जिल्ला प्रहरी कार्यालयको गेटमै टाउकोमा गोली हानेर ढालियो म्यादी प्रहरी एेडीलार्इ

कालिकाेट, ८ पुस । दुर्इ महिना राताेदिन खटाएर अन्तिममा न्यून तलब भत्ता दिएकाे र त्यही भत्ता पनि काटिएकाे भन्दै विराेध जनाउने म्यादी प्रहरीमाथि प्रहरीले कठाेर दमन गरेकाे छ । यसक्रममा कालिकाेटमा एक जना म्यादी प्रहरी गाेली प्रहार गरी मारिएका छन् । कालिकाेटमा मारिएका म्यादी प्रहरीलार्इ जिल्ला प्रहरी प्रमुख डीएसपी सुवासचन्द्र बोहोराले नै गाेली हान्न अादेश […]

समानुपातिकमा प्रचण्डले छाने आफ्ना १५ महिला र २ पुरुष सांसद (को को परे हेर्नुहोस)

काठमाडौं, ७ पुस । नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको १७ जना समानुपातिक सांसदको टुंगो लगाएको छ । प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्रले समानूपातिकतर्फका सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । प्रत्यक्ष र समानूपातिकको सिट संख्या जोडदा प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभामा ५३ जना सांसद हुने भएका छन् । प्रत्यक्षतर्फ तीनजना मात्र […]

समानुपातिकमा कुन दलको कति सीट पाए ? (आयोगले सार्वजनिक गरेको अन्तिम सूची हेर्नुहोस्)

काठमाडौं, ७ पुस । प्रदेशसभातर्फ समानुपातिक निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बनेको छ । निर्वाचन आयोगले शुक्रबार अपराह्न सार्वजनिक गरेको नतिजामा दुई नम्बर प्रदेशबाहेक सबै प्रदेशमा एमाले पहिलो दल बनेको हो । आयोगका अनुसार नेकपा एमालेले ७५, नेपाली कांग्रेस ७२, माओ‌वादी केन्द्र ३५, संघीय समाजवादी फोरम १३, राष्ट्रिय जनता पार्टी १२ सिट पाएका छन्। यसैगरी […]

समानुपातिकमा सांसद बन्ने को हुन् भाग्यमानी ३९ महिला २ पुरुष

काठमाडौं, ७ पुस । एमालेले प्रतिनिधिसभा र प्रदेशसभा समानूपातिकतर्फ पार्टीका तर्फबाट सांसद बन्नेको नामावली निर्वाचन आयोगका बुझाउने तयारी गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ अधिकांश पुरुषले जितेका कारण एमालेले समानूपातिकतर्फ ठूलो संख्यामा महिलालाई सांसद बनाउँदैछ। एमालेले समानूपातिकतर्फ ४१ सिट जितेको छ। एमाले उच्च स्रोतका अनुसार प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ८० सिट जितेकाले समानुपातिकतर्फ जम्मा दुईजना पुरुषलाई सांसद […]

रोकियो राष्ट्रिय सभा विधेयक, केपी ओलीलार्इ खुल्यो प्रधानमन्त्री हुने बाटो

काठमाडाैं, ६ पुस । सरकारले गत २८ भदौमा राष्ट्रिय सभा निर्वाचनसम्बन्धी विधेयक व्यवस्थापिका–संसद्मा पेस गरेको थियो । तत्कालीन गृहमन्त्री जनार्दन शर्माले पेस गरेको विधेयकमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका र नगरपालिकाको प्रमुख–उपप्रमुखको मतभार १८ हुने व्यवस्थासहितको राष्ट्रिय सभा निर्वाचनको व्यवस्था थियो । विधेयक ३ असोजमा संसद्मा प्रस्तुत भई सामान्य छलफल भएको थियो । […]

मोहन वैद्य, नयाँ शक्ति र विववेकशीलको प्रत्यक्षमा शर्मनाक पराजय (तीन पार्टीका सबै प्रत्यक्ष उम्मदवारको मत सूची हेर्नुहोस)

काठमाडौं, ४ पुस । चुनावकाे क्रान्तिकारी उपयाेग गर्नेभन्दै निर्वाचनमा हाेमिएकाे माेहन बैद्य किरणकाे पार्टी नेकपा (क्रान्तिकारी माअाेवादी) ले शर्मनाक मत प्राप्त गरेकाे छ । त्यसैगरी वैकल्पिक राजनीतिक धार निर्माण गर्ने भन्दै निकै ठूलाे तामझामका साथ नयाँ पार्टी खाेलेका बाबुराम भट्टरार्इकाे नयाँ शक्तिदेखि रविन्द्र मिश्रकाे विवेकशिल साझा पार्टीले पनि प्रत्यक्षमा असाध्यै कम मत प्राप्त गरेका छन् […]

समानुपातिकमा थ्रेसहोल्ड कटाएका पाँच दललार्इ सिट बाँडफाँड हुँदै (हेर्नुहोस मत र सिटसहित)

काठमाडाैं, ४ पुस । निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना सम्पन्न गरेको छ । मतगणना सुरु भएको ११ दिनपछि आयोगले प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सम्पन्न गरेको हो । आयोगका अनुसार एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमले मात्रै ३ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् । राजनीतिक दलसम्बन्धीको ऐनअनुसार खसेको कूल सदर मतको ३ प्रतिशत मत […]

देउवाले प्रचण्डलार्इ पाँच वर्षकै लागि प्रधानमन्त्री बन्न अफर गरेको खुलासा

कांग्रेस र माअाेवादी मिलेर सरकार बनाउन देउवाले राखेकाे प्रस्ताव पार्टी एकताका लागि अस्वीकार गरेकाे प्रचण्ड दावी काठमाडाैं, ४ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारको भेटमा आगामी ५ वर्षकै लागि प्रधानमन्त्री बन्न आफूलाई प्रस्ताव गरे पनि त्यो अस्वीकार गरेको […]

वाम गठबन्धनले सरकार बनाउने पक्का भएपछि नेपाल आउँदै चिनियाँ राष्ट्रपति सी जिनपिङ

काठमाडौं, ४ पुस । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी मार्चमा नेपाल भ्रमणमा आउने गरी तयारी सुरु भएको छ । राष्ट्रपति सी नेपाल भ्रमणमा आउने चर्चा चले पनि यसअघि भ्रमण हुन सकेको थिएन । यसपटक भने उनले नेपाल भ्रमणलाई आफ्नो कार्यतालिकाभित्र राखेको माओवादीका एक नेताले जानकारी दिए । सीको नेपाल भ्रमण तयारी राष्ट्रपति कार्यालयले सुरु गरिसकेको […]

प्रचण्डको प्रशंसा गर्दै ओलीले भने ‘म मुर्ख हुँ, बेलाबेला मुर्ख बन्छु’

काठमाडाैं, ३ पुस । चटपटे बाेली बाेलेर बेलाबेलामा चर्चामा अाइरहने नेता केपी अाेलीले अाफैलार्इ मुर्ख भनेका छैन । अाेलीलार्इ भेट्न अाेली निवास बालकाेट पुगेकाे नेकपा माअाेवादी केन्द्रकाे युवा संगठन याेङ्ग कम्युनिस्ट लिग (वाइसिएल) काे टाेलीसँग अध्यक्ष अाेलीले साे कुरा सार्वजनिक गरेका हुन् । अाेलीले माअाेवादी जनयुद्धका बारेमा अाफूले बाेलेकाे कुरा मुर्खले बाेल्ने भनार्इ नै भएकाे […]