खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी, खोटेहाङ गाउँ पार्टी सभापति प्रदिप आचार्यको नेतृत्वमा पालिका समिति नेकपा (माओवादी केन्द्र) मा समायोजन भएको छ । त्यसैगरी, नेकपा एमाले गाउँ पार्टी सचिवालय सदस्य प्रकाश कटुवाल र वडा नं ४ मा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य किरण चाम्लिङ्ग राई लगायत ३ दर्जन बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित भएका छन् […]
Tag: खोटाङ
हलेसी बजारमा भीषण आगलागी
खोटाङको हलेसी बजारमा भीषण आगलागी भएको छ । आइतबार साँझदेखि लागेको आगो नियन्त्रणमा आउँन सकेको छैन । हार्डवेयर पसलमा सल्केको आगोले दुई घर पूर्णरूपमा जलेको र अरु एक दर्जन घर जोखिममा रहेका छन् । आगो नियन्त्रणमा प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।
यौन शिक्षा दिएको दावी गर्ने मदन राईलाई जेल
बालयौन दुरुपयोगको मुद्दामा मदन राईलाई अदालतले साढे २ वर्ष कैद तोकेको छ। खोटाङका जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले गत बिहीबार राईलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आज शुक्रबार पेशी तोकेको थियो। शुक्रबार उनलाई साढे २ वर्ष कैदको फैसला सुनाएको हो। यस्तै एक लाख रुपैयाँ जरिवाना र डेढ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउन पनि फैसलामा […]
अखिल(क्रान्तिकारी)का महासचिव उम्मेदवार प्रतिक, जसको बुबाआमा नै जनयुद्धमा शहीद बने
खोटाङ, १० माघ २०८१ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्द्रीय महासचिवमा खोटाङका प्रतिक कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका प्रतिकले अखिल क्रान्तिकारीको यही माघ–१२ गते देशभर एकैसाथ हुने राष्ट्रिय निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी दिएका हुन् । बुबा शहीद दिलकाजी […]
खोला तर्नेक्रममा बाढीले बगाउँदा एकको मृत्यु
खोटाङ, १२ असोज । बाढीले बगाएर बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको छ । केही दिनदेखि लगातार परेको वर्षापछि स्थानीय दुक्चेङ्वा खोलामा शनिबार आएको बाढीले बगाउँदा विश्वकर्माको मृत्यु भएको हो । खोला तर्नेक्रममा दिउँसो बाढीले बगाएको विश्वकर्मालाई करीब १०० मिटर तल रुखमा अड्किएको अवस्थामा फेला पारिएको स्थानीयवासीले बताएका छन् । घटनाका बारेमा […]
दिक्तेल–खानीडाँडा सडक कालोपत्रे ४५ प्रतिशत मात्रै बन्यो
खोटाङ, २५ भदौ । कालोपत्रको काम थालिएको दिक्तेल–खानीडाँडा सडकको काम ४५ प्रतिशतभन्दा बढी सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको २१ करोड एक लाख ८८ हजार लगानीमा सो सडक कालोपत्रको काम थालिएको हो । करीब ११ किलोमिटर लम्बाइ रहेको सो सडकमा स्ट्रक्चरको काम सम्पन्न गरेर अहिले ग्राबेलको काम शुरु गरिएको निर्माण कम्पनी […]
यसरी तीब्र गतिमा निकालिदैछ दूधकोशीको पानी डुम्रेधारापानीमा
खोटाङ, १० भदौ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा दूधकोशीको पानी निकाल्न शुरु गरिएको ‘लिफ्टिङ’ प्रविधिको खानेपानी आयोजनाको काम तीव्रगतिमा भइरहेको छ । गत असार २२ गतेबाट शुरु गरिएको दूधकोशी खानेपानी लिफ्टिङ आयोजनाको काम डेढ महिनामै करीब २० प्रतिशत काम पूरा भएको ठेकेदार प्रकाश नाछिरिङले बताए । डुम्रेधारापानीको कोटगढीमा एक लाख ५० हजार घनमिटर […]
दलितसँग सहभोज खाएका कारण सामाजिक बहिस्करण परेका आचार्य गुहार माग्दै मुख्यमन्त्रीसँग पुगे
खोटाङ, ४ भदौ । जिल्लामा एक सामाजिक बहिस्कारको घटना भएको छ । घटनाका पीडित व्यक्तिले समाजबाट बहिस्कारमा परेपछि प्रदेश सरकारसँग गुहार मागेका छन । जिल्ला समन्वय समितिले गत जेठ १८ गते खाल्लेमा आयोजना गरेको सहभोजमा सहभागी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७६ वर्षीय टङ्कप्रसाद आचार्य बहिस्कारमा परेका हुन् । जिल्लाका प्रतिष्ठित व्यक्ति भेला भएको कार्यक्रममा […]









