अदालतमा विचाराधिन भए पनि गल्ती गरेकै हुन भन्दै महराकै निर्वाचन क्षेत्रमा पुगे प्रचण्ड

दाङ, २० कार्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले काठमाडौंको डिल्लीबजारस्थित सदरखोर जेलमा छन् । संसद सचिवालयमै काम गर्ने कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा उनी पुर्पक्षका लागि जेल गएका हुन् । नाटकीय घटना झै लाग्ने महराको यो प्रकरणमा धेरैको जिज्ञासा रहेको पक्ष हो आजसम्म दाहिने हातका रुपमा काम गरेका महरालाई प्रचण्डले किन संरक्षण गरेनन् । […]

यसरी गरिदैछ छठको तयारी, छठ तयारीका रोचक दृष्यहरु (फोटो फिचर)

विराटनगर, १६ कार्तिक । छठ पर्वको मुख्य दिन आज पूर्वी तराईका विभिन्न जिल्लाहरुमा भव्य रुपमा अस्ताउँदो सूर्यलाई अध्र्य दिने तयारी भैरहेको छ । मोरङको सिंगिया, ल्हान्द्रा, वक्राहा सुनसरीको सुनसरी, झापाको माई, मेची, रतुवा लगायतका खोला तथा नदी एवम् तालतलैया, पोखरीहरु र चतहरा नहरका मुख्य तथा शाखा नहरहरुमा स्थानीय वासीन्दा तथा ब्रतालुहरुकोे घुईचो लाग्न थालेको छ […]

प्रदेश २ को राजधानीमा कांग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप, ९ घाइते

धनुषा, १४ कात्तिक । धनुषामा नेपाली काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो । झडपमा परी दुई पक्षका नौ जना घाइते भएका छन् । क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैया भवाडीमा बुधबार काङ्ग्रेस क्षेत्र नं ४ ले छठपर्वको अवसरमा आयोजना […]

कपिलवस्तुमा प्रहरीले सर्वसाधारणमाथि चलायो गोलीको बर्षा, एक जनाको मृत्यु

कपिलवस्तु, १४ कार्तिक । कपिलवस्तुमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । कृष्णनगरमा बढेको झडप नियन्त्रण लिने क्रममा प्रहरीले चलाएको गोली लागेर सुरज कुमार पाण्डे नाम गरेका एक व्यक्तिको मृत्यु भएको हो । जिल्लाको कृष्णनगरमा लक्ष्मी मूर्ति बिसर्जन गर्ने विषयमा दुई पक्षबीच झडप भएको थियो । झडप नियन्त्रण गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन […]

दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका लागि एक लाख २० हजार रुख काटे पुग्ने

निजगढ, १० कात्तिक । दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि बढीमा एक २० बीस हजार मात्र रुख काटे पुग्ने भएको छ । विमानस्थल निर्माणस्थलमा काटिने रुखको विषयलाई लिएर पछिल्लो समय बाहिरिएका हल्लाले विमानस्थललाई अन्तरराष्ट्रियरूपमै विवादित बनाइरहेका बेला आयोजनाले यस्तो बताएको हो । न्यून सङ्ख्यामा मात्रै रुखको क्षति हुने गरी विमानस्थल निर्माण गर्न सकिने आयोजना प्रमुख ओम […]

पोखरी होइन, के मुहान सफा गर्न सकिन्छ ? सबैभन्दा शक्तिशाली तरंग सोच

नेपाली समाजलाई चराकोजस्तो दृष्टिले माथिबाट हेर्ने हो भने विकृति र विसँगतिको डस्टबिनजस्तो देखिन्छ । जतासुकै र जुनसुकै क्षेत्रमा हेरे पनि अनैतिक पथभ्रष्ट र विसँगत देखिन्छ । सामाजिक सञ्जाललाई पनि सर्रसर्ती हेर्ने हो भने पनि त्यहाँ सकारात्मक भन्दा नकारात्मक कुरा र अभिव्यक्तिहरु छ्यालब्याल देखिन्छ । यसले के पुष्टि गर्छ भने नेपाली समाज नैतिकता, आदर्श र सकारात्मकताको […]

पञ्चाङ्ग निर्णायक समितिले निकाल्यो प्रेस विज्ञप्ति : यी हुन् तिहार मनाउने दिनहरु

काठमाडौं, ३ कार्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिहार पर्वसम्बन्धी तर्कबितर्कको भ्रममा नपर्न आह्वान गरेको छ । बिभिन्न संचारमाध्यममार्फत गरिएका तर्क बितर्कको भ्रममा नपरी समितिले ठहर गरेका दिनहरुमा पर्व मनाउन आह्वान गरिएको हो । आइतवार एक प्रेस विज्ञप्ति मार्फत नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष यमदीपदान कात्तिक ८ गते शुक्रवार पर्ने र कागतिहार कात्तिक ९ […]

प्रहरीले समेत आफूलाई करकापमा पारेको भन्दै महरामाथि आरोप लगाउने रोशनीले अदालतमा दिइन अर्को निवेदन

काठमाडौं, ३ कार्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने रोशनी शाहीले आफूलाई प्रहरीले समेत करकापमा पारेको बताएकी छन । रोशनीले यस्तो दावी अदालतमै गरेर लिखित रुपमै गरेकी हुन । आइतबार अदालतमा उपस्थित भएर उनले एक लिखित पत्र समेत दर्ता गरेकी छन । काठमाडौं जिल्ला अदालतको इजलासमा उनले आफूलाई प्रहरीले करकाप गरेर जाहेरी […]

पुल्चोकमा भेटियो विरामीको मृगौला झिक्ने अस्पताल, मृगौलाको व्यापार गर्ने अस्पतालका सीइओ र प्रशासनका अधिकृत पाँच पक्राउ

काठमाडौं, २९ असोज । उपचार गर्न आएका एक व्यक्तिको मृगौला झिकेर बेच्ने अस्पताल भेटिएको छ । ललितपुरको पुल्चोकमा रहेको निदान अस्पतालले यस्तो काम गरेको भेटिएको हो । अस्पतालमा उपचारका लागि आएका एक व्यक्तिको मृगौला झिकेर अर्कै व्यक्तिलाई बेचेको खुलेपछि प्रहरीले उक्त अस्पतालका (प्रमुख कार्यकारी अधिकृत) सीइओसहित पाँच जनालाई पक्राउ गरेको छ । साथै प्रहरीले मृगौला […]

महरालाई प्रहरीले अस्पतालबाटै लग्यो अदालतमा, अझै थुनामै राख्नुपर्ने प्रहरीको माग

काठमाडौं, २८ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले आज अदालतमा उपस्थित गराएको छ । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका महरालाई प्रहरीले नर्भिक अस्पतालबाट अदालतमा हाजिर गराएको हो । पक्राउ परे पनि उनको स्वास्थ्य अवस्था बिग्रिएका कारण अस्पताल भर्ना गरिएको थियो । प्रहरीले उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धानका […]