फेरि जलाइयो एनसेलको अर्को टावरमा, विप्लवमाथि आगजनीको आरोप

दाङ, ३ भदौ । दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ । टावरमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वकाे पार्टीले समूहले आगजनी गरेको हुनसक्ने उनको भनाइ छ […]