कपिलवस्तुमा एक नेतामाथि गोली प्रहार

बुटवल, १६ साउन । कपिलवस्तुमा गाेली प्रहारका घटना बढ्न थालेका छन । पछिल्लाे समय बिहीबार समाजवादी पार्टीका एक स्थानीय नेतामाथि गोली प्रहार भएको छ । अज्ञात समूहले समाजवादी पार्टीका कपिलवस्तु जिल्ला शुद्धोधन गाउपालिकाका अध्यक्ष रामनयन यादवमाथि गोली प्रहार गरेको हो । मोटरसाइकलमा आएका दुईजना व्यक्तिले उनीमाथि गोली प्रहार गरेकाे स्थानीयले जनाएका छन् । उनको हातको […]