले बताए । डुम्रेधारापानीको कोटगढीमा एक लाख ५० हजार घनमिटर […]

दूधकोशीमा सिभिल इञ्जिनीयरिङ कक्षा सञ्चालन हुन थालेपछि छायो खुसीयाली

सोलुखुम्बु, २१ साउन । थुलुङ दूधकोशी गाउँपालिकामा सिभिल इञ्जिनीयरिङ कक्षा सञ्चालन हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट अनुमति लिएर यसै शैक्षिक सत्रबाट गाउँपालिकाले ‘डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ’ कक्षा सञ्चालन गर्ने भएको उक्त गाउँपालिकाका अध्यक्ष असिम राईले जानकारी दिए । शिक्षामन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा २०७६ असार २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त […]