काठमाडाैं, १४ भदाै । उपत्यकाका नगर क्षेत्रमा दुई सातादेखि नियमित फोहोर संकलन हुन छाडेपछि दुर्गन्ध फैलिन थालेको छ । ललितपुर महानगरपालिकाले ल्यान्डफिल्ड साइट नुवाकोटको ओखरपौवा सिसडोल पुग्ने बाटोमा पहिरो र सडक बिग्रिएकाले स्थानीयवासीले कालोपत्रे गर्नुपर्ने भन्दै अवरोध खडा गरेकाले फोहोरमैला संकलन गर्न नसकिएको जनाएको छ । ललितपुर महानगरपालिकाका अनुसार वर्षाले ल्यान्डफिल्ड साइट पुग्ने रानीवन नागार्जुनदेखि […]
समाज
भकाभक परिवारिक सम्बन्धहरु तोड्दै फेसबुक
काठमाडौं, १४ भदाै । मकवानपुरकी रश्मि (नाम परिवर्तन) विश्वकर्माको १६ वर्षको उमेरमा प्रेम विवाह भयो। विवाहको एक वर्षपछि रश्मिका श्रीमान् रमेश पैसा कमाउन कुबेत गए। श्रीमतीलाई पैसा पनि पठाउन थाले। रश्मिका दिनहरु राम्रैसँग बित्दै गए। समय बित्दै जाँदा रश्मिको अर्को केटासँग निकटता बढ्दै गयो। श्रीमान् तीन वर्षपछि खाडीबाट नेपाल फर्किए। विमानस्थलमा रश्मिको प्रतीक्षामा बसिरहेका रमेशले […]
इन्द्रजात्रा सुभारम्भको प्रतिक इन्द्रध्वजा लिङ्गो (य:सीं) हनुमानढोका भित्रियो
काठमाडौ, १३ भदाै । काठमाडौँ उपत्यकाको सर्वाधिक प्रख्यात जात्रा मध्येको इन्द्रजात्रा सुभारम्भ भएको छ । यसकाे प्रतिकको रुपमा ‘इन्द्रध्वजा’ ठड्याइने काठको लिङ्गो (य:सीं) विधिवत काठमाडौँको हनुमानढोका परिषदमा भित्र्याएको छ । यसघि काभ्रे, भक्तपुर हुँदै काठमाडौँको भोटाहिटी पुर्ह्याइएकाे सो लिङ्गो पञ्चाङ्ग निर्णायक समितिको साइत अनुसार मंगलबार बिहान ९:३२ मा भोटाहिटीबाट हनुमानढाेका तानिएको थियो । मानन्धर समुदायबाट […]
यस्ता छन् सेक्स स्क्यान्डलमा विवादित भारतका बाबाहरु
भारतमा बाबा राम रहिम काण्डले ठूलाे तहल्का मच्चाएकाे छ । डेरा सच्चा साैदा समूहका प्रमुख रहेका राम रहिमलार्इ अहिले १० वर्षकाे जेल सजाय ताेकिएकाे छ । राम रहिमलार्इ पक्राउ गरिएपछि भएकाे झडपका क्रममा करिव तीन दर्जन मानिसकाे ज्यान समेत गएकाे छ । भारतमा यस्ता घटना पटक पटक दाेहाेरिने गरेका छन् । खासगरी यसरी याेगीकाे भेषमा […]
जथाभावी भ्रमणमा गरेर कर्मचारीले सिध्याए १९ कराेड
काठमाडौं, १३ भदौ । सरकारी अधिकारीले जथाभावी विदेश भ्रमण गर्दा गत वर्ष राज्य ढुकुटीको १९ करोड रुपैयाँ खर्च भएको छ । राजनीतिक र प्रशासनिक व्यक्तिहरूले बजेटमा समावेश नै नभएको कार्यक्रममा वैदेशिक भ्रमण गर्दा १८ करोड ९९ लाख ३० हजार रुपैयाँ खर्च भएको हो। अर्थ मन्त्रालय स्रोतका अनुसार २० मन्त्रालय, मानव अधिकार आयोग, कानुन आयोग, सर्वोच्च […]
बिहारमा माेदी विरुद्ध लालु–कांग्रेस गठबन्धनकाे विशाल र्याली
बिहारमा सत्तारुढ गठबन्धनका विरुद्ध ठूलो जनमत देखा परेको छ । लालुसँगको संगत छाडेर विजेपीसँग गएका नितिशकुमार सहितको सत्ता गठबन्धनका विरुद्ध लालु र भारतीय कांग्रेसले फेरि ठूला ठूला र्याली निकाल्न सुरु गरेका छन् । बिहार ठूला ठूला र्यालीको लागि प्रसिद्घ मानिन्छ । तर, यसपटक अनुमान लगाइएको थियो कि सत्ताबाट बहिर्गमन, सीबीआईको छापा र नयाँ नयाँ समस्याबाट […]
करेन्ट लागेर सैनिक जवानको मृत्यु
मेलम्ची, १२ भदौ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं १ भोटेचौरमा करेन्ट लागेर नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । अछाम जिल्लाको दुर्गा बक्स गणमा कार्यरत ३० वर्षीय शिवराम चौलागार्इंको आइतबार आफ्नै घरमा विद्युत् चुहिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए । प्रहरी निरीक्षक ढुंगानाले भने, “चौलागाईंको […]
रोल्पाका जिशिअ चिरञ्जीवी पाैडेललाई नेकपाले दल्यो कालोमोसो
रोल्पा, १२ भदौ । रोल्पाको शैक्षिक क्षेत्रमा ठूलो भष्टाचार गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी रोल्पाले जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो दलेको छ । जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेललाई नेकपाका कार्यकर्ताले आज कालोमोसो दलेका हुन् । नेकपाका रोल्पा जिल्ला सेक्रेटरी जागृतिले जिशिअ पौडेलले विभिन्न विद्यालयको ब्लक निर्माण, शिक्षक नियुक्ति लगायतका काममा ठूलो भ्रष्टाचार गरेका कारण जनताले कारवाही […]
६ देशमा श्रम सहचारी नियुक्त
काठमाडौँ, ११ भदौ । श्रम तथा रोजगार मन्त्रालयले छ देशमा श्रम सहचारी नियुक्त गरेको छ । दक्षिण कोरियाको काउन्सेलरमा डिल्लीराम बास्तोला, मलेसियाको काउन्सेलरमा बद्रीकुमार कार्की, संयुक्त अरब इमिरेट्स (युयई)को श्रम सहचारीमा मोतिराम भुसाल, ओमनको सहचारीमा कृष्णाकुमारी गौली, कुवेतको सहचारीमा ज्ञानेन्द्र शर्मा र साउदी अरबको जेद्दामा राजु कुँवर सहचारीका रुपमा नियुक्त भएका छन् । काउन्सेलरमा नेपाल […]
जुवाकाे खालबाट २० लाखसहित ८२ जना गिरफ्तार
पोखरा, ११ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीले दुई हप्ताको अवधिमा अवैध जुवा खेलिरहेको अवस्थामा विभिन्न एघार स्थानबाट १३ जना महिलासहित ८२ जनालाई पक्राउ गरेको छ । जिप्रकामा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पोखराको रत्नचोक, महेन्द्रपुल, फूलबारी, शिवचोक, चाउथेचोक, विरौटा, शीतलादेवी, घलेचोक, कालीगण्डकीचोक, भद्रकाली र बेगनासबाट जुवाडे पक्राउ गरिएको हो । जिप्रका कास्कीका प्रमुख […]








