यसरी पछुताउँदैछन् चितवन कारागारका गैंँडा मार्ने तस्करहरु

भरतपुर, १५ कार्तिक । थोरै रकमको प्रलोभनमा परेर धेरै सजाय भोग्नु पर्दा दुर्लभ एकसिँगे गँैंडा मारी खाग बिक्री वितरणमा संलग्न भरियादेखि शिकारीसम्म अहिले भरतपुर कारागारमा पछुताउँदै जीवन बिताइरहेका छन् । दुई÷चार हजारको लोभले यस्तो कार्यमा संलग्न अहिले १५÷१५ वर्ष जेल बिताउनु पर्दा जीवन त वर्वाद भयो नै परिवारको समेत बिचल्ली भएपछि पछुताउन थालेका छन् । […]