नर्सरी व्यवसायबाट लाखौको नाफा र रोजगारीको अवसर

विराटनगर, १८ साउन । परिश्रम र लगनशील भएर काम गर्ने हो भने आफ्नो परिवारसहित अन्यलाई पनि रोजगार दिन सकिने उदाहरण यहाँका नर्सरी व्यवसायीले दिएका छन् । विगत ३० वर्षदेखि सञ्चालनमा आएको विराटनगर–१० स्थित ‘न्यू वाटिका नर्सरी’ का सञ्चालक शम्भुप्रसाद सिंह र उनकी धर्मपत्नी रितादेवी सिंहले आफ्नो जीवनको लामो समय नर्सरीको बोटबिरुवा हुर्काउँदै बिताएका छन् । […]