बढ्यो अपराध, चार वर्षमा ४,४४५ महिला बलात्कृत

Rape

काठमाडौं, २४ साउन । नेपालमा हरेक दिन औसत तीनजना महिला बलात्कृत हुने गरेका छन् । अन्य दुई महिलामाथि बलात्कारको प्रयास हुने गरेको छ । तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् । बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको भयाभह तथ्यांक छ । बलात्कार प्रयासका घटना झन् बढी अर्थात् हरेक वर्ष १६ प्रतिशतका दरले […]

७ प्रदेशका ४२ हजार युवालार्इ स्वरोजगार तालिम दिएको रिपोर्ट

काठमाडौं, २४ साउन । सरकारले सात प्रदेशका ४२ हजार युवालाई छोटो अवधीको शिप विकास तालिम दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा व्यावसायीक शिक्षा तथा तालिम परिषद (सिटिइभीटी)ले उक्त तालिम संचालन गर्न लागेको हो । छोटो अवधीको तालिममा सातै प्रदेशमा ६–६ हजार युवालाई सहभागी गराइने भएको छ तालिम संचालन गर्न मन्त्रालयले सिटिइभीटीलाई […]

अब नोटमा केरमेट गर्नेलार्इ सिधै जेल सजाय हुने

काठमाडौँ, २४ साउन । नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै प्रक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित ‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ मा यस्तो […]

प्रकाण्डको गिरफ्तारीप्रति विप्लवको यस्तो प्रतिक्रिया, तत्काल रिहा नगरे कडा संघर्षमा उत्रने चेतावनी

काठमाडौं, २३ साउन । नेकपा कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड गिरफ्तार परेलगत्तै महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बिरोध जनाएका छन् । मंगलबार राति साढे सातबजे प्रकाण्डसहित हरिशचन्द्र आचार्य र मिनबहादुर श्रेष्ठलाई समेत प्रहरीले केपी-प्रचण्ड सरकार बिना कारण गिरफ्तार गरेको भन्दै महासचिव विप्लवले त्यसको कडा शब्दमा भ्रत्सर्ना गरेका छन् । बिहिबार एक विज्ञप्ति जारी गर्दै उनले सम्पूर्ण राजनीतिक मूल्य मान्यतालाई […]

नेकपाका प्रवक्ता प्रकाण्ड दक्षिणकालीबाट पक्राउ

काठमाडाैं, २४ साउन । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन् । नेकपाका प्रवक्ता समेत रहेका नेता विश्वकर्मा पूर्व मन्त्री पनि हुन् ।  म‌गलबार साँझ साढे सात बजे काठमाडाैंकाे दक्षिणकालीबाट नेता विश्वकर्मालार्इ पक्राउ गरेकाे बताइएकाे छ । स्राेतका अनुसार उनलार्इ अपराध अनुसन्धान ब्यूराे (सीअाइबी)काे टाेलीले पक्राउ गरेकाे हाे । उनलार्इ […]

सुरुङ खन्ने मेशिनले रेडजोड पार गर्यो, भेरी–बबई डाइभर्सन समयमै सकिने

सुर्खेत, २३ साउन । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना (बिबिडिएमपी)को सुरुङमार्ग निर्माण तोकिएकै अवधिमा सम्पन्न हुने सम्भावना बढेको छ । निर्माणका क्रममा विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टिबीएम) रेडजोन (खतरा क्षेत्र) पार गरेर अघि बढेपछि निर्माण अवधिमै सम्पन्न हुने भएको हो । निर्माणकर्ता चाइना ओभरसिज इञ्जिनीयरिङ ग्रुपले निर्माण थालेको सो डाइभर्सनको भौगर्भिक सर्वेक्षणका बेला सुरुङ […]

भदौ १ देखि ६ मुद्दामा आजीवन कारावासको सजाय लागु हुने

काठमाडौं, २३ साउन । नेपालकाे कानुनमा मृत्युदण्ड र अाजीवन कारावासकाे सजायकाे व्यवस्था छैन । तर, अब कानुनमा अाजीवन कारावासकाे व्यवस्था गरिएकाे छ । त्याे व्यवस्था यही भदौ १ गतेदेखि लागु समेत हुने भएकाे छ । मुलुक अपराध (संहिता) ऐन, २०७४ मा यस्ताे खालकाे व्यवस्था गरिएकाे हाे । एक वर्षअघि संसदबाट पारित गरिसकिएकाे उक्त एेनमा ६ […]

राजधानीमा घरसहित करोडपति यी जनप्रतिनिधि कसरी परे अति गरिवको सूचीमा

रुकुम, २३ साउन । रुकुम जिल्लाका धनीहरूलाई नै सरकारले गरिबको सूचीमा राखेको छ । सबै स्थानीय तह (तीन नगरपालिका र तीन गाउँपालिका)ले नामावली नसच्चिएसम्म परिचयपत्र नबाँड्ने बताएका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट आएको नामावलीअनुसार सबैलाई परिचयपत्र वितरण गर्न नसकिने उनीहरूको भनाइ छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । मन्त्रालयले विभिन्न १८ सूचकलाई आधार […]

अपहरणकारीको मोवाइलमा एसएसपीको यो खतरानाक एसएमएस कसरी पुग्यो

काठमाडौं, २३ साउन । एसएसपी विश्वराज पोखरेलले ९ः४६ मा अपहरणकारीको मोबाइलमा एसएमएस पठाए । फिरौती माग्न प्रयोग गरिएको ९८४३६२०६७० नम्बरमा प्रहरीको मोबाइल नम्बर ९८५१२०५५५५ बाट पठाइएको सन्देश थियो– ‘बच्चा तुरुन्त छाडिदे । नत्र तँ सकिन्छस् ।’ लगत्तै मोबाइल अफ भयो । त्यसपछि न बालकलाई बचाउन सकियो, न अपराधको उद्देश्य के थियो भनेर खुल्ने गरी अपहरणकारीलाई जीवित समाउन सकियो । अाजकाे […]

संघर्ष नगरिए पनि आँखामा पट्टी त नबाँधियोस्

तपाईंले प्रधानमन्त्री मोदीको नाम लिन पाउनुहुन्न । तपाईं चाहनुहुन्छ भने उनका मन्त्रीहरूको नाम लिँदा हुन्छ । सरकारका जस्तासुकै खराबी पनि तपाईंले देखाउन सक्नुहुन्छ । मन्त्रालयका हिसाबले मन्त्रीहरूको नाम लिनुस्, तर प्रधानमन्त्री मोदीको नाम कतै लिनु हुँदैन । जब प्रधानमन्त्री मोदी नै आफैँ हरेक योजनाको घोषणा गर्छन्, हरेक मन्त्रालयको कामलाई आफँैसँग जोड्छन् र उनका मन्त्रीहरू पनि उनकै नाम लिएर योजना […]