काठमाडौं, २९ माघ । नेपाल सरकारका एक पूर्व मन्त्रीले नै कालाेबजारमा अवैध रुपमा गरेकाे अाफ्नाे काराेवारकाे विवरण मन्त्रालयमा बुझाएकाे खुलासा भएकाे छ । यसबाट सरकारकाे बेइज्जत भएकाे भन्दै कर्मचारीहरुले भने विराेध गरेका छन् । यसरी कालाेबजारमा काराेबार गर्ने पूर्व मन्त्री हुन विसेन्द्र पासवान । उनी पूर्वजनसंख्या तथा वातावरणमन्त्री हुन् । पासवान अचेल दिनहुँजसाे मन्त्रालयमा धाउने गर्छन […]
ब्यानर न्यूज
नेकपाले गर्यो अरुण तेस्रो र माथिल्लो कर्णाली आयोजनामाथि आक्रमण, संरचनामा ठूलो क्षति
काठमाडौँ, २८ माघ । विवादित जलविद्युत अायोजना माथिल्लो कर्णाली र अरुण तेस्रोमाथि नेपाल कम्युनिस्ट पार्टीले अाक्रमण गरेकाे छ । नेपालको पानी कब्जा गर्ने उद्देश्यले भारतले ठूले कमिसन दिएर यी अायाेजना जवरजस्त ठेक्कामा लिएकाे भन्दै स्थानीयले लामो समयदेखि आन्दोलनमा उत्रदै अाएका थिए । यी अायाेजनाले नेपालकाे राष्ट्रियता खतरामा रहेकाे र देशकाे हितविपरितका सम्झाैताहरु गरिएकाे भन्दै नेकपाले अाक्रमण […]
अर्बौ भ्रष्टाचार काण्डका नार्इके चुडामणी शर्माको घरमा नेकपाले गर्यो तोडफोड (फोटाहरुसहित)
काठमाडौँ, २३ माघ । अर्बाै रकम भ्रष्टाचार गरेकाे अाराेप लागेका चुडामणी शर्माकाे घरमा नेपाल कम्युनिष्ट पार्टीले तोडफोड गरेको छ । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको बुढानिलकण्ठस्थित घरमा नेकपाका कार्यकर्ता र स्थानीयले तोडफोड गरेका हुन् । सयाै कार्यकर्ता र जनतासहित चुडामणीकाे घरमा पुगेका नेकपाकाे टाेलीले शर्माकाे अाक्रमण गरेपछि वरपर रहेका स्थानीयवासी पनि जम्मा भएका […]
नेकपा र क्रान्तिकारी माओवादीबीच कार्यगत एकताको सहमति
काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) बीचको एकता प्रक्रिया थप अगाडि बढेको छ । दुई पार्टीले केही समय अगाडिदेखि पार्टी एकता र कार्यगत एकताका बारेमा छलफल चलाउँदै आएका छन् । यसैबीचमा दुई पार्टीका शीर्ष नेताहरुबीच आइतबार वार्ता सम्पन्न भएको छ । वार्तामा क्रान्तिकारी शक्तिहरुका बीच ध्रुविकरणलाई बढाउन अझै छलफल गर्ने […]
सुष्मालार्इ भेट्न ओलीलगायत सबै नेताहरुको होटेलमा लस्कर
काठमाडौं, २० माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजलार्इ भेट्न वेटिङ प्राइमिनिस्टर मानिएका केपी अाेलीदेखि सबै दलका प्रमुख नेताहरु उनी बसेकाे हाेटलमा लाइन लागे । राष्ट्रियताकाे पक्षमा खुबै अडान लिए भनेर फुर्ती हाँकिरहने केपी अाेली त्याे लस्करकाे सबैभन्दा अगाडि थिए । छिमेकी देशकाे विदेशमन्त्री अाउँदा नेताहरुकाे लस्कर किन लाग्याे भन्ने जिज्ञासा सबैलार्इ लागेकाे छ । कालिमाटी […]
फिडेल क्यास्ट्रोका छोराकाे रहस्यमय मृत्यु, क्युबामा पूरै शोक
काठमाडौं, १९ माघ । विश्व चर्चित कम्युनिस्ट नेता क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरेका छन् । क्यास्ट्रोका जेठा छोरा फिडेल एन्जल क्यास्ट्रोले बिहीबार बिहान आत्महत्या गरेको क्युवाको सरकारी पत्रिका ग्रान्माले पुष्टि गरेको छ । ६८ वर्षका उनले हवानास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन् । केही महिनादेखि एन्जल फिडेल डिप्रेसनको विरामी थिए । डिप्रेसन भएपछि […]
मुख्यमन्त्रीका लागि तीब्र दौडधुप, दावेदारहरुबीच आरोप प्रत्यारोप सुरु
काठमाडाैं, १९ माघ । प्रदेशका मुख्यमन्त्रीका लागि नेताहरुबीच हानथाप सुरु भएकाे छ । अहिले सबै दलभित्र मुख्यमन्त्रीकाे हिसाब सुरु हुन थालेकाे छ । साथै सम्भावित उम्मेदवारहरुबीच अाराेप प्रत्याराेप पनि सुरु भएकाे छ । मुख्यमन्त्रीकाे टुङ्गाे नलागे पनि प्रदेश सभाका बैठक भने सम्पन्न भएका छन् । यसैबीच तीन नम्बर प्रदेश सभाकाे बैठकले माघ २७ मा सभामुख […]
पराजुलीको नागरिकताको प्रतिलिपि माग्दै सिडियो कार्यालयमा पुगे डा. गोविन्द केसी
काठमाडाैं, १७ माघ । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै डा. गोविन्द केसी काठमाडाैं जिल्ला प्रशासन कार्यालय पुगेका छन् । केसीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा नागरिकताकाे प्रतिलिपिका लागि एक निवेदन समेत दर्ता गराएका छन् । केसी बुधबार बिहान १० बजे बबरमहलस्थित जिल्ला प्रशाशन कार्यलय पुगेका हुन् । उनले सूचनाको हक अन्तर्गत निवेदन दर्ता गरी […]
प्रधानन्यायाधिश पराजुलीले मार्ने धम्की दिएपछि सुरक्षा खोज्दै वकिले पुगे प्रशासनमा
काठमाडौं, १७ माघ । डा. गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षा माग गरेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष शान्ति सुरक्षा पाउँ भन्दै बुधबार उनले निवेदनसमेत दिएका हुन् । “प्रधान न्यायाधीश गोपाल पराजुलीका विवादित कार्यहरुका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतमा वहस पैरवी […]
नेकपाले सुरु गर्यो तीन महिने जनजागरण तथा भण्डाफोर अभियान
काठमाडौँ, १५ माघ । नेपाल कम्युनिस्ट पार्टीको तीन महिने ‘जनजागरण तथा भण्डाफोर’ अभियान सुरु भएको छ । देशभर विभिन्न कार्यक्रमका साथ नेकपाले साेमवारबाट याे अभियान सुरु गरेकाे हाे । साेही क्रममा नेकपाकाे उपत्यका ब्यूरोले काठमाडाैंमा पनि एक कार्यक्रमकाे अायाेजना गरेकाे थियाे । राजधानीकाे रत्नपार्कबाट अभियान उद्घाटन गरिएकाे हाे । अभियान उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य […]