सीमावर्ती क्षेत्रमा बाँध जस्तै सडक बन्दै

नेपालगञ्ज, २१ साउन । भारतले बाँके जिल्लाको सीमावर्ती क्षेत्रमा सडकजस्तो बाँधको निर्माण अघि बढाएपछि बाँकेको दक्षिण–पश्चिम भेगका बासिन्दा फेरि त्रसित भएका छन् । जिल्लाको हिरमिनिया गाउँ अगाडि पिप्रहवा गाउँबाट पश्चिमको क्षेत्रमा भारतले सडकजस्तो बाँध विस्तार गर्न थालेको हो । झण्डै डेढ वर्षदेखि रोकिएको सडक निर्माणको कामलाई भारतले पुनः शुरु गरेको छ । सडकजस्तो बाँधलाई हिरमिनिया […]