काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ । निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारी दर्ताको समय सकिएको छ । उम्मेदवारको प्रारम्भिक नामावली आजै साँझ ६ बजे प्रकाशन गर्ने तयारी छ । उम्मेदवारीउपर उजुरी लिने र निर्णय गरेर आजै राति साढे ८ बजे अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । मतदान भोलि हुनेछ । यसअघि […]
समाचार
सरकारले बनायो उच्चस्तरीय राजनीतिक संवाद समिति
काठमाडौं । सरकारले बिभिन्न राजनीतिक दल र सरोकारवालासंग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।
आन्तरिक तनाव चुलिँदै जाँदा ओली पक्षमै गहिरो दरार, प्रदीप ज्ञवालीले छाडे महाधिवेशनस्थल
काठमाडौँ । नेकपा एमालेको एघारौँ महाधिवेशनमा पदाधिकारी चयनलाई लिएर देखिएको आन्तरिक तनाव चुलिँदै जाँदा अध्यक्ष केपी शर्मा ओली पक्षमै गहिरो दरार देखिन थालेको छ। महासचिव पदको विवाद केन्द्रमा रहँदा अध्यक्ष ओलीका नजिक मानिएका नेताहरू नै एकपछि अर्को गर्दै असन्तुष्ट हुँदै बाहिरिन थालेका हुन्।महासचिव पदका दाबेदार प्रदीप ज्ञवालीले विवादकै कारण बिहानै गुण्डुस्थित बैठकस्थल छाडेका थिए। ओली […]
भिजिट भिसा प्रकरणमा जोडिएपछि मन्त्रालय तानिए म्याग्दीका सीडीओ तिवारी
काठमाडौं । भिजिट भिसा प्रकरणमा तानिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका सीडीओ (प्रमुख जिल्ला अधिकारी) बद्रि तिवारी गृह मन्त्रालय तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारी समेतमाथि अनुसन्धान भइरहेको बताएपछि उनको जिम्मेवारी खोस्दै मन्त्रालय तानिएको हो । गृह मन्त्रालय स्रोतका अनुसार उनलाई गृह मन्त्रालयको अतिरिक्त समूह जगेडामा राखिएको हो । तिवारीलाई मन्त्रालय तानेर म्याग्दीको सीडीओको […]
सामान्य अंकले बढ्यो नेप्से
काठमाडाैँ । सोमबार सेयर बजार सामान्य बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७४ अंकले बढेर बन्द भएको छ । बजार बन्द हुनुभन्दा केहीबेर अगाडिसम्म घटिरहेको बजारमा अन्तिम समयमा खरिदकर्ता हाबी भएपछि बजार बढेको हो । आज नेप्से ०.२५ प्रतिशतले बढेर परिसूचक १६०१.६१ बिन्दु पुगेको छ । आज दिनभरमा ३ अर्ब ४४ करोड १९ […]
ईश्वरपछि ओलीले गराए अध्यक्षमा उम्मेदवार दर्ता
काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि सोमबार महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ओलीले तेस्रो कार्यकालका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै एमालेका सचिव गोकर्ण विष्टले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । […]
तीन वर्षसम्म पनि धितो नबिके बैंकहरूले सम्पत्ति सकार्न पाउने
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीको क्रममा धितोमा रहेको सम्पत्ति बिक्री नभए आफैले सकार्न पाउने भएका छन्। ‘कर्जा असुल गर्न कम्तीमा ३ पटकसम्म धितो लिलामी प्रक्रिया पुरा गर्दा समेत उक्त धितो बिक्री नभएको खण्डमा मात्र आफैले सकार गर्नुपर्नेछ’, राष्ट्र बैंकले सोमबार जारी गरेको परिपत्र भनिएको छ। सकार गर्दा धितोको प्रचलित बजार मूल्य वा […]
ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव, भानुभक्त ढकाल सचिवका उम्मेदवार
काठमाडौं । एमाले महाधिवेशनमा केपी ओलीको समूहबाट पदाधिकारीमा प्रस्तावित नाममध्ये लेखराज भट्ट र भानुभक्त ढकालको नाम तलमाथि भएको छ । लेखरार भट्टलाई सचिव पद दोहोर्याउन नमानेपछि ओली समूहले यसअघि प्रस्तावित भानुभक्त ढकाललाई सचिवमा झारेर भट्टलाई उपमहासचिव बनाउन लागेक हो । भट्टले टिमबाटै अब उपमहासचिव पदको उम्मेदवार बन्न लागेको जानकारी दिए । ‘ म अब उपमहासचिव […]
ईश्वर पोखरेल समूहले टुंगो लगायो पदाधिकारी उम्मेदवार
काठमाडौं । नेकपा एमालेको पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्दैछन् । महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । यसैगरी उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको एक नेताले बताए ।उपमहासचिव पदमा योगेश भट्टराईको नाम पक्का भएको छ […]
ओलीले टुंगो लगाए आफ्नो प्यानलबाट पदाधिकारीको टीम, ज्ञवाली र भट्ट असन्तुष्ट
काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन अघि तेस्रो पटक अध्यक्ष बन्ने धुनमा रहेका केपी शर्मा ओलीले आफ्नो प्यानलबाट पदाधिकारी लड्ने नेताहरुको नाम टुङ्गो लगाएका छन्। स्रोतका अनुसार अध्यक्ष ओलीले तयार पारेको सूचीमा उनीपक्षीय दुई नेताले भने असन्तुष्टि व्यक्त गरेका छन्। नेताहरु नेता प्रदीप ज्ञवाली र लेखराज भट्टले असन्तुष्टि जनाएका हुन् । स्रोतका […]











