डरलाग्दा भूक्षय रोक्न जैविक तटबन्धको विधि निकै प्रभावकारी भएपछि सबै दङ्ग

कञ्चनपुर, ९ कात्तिक । कञ्चनपुरका नदीले वर्षेनी गर्दै आएको भूक्षय रोक्नका लागि जैविक तटबन्ध निर्माणको कार्य प्रभावकारी बनेको छ । नदी तटीय क्षेत्रमा घाँस जोगाउने र बाँसको जैविक तटबन्ध निर्माण गरी भूक्षय रोक्ने कार्य हुन थालेपछि स्थानीय बासिन्दाको खेतीयोग्य जग्गा जोगिएको हो । लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका ढुङ्गा तारजालीका तटबन्धले रोक्न नसकेको भूक्षयको […]

भारतबाट आएका हात्तीको बथानले उखुबाली नस्ट पारेपछि किसान चिन्तित

कञ्चनपुर, २५ भदौ । लालझाडी गाउँपालिका–१ विनाबारीमा जङ्गली हात्तीको बथानले उखु बालीमा नोक्सान गरेको छ । गए राति भारतको दुधुवा नेशनलपार्कबाट आएको हात्तीको बथानले गाउँपालिका अध्यक्ष मदसेन वडायकको सहित आधा दर्जन बढी किसानको उखु बालीमा नोक्सानी गरेको हो । तीसदेखि ३५ को सङ्ख्यामा रहेका हात्तीले खाएर र खुट्टाले कुल्चेर उखु बालीमा नोक्सानी गरेको गाउँपालिका अध्यक्ष […]

विकासको श्रृङ्खला चलाउन गाउँपालिकाले नै सुरु गरे पञ्चवर्षीय योजना

कञ्चनपुर, ३ भदौ । यहाँका दुई गाउँपालिकाले योजनाबद्धरूपमा विकासका काम अगाडि बढाउन प्रथम पञ्चवर्षीय आवधिक योजना निर्माण गरेका छन् । लालझाडी र बेलडाँडी गाउँपालिकाले एनएलआर नामक संस्थाको सहयोगमा पञ्चवर्षीय आवधिक योजना निर्माणको काम गरेको हो । वार्षिक योजना प्रक्रियामा मार्गदर्शन गर्ने, क्षेत्रगत रणनीतिक योजना तथा महत्वपूर्ण विकास प्राथमिकता प्राप्त कार्यक्रम तर्जुमा गर्ने, आवश्यकताका आधारमा स्रोत […]