काठमाडौं, २९ बैसाख । प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी बाथरुममा लडेर गम्भीर घाइते भएका छन् । एक्कासी बाथरुममा लडेर सिकिस्त बनेको उनको अहिले मनिपाल शिक्षण अस्पतालको आर्इसीयूमा राखेर उपचार भइरहेको छ । शुक्रबार दिउँसो ४ बजे बाथरुममा लडेर भर्ना भएका अधिकारीकोे टाउकोमा रगत जमेको अस्पताल स्रोतले जानकारी दिएको छ। सभामुख बाथरुममै लडेपछि उनका सहयोगीले सिर्जनाचोकको […]
समाज
आज कविकेशरी चित्तधर हृदयको ११२ औ जन्म जयन्ती
बैशाख २८ ,काठमाडौँ/ नेपालभाषा परिषद््को योजनामा नेपालभाषाया कविकेशरी चित्तधर हृदयको ११२ औ जन्म जयन्ती शुक्रबार विभिन्न कार्येक्रम गरि मनाइएको छ । जन्म जयन्तीको उपलक्षमा कालिमाटी स्थित सालिकमा माल्यार्पण गरिएको थियो । परिषद्का सचिव नविन चित्रकारको संयोजकत्वोमा उक्तकार्येक्रममा परिषद्का अध्यक्ष प्रा. सुवर्ण शाक्य तथा सदश्य नेपालभाषा केन्द्रीय विभागका पूर्व प्रमुख प्रा. डा. चन्द्रमान बज्राचार्य, […]
अरुण तेस्रोको स्वीच थिच्न काठमाडौं आइपुगे मोदी ! यस्तो छ तयारी
काठमाडौं, २८ बैसाख । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । जनकपुरबाट काठमाडौं आएका मोदीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरे । मोदी शुक्रबार विहान पटनाबाट जनकपुर आएका थिए । त्यहाँ उनले जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए । मोदीको नागरिक अभिनन्दन पनि गरिएको छ । मोदी हायात […]
कैलालीका नीजि विद्यालयमा अखिल क्रान्तिकारीद्वारा तालाबन्दी
धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शैक्षिक संघर्ष कार्यक्रम अन्तर्गत बिहीबार यहाँका निजी विद्यालयहरुमा तालाबन्दी गरेको छ । तालाबन्दी माग पूरा नभएसम्म जारी रहने अखिल क्रान्तिकारी कैलालीले जनाएको छ । जिल्लाका १ सयभन्दा बढी निजी विद्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी क्रान्तिकारीका कैलालीका उपाध्यक्ष बबरजंग सिंहले जानकारी दिएका छन् । समाचार अनुसार एक्सिस विद्या […]
अब नेपालमै सुरुभयो विश्वकै नम्बर वान अलिबाबाको कारोबार
इकमर्श जायन्ट अलिबाबा नेपाल प्रवेश गरेको छ। चिनियाँ इकमर्श साइट अलिबाबा दराजको माध्यमबाट नेपाल प्रवेश गरेको हो। दक्षिण एसियामा अहिले पनि अनलाइन सपिङ व्यवसाय गरिरहेको दराजको स्वामित्व अलिबाबाले लिएपछि नेपालमा पनि अलिबाबा प्रवेश भएको हो। सन् २०१२ मा स्थापना भएको पाकिस्तानको दराज नेपालसहित पाकिस्तान, बंगलादेश, श्रीलंका, म्यानमारलगायतका देशमा यो अनलाइन सपिङ साइटको रुपमा संचालन […]
टोले गुण्डासँग मिलेर हप्ता उठाउने धन्दामा प्रहरी प्रमुख चन्द, गृहमन्त्रीले थाहा पाएपछि भयो तनाव
काठमाडौँ २७ बैशाख। एमाले-माओवादी गठबन्धन सरकारका गृहमन्त्री राम बहादुर थापाले पछिल्लोसमयक एकपछि अर्को कडा एक्सन सुरु गरेका छन् । यातायात क्षेत्रको सिण्डिकेट अन्त्य गरेका बादलले जनताको गुनासो आएका अन्य क्षेत्रमा पनि सिधै एक्सन लिने गरेका छन् । केहिदिन अघि मात्रै ठमाडौँको बुढानिलकण्ठ नगरपालिका प्रहरी प्रभागका इन्चार्ज प्रहरी इनिस्पेक्टर शेर बहादुर चन्दलाई कारबाही गर्न गृहमन्त्रीले ठाडो […]
१० महिनामा इन्धन खरिदका लागि सवा खर्ब बाहिरियो
काठमाडाैं, २६ बैशाख । मुलुकमा पछिल्लो १० महिनामा इन्धन आयातका लागि सवा खर्ब रुपैयाँ बाहिरिएको छ । इन्धन आयात गर्दा मुलुकले १० महिनामा १ खर्ब १७ अर्ब रुपैयाँ खर्चनु परेको हो । बजारमा इन्धनको खपत दिनप्रतिदिन बढ्दै गएपछि आयातदर बढ्दै गएको हो । मुलुकमा पछिल्लो १० महिनामा इन्धन आयातका लागि सवा खर्ब रुपैयाँ बाहिरिएको छ […]
श्री एयरको एमआई १७ हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना
काठमाडाैं । श्री एयरको एमआई १७ हेलिकप्टर सोलुखुम्बुको स्याङबोचे विमानस्थलमा दुर्घटना भएको छ । बुधबार विहान रन वे बाट चिप्लिएर हेलिकप्टर दुर्घटनामा परेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणमा प्रवक्ता विरेन्द्र श्रेष्ठका अनुसार फाप्लुबाट कार्गो लगेको हेलिकप्टर दुर्घटनामा परेको हो । मंगलबार राति हिउँ परेकाले खराब मौसमका कारण हेलिकप्टर रन वे बाट चिप्लिएको हो । […]
नेपाली लेन्सको माग विश्वमा बढ्दो
काठमाडाैं, २६ बैशाख । तिलगंगा आँखा अस्पतालले वार्षिक १२ करोड रुपैयाँ बराबरको लेन्स निर्यात गरेको छ । ठूलो परिमाणमा चश्माको लेन्स आयात भइरहेकाले बेला अस्पतालले १२ करोड रुपैयाँ बराबरको २ लाख संख्यामा लेन्स निर्यात गर्दै आएको हो । मुलुकबाट तिलगंगा अस्पतालले मात्र वाह्य मुलुकमा लेन्स निर्यात गर्दछ । गुणस्तरीय उत्पादनका कारण नेपाली लेन्सको माग बढ्दो […]
भारत र पाकिस्तानमा भूकम्पको धक्का
काठमाडौं, २७ बैसाख । भारत र पाकिस्तानका केही ठाँउमा बुधबार भूकम्पको धक्का महसुस गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीदेखि भारत नियन्त्रित कास्मीरसम्मका भारतका विभिन्न ठाँउमा भूकम्प गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भूकम्पपछि स्थानीय बासिन्दा त्रसित हुँदै घर बाहिर खुल्ला ठाँउमा भेला भएका थिए । तर कुनै ठूलो क्षतिको विवरण भने अहिलेसम्म प्राप्त […]











