पत्रकार आचार्यको असामयिक निधन

कालिकोट । सडक दुर्घटनामा परी पत्रकार वीरेन्द्र आचार्यको असामयिक निधन भएको छ । प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष समेत रहेका रेडियो तिला आवाजका स्टेसन म्यानेजर पत्रकार आचार्य सवार स्कुटीलाई मोटरसाईकलले ठक्कर दिदाँ उनको ज्यान गएको हो । वीरेन्द्रनगर नगरपालिकाको २ मा दुर्घटना भएको र उपचारको क्रममा सुर्खेत अस्पतालमा उनको ज्यान गएको प्रहरीले जनाएको छ । […]

सान्नी त्रिवेणीका हाकिम लामो समयदेखि वेपत्ता

कालिकोट, २० बैशाख । सान्नी त्रिवेणी गाउँपालिका कालिकोटका प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि सम्पर्क विहिन भएका छन् । बैशाख ७ गतेदेखि पालिकाबाट सम्पर्कविहीन भएका पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवाललाई जनप्रतिनिधिहरुले पालिकामा केही दिनदेखि खोजिनीति गर्दा पनि नभेटिएपछि प्रशासनलाई खबर गरिएको छ । बडुवाल बैशाख ७ गते पालिकामा थिए । त्यसअघि पनि उनी पालिकामा […]

कालिकोट छाप्रेमा भीषण पहिरो, तीन वटा वडाका वस्तीहरु ठूलो जोखिममा

कालिकोट, १० भदौ । कालिकोटको छाप्रेमा गएराति भीषण पहिरो गएको छ । पहिरोका कारण तीन वटा वडाका वस्तीहरु ठूलो जोखिममा परेका छन् । तिलागुफा नगरपालिका-७ छाप्रेमा भीषण पहिरो गएको हो। गएराति अबिरल वर्षासँगै गाउँ माथिबाट पहिरो आएपछि स्थानीयवासी गाउँ छाडेर भागेका छन्। पहिरोका कारणा तिलागुफा नगरपालिकाको वडा नं. ६, ७ र ८ का तीन वटा […]