चुनाव हारेपछि पहिलो पटक एकै ठाउँमा कांग्रेस नेताहरु

काठमाडौं, पुस १ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी महासमिति बैठक बोलाउनेबारे निकटस्थसँग छलफल सुरु गरेका छन्। संघ र प्रदेशसभा चुनावमा नराम्रोसँग पराजय भोगेको कांग्रेसभित्र नेतृत्व परिवर्तन, महासमिति बैठक, विशेष महाधिवेशनसम्मको माग उठेपछि देउवाले महासमिति बैठक बोलाउनेबारे छलफल गरेका हुन्। देउवानिकट नेता बालकृष्ण खाँणले सभापति देउवाले महासमिति बैठक बोलाउने तयारी गरिरहेको खुलाए। उनले भने, ‘समानुपातिकको […]

झाँक्रीले बोक्सी भनेपछि ढेगनीदेवीको यसरी गरिएको थियो बिभत्स हत्या

चितवन, पुस १ । सर्वोच्च अदालतले चितवनको बघौडामा बोक्सीको आरोपमा मारिएकी ढेगनीदेवी महतोको हत्या झाँक्रीकै कारण भएको ठहर गरेको छ । यसै हप्ता पूर्ण फैसला गर्दै सर्वोच्चले यस्तो फैसाला गरेको हो । फैसलामा ‘धामी–झाँक्रीले सामाजिक सेवा नभई समाजमा अन्धविश्वास फैलाउने र त्यसको आडमा शोषण गरिरहेको बताइएको छ । बोक्सी प्रथामात्रै होइन, त्यसको कारकका रूपमा रहेको […]

समानुपातिकमा नेपाली काँग्रेस बन्याे पहिलो पार्टी

विराटनगर, २९ मंसिर । प्रतिनिधिसभाको समानुपातिकको मतगणनामा मोरङमा नेपाली काँग्रेसले पहिलो स्थान प्राप्त गरेको छ । सो पार्टीले मोरङको छवटै निर्वाचन क्षेत्रबाट एक लाख ६० हजार ५४६ मत प्राप्त गरी अग्रस्थान कायम गरेको हो । त्यसपछि नेकपा(एमाले)ले एक लाख ४४ हजार ८२४ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ भने नेकपा(माओवादी केन्द्र)ले ४४ हजार ९५१ […]

नयाँ ढंगको पार्टी निर्माणको प्रश्न

प्रारम्भ यतिबेला नेपाली क्रान्तिको विषय निकै गम्भीर र संवेदनशील बन्न पुगेको छ । नेपाली धर्तीमा मालेमावादको प्रयोग अवरुद्ध भएसँगै विसर्जित हुन पुगेको क्रान्तिको परियोजनालाई पुनर्संगठित गर्दै अगाडी बढाउने दायित्व यतिबेला हाम्रो काँधमा आएको छ । जनयुद्धको आँधीमय दशकद्वारा अंकुरित आशा, अभिलासा र सपनाहरुलाई  भयानक निराशाको हुन्डरीबाट जोगाउदै तिनलाई सही नेतृत्व प्रदान गर्ने ऐतिहासिक अभिभारा पनि […]

मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

काठमाडौँ, २९ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका पाइन्छन् । मत परिणाम हेर्दा भित्री मधेशमा समेत कतिपय पहाडी मूलका उम्मदेवारले राम्रै स्थान पाएका छन् भने पहाडी मतदाता बढी मानिने कतिपय क्षेत्रमा मधेशी मूलका उम्मेदवार विजयी भएका छन् […]

बामगठबन्धनले ल्यायो दुईतिहाई, एमाले एक्लैको स्पष्ट बहुमत

काठमाडौं, २९ मंसिर । नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई दुई तिहाई पुगेको छ । यो प्रदेश नम्बर ३ को कुरा हो । याे प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी एमाले एक्लैलाई बहुमत पुगेको छ भने गठबन्धनलाई दुई तिहाई पुगेको छ । प्रत्यक्षतर्फ ६६ रसमानुपातिकबाट ४४ गरी कूल ११० सदस्यीय प्रदेश सभा सदस्यमा प्रत्यक्षतर्फ एमालेले ४२ […]

बिरामीसहितकाे एम्बुलेन्स दुर्घटना, चालकसहित ५ गम्भीर घाइते

मोरङ, २९ मंसिर। जिल्लाको सुन्दर–हरैँचा नगरपालिका–७ मा गएराति बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित ५ जना घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा इलामबाट बिरामी बोकेर धरान आउँदै गरे मे१च १२९५ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । गएराति सवा १ बजे भएको दुर्घटनामा एम्बुलेन्सका चालक इलाम नगरपालिका–६ बस्ने ३० बर्षीय सुनिल राई गम्भीर […]

एमाले नेता सिलवाललार्इ कारवाही गर्न सर्वोच्चको आदेश, चुनाव जितेका सिलवालमाथि कारवाही होला ?

काठमाडाैं, २९ मंसिर । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन मूल्यांकन किर्ते कागजात पेस गरेकाले अनुसन्धान गरी कारबाही चलाउन आदेश दिएको छ ।  सर्वोच्चले बिहीबार पूर्णपाठको फैसला जारी गर्दै कार्यसम्पादन मूल्यांकन किर्ते कागजात तयार पार्न संलग्न सबैलाई अनुसन्धान गरी कारबाही गर्ने बाटो खुला गरेको छ । सिलवाल ललितपुर १ बाट निर्वाचित एमाले […]

गठबन्धनबीच फेरि चर्कियो विवाद, राष्ट्रिय सभा पहिले कि नयाँ प्रधानमन्त्री पहिले ?

काठमाडाैं, २९ मंसिर । नयाँ सरकार गठनको संवैधानिक प्रक्रियाबारे कांग्रेस नेतृत्वकाे लाेकतान्त्रिक गठबन्धन र एमाले-माके नेतृत्वकाे वाम गठबन्धनबीच चर्काे विवाद सुरु भएको छ । नयाँ प्रधानमन्त्रीको नियुक्ति राष्ट्रिय सभा गठन अघि कि पछि भन्नेमा दलहरूबीच विवाद देखिएको हो । कांग्रेस राष्ट्रिय सभा गठनअघि नयाँ सरकार बन्न नसक्ने अडानमा छ भने एमाले–माओवादी नयाँ प्रधानमन्त्रीको सिफारिसमा संघीय […]

भारतबाट ९ वटा सुरक्षापोष्ट छल्दै यसरी भित्र्याइन्छन हतियार काठमाडौंमा

बारा, २९ मंसिर । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्यामा प्रयोग भएको पेस्तोल डेढ महिनाअघि नै काठमाडौं पुगेको रहस्य खुलेको छ ।दिनहुँ कडा चेक हुने वीरगन्जको गण्डक, बाराको जितपुर, पथलैया, हेटौंडा रातोमाटे, भीमफेदी, सिस्नेरी, दक्षिणकाली, ग्वार्को र बल्खुका चेक प्वाइन्टमा खटिएका प्रहरीलाई छलेर पेस्तोल काठमाडौंसम्म पुगेको थियो । घटना अनुसन्धानका क्रममा हतियार व्यवस्थापन […]