संसद सकिनेबत्तिकै उपसभामुख यादव राप्रपा छाडेर एमालेमा

काठमाडौं, २९ असोज । संसदको आयु सकिएसँगै निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । राप्रपाको तर्फबाट व्यवस्थापिका संसदको उपसभामुखमा निर्वाचित भएका यादव आइतबार विहानै एमालेमा प्रवेश गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित कार्यक्रममा यादवले आफू कम्युनिस्ट विचारबाट प्रभावित भएको भन्दै एमालेमा प्रवेश गरे । संसदको अवधि शनिबार […]