मदिरा नियन्त्रणले स्थानीयवासी खुशी

सप्तरी, १२ असोज । एकाबिहानै गाउँमा प्रहरीको टोली पुग्यो । गाडीलाई सडक किनारमा राखेर छ÷सात जनाको टोली सुरुङ्गा नगरपालिका–५ स्थित कुशहा गाउँ पस्यो । उनीहरुको हातमा लाठी र बन्दूकको साटो डायरी, कलम र वाकीटकी थियो । गाउँका सबैजना उठिसकेका पनि थिएनन् । केही घरमा भने उज्यालो हुन नपाउँदै चुल्हो बलिसकेको थियो । ती घरहरुबाट झिसमिसे […]

नौबिसे–नागढुङ्गा सडक मर्मत गर्न कठिन

 चितवन, १२ असोज । त्रिभुवन राजपथअन्तर्गत नौविसे–नागढुङ्गा सडक खण्ड मर्मत सम्भारमा निकै कठिनाइ हुँदै आएको छ । सो सडक खण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुङ्गा सडक खण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौँले हेर्ने गर्दछ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारी सो सडक खण्ड मर्मतसम्भार गर्न निकै कठिन […]

Smuggled garments worth Rs 5.5 million seized in Kathmandu

Kathmandu, Sept 29, Police today made public the seizure of smuggled clothes confiscated worth Rs 5.5 million stashed in a tourist bus at Budhanilakantha, Kathmandu on Monday evening. A team of Metropolitan Police Range seized the illegal garments from a tourist bus (Ba 4 Kha 6939) parked at Bishnumati of Budhanilakantha Municipality-5. Police found out […]

दलित पत्रकार र मन्त्री सुनारबीच भेटवार्ता

काठमाडौँ, १२ असोज । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल न्याडजोन को प्रतिनिधिमण्डलले युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारसँग आज भेटघाट गरी सङ्घ स्थापनाको आवश्यता र औचित्यबारे जानकारी गराएको छ । न्याडजोनका अध्यक्ष तथा संविधानसभा सदस्य विनोद पहाडी, उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्का सदस्य गोपाल बराइली, महासचिव लक्ष्मण दर्नाल, कोषाध्यक्ष सुष्मा बराइली, सदस्य भीम मिघिरे विश्वकर्मा, बुद्धि […]

नक्कली फेसबुक अकाउन्टप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण

सुर्खेत, १२ असोज । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाउँमा नक्कली फेसबुक अकाउन्ट खोलेर चरित्र हत्याको प्रयास भइरहेकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले आज पे्रस विज्ञप्ति जारी गर्दै उक्त नक्कली फेसबुक अकाउन्टको भ्रममा नपर्न आग्रह गरेका हुन । स्वकीय सचिव सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, […]

माध्यमिक विद्यालयमा ठूलो भ्रष्टाचार, अख्तियारले थाल्यो छानविन

विराटनगर । विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थनपथ माविको भवन निर्माणको विषयमा अनुसन्धान सुरु गरेको छ। भवन निर्माणका लागि छुट्याएको रकम हिनामिना भएको भन्दै विराटनगर ११ को जनपथ माविका व्यवस्थापन समिति अध्यक्ष भगवान थापामाथि अनुसन्धान सुरु गरेको हो। संघीय मामिला मन्त्रालयको मातहतमा रहेको तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत तीन कोठे […]

पाँच हजार खसीबोका काठमाडौँ पठाइँदै

बाँके, १२ असोज । बडादशैँ नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन् । दशैँको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौँ र अन्य शहरमा पठाउने भएका हुन् । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहिणी महिलाले व्यावसायिक […]

दशैँको पहिलो दिन आज घर घरमा जमरा राखिँदै

काठमाडौँ, १२ असोज । बडादशैं आजबाट सुरु भएको छ । दशैँको पहिलो दिन आज घर घरमा जमरा राखेर घटस्थापना गरिँदैछ । आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गर्ने प्रचलन छ । घटस्थापनाको साइत आज बिहान १०ः३५ मा शुभ रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा।डा। […]

आपसी झगडा हुँदा एकको मृत्यु

गुल्मी, १२ असोज । कालीगण्डकी गाउँपालिका–६ तल्लो केरुङका ६४ वर्षीय दुर्गादत्त ढकाल र छिमेकी ४५ वर्षीय टोपबहादुर सार्कीबीच झगडा हुँदा शनिबार साँझ दुर्गादत्तको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीन घलेलेका अनुसार झगडा हुँदा दुर्गादत्त घाइते हुनुभएकाले उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको मृत्यु भएको हो । टोपबहादुरलाई राति १ बजे रुरु […]

शोक मनाउन हेटौँडा उपमहानगर मातहतको कार्यालय बन्द

हेटौँडा, १२ असोज । हेटौँडा उपमहानगरपालिकाले आज शोक मनाउन आफू मातहतको कार्यालयमा बिदा दिने भएको छ । शनिबार कार्यपालिका सदस्यको निधन भएपछि शोक मनाउँदै आज हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकाले बिदा दिने निर्णय गरेको हो । सदस्य रूपा खुलाल गोलेको मृत्यु भएपछि असोज १२ गते उपमहानगरपालिकामा बिदा दिने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । […]