टेलिभिजन पत्रकारहरु सङ्गठित

काठमाडौं, ११ चैत । विभिन्न टेलिभिजनहरुमा कार्यरत पत्रकारहरु सङ्गठित भएका छन् । आइतबार काठमाडौंमा भएको टेलिभिजन पत्रकार संघ नेपालको भेलाले भौतिक मल्लको नेतृत्वमा १७ सदस्यीय कमिटी गठन गरेको छ । उपाध्यक्षमा सहदेव थापा, सचिवमा सर्वजित झा, सहसचिव दिपेन भट्ट र कोषाध्यक्षमा रेखा शाही रहेका छन् । भेलालाई सम्बोधन गर्दै क्रान्तिकारी पत्रकार सङ्गठनका अध्यक्ष प्रभात चलाउनेले पेशागत […]

आज चैते दसैँ र रामनवमी पर्व मनाईंदै

काठमाडौं, ११ चैत । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आइतबार श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लागेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दसैँ र मध्याह्नमा नवमी परेका दिन रामनवमी पर्व […]

बैदेशिक रोजगार विभागका कर्मचारीले मन्त्रीको निर्देशन नै टेरेनन् !

काठमाडौं, ११ चैत । दरबन्दीभन्दा बढी रहेका कर्मचारीलाई हाजिर नगराउन श्रममन्त्री गोकर्ण विष्टको निर्देशन बैदेशिक रोजगार विभागका कर्मचारीले उल्लंघन गरेका छन् । उनीहरुले मन्त्रीको निर्देशनविपरीत शुक्रबार पनि हाजिर गरे । निमित्त कार्यालय प्रमुख प्रेमबहादुर पेसारले कर्मचारीलाई नियमित रुपमा हाजिर गराएर काममा लगाएको बताए । मन्त्रीको निर्देशविपरित किन हाजिर गराएको भन्ने प्रश्नमा उनले कसले कहाँ के […]

विभिन्न कला र साहित्य प्रस्तुत गर्दै वसन्त उत्सव सम्पन्न

काठमाडौँ, १०चैत्र । काठमाडौं असनका १०४ वर्षीय ज्येष्ठ नागरीकलाई सम्मान गर्दै भिन्तुना गुथि, असनको भिन्तुना वसन्त उत्सव कार्यक्रम सम्पन्न भएको छ । गुथिले आज काठमाडौंको असनमा पाँचौ भिन्तुना वसन्त उत्सव कार्यक्रमको आयोजना गर्दै असनका स्थानीय ज्येष्ठ नागरीक १०४ वर्षीय मोतिकृष्ण तुलाधरलाई सम्मान गरेको हो । सोहि कार्यक्रममा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा […]

वातावरण प्रदूषण बढेकोबढ्यै नियन्त्रण गर्ने बजेट सधैँ फ्रिज

काठमाडौं, १० चैत । हरेक वर्ष प्रदूषण बढ्दो छ । तर, प्रदूषण नियन्त्रणका लागि वर्षैपिच्छे छुट्याइने रकम खर्च हुन सकेको छैन । वन तथा वातावरण प्रदूषण नियन्त्रणका लागि नेपाल आयल निगमबाट दिइने रकम फ्रिज हुने गरेको हो । प्रदूषण नियन्त्रणका लागि मन्त्रालयले स्पष्ट कार्यक्रम ल्याउन नसक्दा १० वर्षको अवधिमा साढे ४ अर्ब फ्रिज भएको छ […]

काठमाडौंमा पाँच बर्षपछि मोनोरेल: यस्तो छ तयारी

काठमाडौं, १० चैत । आगामी पाँच वर्षपछि चक्रपथ परिक्रमा मोनो रेलबाट गर्न पाइने दाबी गरिएको छ । लगानीबोर्डको योजनाअनुसार पाँच वर्षमा काठमाडौं मोनो रेलबाट साढे २८ किलोमिटरको चक्रपथ परिक्रम गर्न सकिनेगरी प्रक्रिया अघि बढाएको छ। ‘मलेसियाली कम्पनीस“गको सहकार्यमा काठमाडौं मोनो रेल प्रालिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने भएको छ’, ट्रान्सपोर्ट इन्जिनियर आशिष गजुरेलले भने, ‘ […]

कतारबाट पैसा पठाउन समस्याः कतार भन्छ सरकारले रोकेको छैन

काठमाडौं, १० चैत । कतारबाट नेपालीहरुलाइृ रकम पठाउन समस्या हुन थालेको छ । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा यो समाचार छापिएको छ । कतारमा रहेका अधिकांश रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरुले कामदारलाई एकपटकमा एक हजार रियाल मात्रै पठाउन पाउने भन्न थालेका छन् । यस्तो उजुरी दूतावासमा आएपछि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले कतारका गभर्नर शेख अब्दुल्लाहविन साउद […]

सिरहाको लहानमा बम विस्फोट, ६ जना घाइते

काठमाडौं, ९ चैत । सिरहाको लहान नगरपालिकामा बम विष्फोट हुँदा ६ जना घाइते भएका छन् । स्थानीय विकास सारडाको सुन चाँदी पसलमा बम विष्फोट हुँदा ६ जना घाइते भएका हुन् । सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाका अनुसार उनीहरुको स्थानीय सप्तऋषि हस्पिटलमा उपचार भइरहेको छ । बम बिस्फोटबाट पसलमा ठुलो क्षति पुगेको छ । सारडाको […]

कोरिया आकर्षणः पहिलो दिनमै ३० हजारले बुझाए पैसा

काठमाडौं, ९ चैत । कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले नवौं कोरियन भाषा परीक्षाका लागि ठूलो संख्यामा युवा आकर्षण देखिएको छ।भाषा परीक्षाका लागि आवदेन खुला गरेको पहिलो दिन बिहीबार देशभरबाट ३० हजारभन्दा बढी युवाले आवेदनका लागि बैंकमा पैसा जम्मा गरेका छन् । शाखाले अनलाइन आवेदन खुला गरेको पहिले दिनमै कोरियाको रोजगारीका लागि जाने युवाको भीडले […]

पश्चिमी वायूको प्रभावका कारण देशका केही भागमा पानी र हिमपात

काठमाडौं, ८ चैत । पश्चिमी वायूको प्रभावका कारण पश्चिमका केही क्षेत्रमा पानी परेको छ । दीपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपागगन्ज, दाङलगायतका क्षेत्रमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमका केही क्षेत्रमा अहिले पनि परेको महाशाखाले जनाएको छ । यस्तै बुधबार रातिदेखि केही हिमाली जिल्लामा वर्षासँगै हिमपात समेत भएको छ । जुम्लामा […]