भातमा पनि भारतकै भर

बीरगंज । भारतीय तयारी चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा पर्सा र बाराका २ सय ५० चामल उद्योग बन्द भएका छन् । स्वदेशी धानले चामल उद्योगको माग धान्न नसक्ने अवस्थामा भारतबाट धान आयात गर्नुपर्ने बाध्यता रहेको तर भारतबाट धानको साटो चामल बढी आयात भएकाले यहाँका चामल उद्योग संकटमा परेका हुन् । एक वर्षयता केही उद्योगले भारतबाट चामल […]

काँग्रेस समर्थक विद्यार्थीको मृत्यु भएपछि पीएन क्याम्पसमा तनाव

पीएन् क्याम्पसका बिद्यार्थीहरु र प्रहरीबीच तनाव उत्पन्न भएको छ । सोमबार गाडीको ठक्करबाट क्याम्पसका विद्यार्थी बोधराज ढकालको मृत्यु भएपछि आन्दोलनरत बिद्यार्थीहरु तोडफोडमा उत्रेपछि तनाव भएको हो । ग १ख ६६७७ नम्बरको गाडीले लापरबाहीपूर्वक ढकालको ज्यान लिएको आरोप लगाउदै तोडफ़ोडमा उत्रेका १ दर्जन बिद्यार्थीलाइ प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनको नेतृत्व नेविसंघले गरेको छ । मृतक […]

नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारको मृत्यु

नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांक अनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट ८ हजार ९ सय ८२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७०/७१ मा १ हजार ७८७, ०७१/७२ मा २ हजार ४, ०७२/७३ मा २ हजार ६, ०७३/७४ मा २ हजार ३ सय ८४ र […]

स्कूलमै बिहे, स्कूलमै सम्वन्ध बिच्छेद

रोल्पा, २३ माघ । किशोरावस्थामा प्रेम विवाह गरेर करिब तीन महिनामात्र सँगैबसेका एक जोडीले आफूूखुशी आइतबार जिल्ला अदालत रोल्पाबाट सम्बन्धबिच्छेद गरेका छन् । जिल्ला अदालत, रोल्पाका जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले उनीहरुको सम्बन्धबिच्छेदको फैसला गरेको जिल्ला अदालत रोल्पाका डिट्ठा भीमराज ढकालले सोमबार जानकारी दिए । रोल्पा नगरपालिकास्थित एक सरकारी विद्यालयमा कक्षा ७ मा अध्ययनरत १५ वर्षीया […]

कारागारलाइ कमाउ अड्डा बनाउने जेलर पक्राउ

जिल्ला कारागार सप्तरीका जेलर कृष्णबहादुर दाहाल अख्तियारको फन्दामा परेका छन । जेलर दाहाल सो जेलमा रहेका कैदी वन्दीबाट घुस खाएपछि पक्राउ परेका हुन् । कैदी वन्दीलाई स्थानान्तरण गरिदीन भन्दै घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवास र इटहरीबाट खटीइ गएको संयुक्त टोलीले दाहाललाई रु.४०,०००।- (चालिस हजार) घुस […]

नेकपा र क्रान्तिकारी माओवादीबीच कार्यगत एकताको सहमति

काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) बीचको एकता प्रक्रिया थप अगाडि बढेको छ । दुई पार्टीले केही समय अगाडिदेखि पार्टी एकता र कार्यगत एकताका बारेमा छलफल चलाउँदै आएका छन् । यसैबीचमा दुई पार्टीका शीर्ष नेताहरुबीच आइतबार वार्ता सम्पन्न भएको छ । वार्तामा क्रान्तिकारी शक्तिहरुका बीच ध्रुविकरणलाई बढाउन अझै छलफल गर्ने […]

कर्मचारीले विदेशमा मस्ती गरेर राष्ट्रको दुर्इ सय करोड ढुकुटी स्वाहा पार्दा पनि देउवा किन चुपचाप

काठमाडौं, २२ माघ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण जानेक्रममा करोडौं रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ ।कर्मचारीको विदेश भ्रमणमै वार्षिक दुई अर्बभन्दा बढी खर्च हुने गरेको अर्थ मन्त्रालयले जनाएको छ । त्यसमध्ये करोडौं रुपैयाँ अनियमित किसिमले खर्च भएको भेटिएको हो । सरकारले अवलोकन तथा अध्ययन भ्रमणका लागि विनियोजन गरेको रकम दुरुपयोग […]

ल्याण्डमार्क होटलको बलात्कार काण्डका दुर्इ युवक यसरी परे हेटौडाबाट प्रहरीको फन्दामा

काठमाडौं, २२ माघ । दरबारमार्गको ल्याण्डमार्क होटलमा भएको भनिएको सामुहिक बलात्कार घटनाको अनुसन्धानका लागि प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सन्देश बिसी र आवेश लामा रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शनिवार बिसी र लामालाई हेटौंडाबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ । तर, महानगरीय प्रहरी परिसर काठमाडौंका […]

युद्धको मानसिकता त्याग्न अमेरिकालार्इ चीनको चेतावनी

काठमाडौं, २२ माघ । चीनले अमेरिकालाई ‘शीतयुद्धकालीन मानसिकता’ त्याग्न चेतावनी दिएको छ । अमेरिकाले आफ्नो परमाणु हतियार कार्यक्रम ‘साना बम’ मार्फत विकसित गर्ने जनाएपछि आइतबार चीनले चेतावनी दिएको हो । चिनियाँ रक्षा मन्त्रालयले ‘विश्वकै ठूलो परमाणु हतियार सम्पन्न मुलुकले’ युद्धको मानसिकता छाड्ने पहल गर्नुको साटो विरुद्धमा लागेको भन्दै आलोचना गरेको छ । अमेरिकाले आफूसँग भएका […]

स्याङ्जाका खाम्चा मगर पुगे बेलायती सेनाको अहिलेसम्मकै उच्च ओहोदामा

काठमाडौं, २२ माघ । बेलायती सेनामा कार्यरत एक नेपाली उच्च अधिकृतमा पदोन्नति भएका छन् । बेलायती सेनाको उच्च अधिकृतमा कमै नेपालीहरु पुग्दै आइरहेकोमा टोल खाम्चा मगर छैटौं वरीयताको लेफ्टिनेन्ट कर्णेल बन्न सफल भएका हुन् । ५० वर्षीय खाम्ता स्याङ्जा शीरकोट, करादीमा जन्मिएका हुन् । बेलायती सेनामा नेपालीहरुले २ सय वर्षदेखि प्रवेश पाउँदै आएका भए पनि […]