जलेश्वर, १७ असोज । महोत्तरी जिल्लाको जलेश्वर–भिठ्ठामोड सडकखण्डमा पर्ने खैराचौकमा बिहीबार ११ किलो चाँदीसहित एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउपर्नेमा भारतको विहार राज्यको सीतामढी जिल्लाको हनुमाननगर ग्राम पञ्चायत वडा नं १ बस्ने राजेन्द्र साहका छोरा २५ वर्षीय सीताराम साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । युवक साह ज१२प […]
समाचार
दशैँ खर्च जुटाउन गिट्टी कुट्दै बालबालिका
जाजरकोट, १७ असोज । राम्रो लगाउने र मीठो खाने कसलाई पो रहर हुँदैन र ? सबैलाई घरमा बसेर दशैँको समयमा रमाइलो गर्ने उत्तिकै लागेको हुन्छ, तर जाजरकोेट–डोल्पा सडकखण्डका विभिन्न ठाउँमा बसेर गिट्टी कुट्दै दशैँ खर्च जुटाउने बालबालिकाको सङ्ख्या पनि ठूलै छ । सयौँ व्यक्ति यही बाटो हुँदै हिँड्ने गर्दछन्, तर यहाँका दलित र जनजाति समुदायका […]
कालीगण्डकीमा जलयात्रा शुरु, स्थानीय दंग
पर्वत, १७ असोज । निरन्तरको वर्षाका कारण झण्डै एक महीना ढिलो गरी कालीगण्डकी नदीमा जलयात्रा (¥याफ्टिङ) शुरु भएको छ । नदीमा पानीको सतह घटेपछि गत जेठ अन्तिम सातादेखि बन्द भएको जलयात्रा बुधबारदेखि शुरु भएको हो । कालीगण्डकीमा सेप्टेम्बरको पहिलो सातादेखि नोभेम्बरको मध्यसम्म सञ्चालन हुने भए पनि यसपटक झण्डै एक महीना ढिलो गरी जलयात्रा शुरु भएको […]
तीन सहकारी एकीकरण
पाल्पा, १७ असोज । बगनासकाली गाउँपालिकामा बलियो पूँजी र उचित व्यवस्थापनका लागि फरक पहिचानका सहकारी एकीकरण भएका छन् । फरक पहिचानसहित स्थापना भएका पूँजी र व्यवस्थापन कमजोर रहेका सहकारी संस्थाबीच एकीकरण गरिएको छ । यहाँस्थित तीन सहकारी एकीकरण भएपछि गाउँपालिकास्तरीय सहकारी बनेको हो । वडा नं ८ स्थित बराङ्दी स्वावलम्बन विकास बचत तथा ऋण सहकारी, […]
कार्यविधि नबन्दा पशुसेवा भ्यान सञ्चालनमा समस्या
बनेपा, १७ असोज । पशु सेवा भ्यान सञ्चालन कार्यविधि नबनेका कारण भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेललाई प्राप्त भएको भ्यान सञ्चालनमा समस्या भएको छ । करीब दुई महीनाअगाडि प्रदेश सरकारबाट प्राप्त सो भ्यान जिल्लामा नै पहिलो पशु उपचार सेवाका लागि प्राप्त भएको भ्यान हो । तर सञ्चालन कार्यविधि नबनेकै कारण सेवाप्रवाहमा भने समस्या […]
राष्ट्र शान्तिका लागि निराहार व्रत
चितवन, १७ असोज । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन कालिका मन्दिरमा एउटा अनौठो दृश्य देख्न सकिन्छ । जहाँ अहिले दुर्गा पूजा भइरहेको छ । सोही मन्दिरको छेउको भजनकीर्तन गर्ने कोठामा एक महिला दुवै हातमा र छातीमा जमारा राखेर भुइँमा सुतिरहेकी छिन् । मन्दिरको छेउमा एउटा कुनामा रातो कपडाले वारिएको छ । सो कपडाले वारेको स्थानमा […]
सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने : उपसभापति गच्छदार
विराटनगर, १७ असोज । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारको हरेक गतिविधि र निर्णयहरु राष्ट्र र जनताका हितमा हुनुपर्नेमा जोड दिए । उपसभापति गच्छदारले सरकारले प्राप्त गरेको यो ऐतिहासिक अवसरलाई गुम्न नदिन साझेदारी मनस्थितिबाट सरकार सञ्चालन […]
सवारी दुर्घटनामा महिलाको मृत्यु
हेटौँडा, १७ असोज । हेटौँडा उपमहानगरपालिका–१ चाइनागेट नजिक आज बिहान ६ः३० बजे सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–१ बस्ने ३५ वर्षीया सीता न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडा–११ बाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना८ख ३८७२ नंको तेलट्याङ्करले सोही दिशाबाट आउँदै गरेको ना५६प ४९३५ नंको मोटरसाइकल […]
आठ वर्षदेखि अलपत्र बसपार्क काउन्टर भवन
तम्घास १७ असोज । गुल्मीको सदरमुकाम तम्घासको उदिनढुङ्गा बसपार्कमा निर्माणाधीन टिकट काउन्टर भवन अलपत्र परेको छ । विसं २०६८ बाट निर्माणकार्य शुरु भएको भवन सरकारी निकायले प्राथमिकता नदिँदा वर्षाँैदेखि अलपत्र परेको हो । भवन अलपत्र पर्दा बसपार्क पनि व्यवस्थित हुनसकेको छैन । वर्षाको समयमा हिलाम्य र हिउँदको समयमा धुलाम्य हुनु उदिनढुङ्गा बसपार्कको विशेषता बनेको छ […]
गोदावरीमा कुण्ड र धर्मशाला बन्दै
ललितपुर, १७ असोज । प्रत्येक १२ वर्षमा सिंहास्त मेला अर्थात् कुम्भमेला लाग्ने साविकको गोदावरीमा अवस्थित गोदावरी कुण्ड र धर्मशाला निर्माणको काम धमाधम अघि बढेको छ । साढे दुई वर्षअघि नगरपालिका गठन भएपछि अघि बढाइएको सो योजनाअन्तर्गत कुण्ड र धर्मशाला निर्माणको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको बताइएको छ । सो कुण्ड फराकिलो पार्ने, वरपर मर्मत […]