दिउसै लुटेराहरुले लुटे मनिट्रान्सफर केन्द्रको २५ लाख रकम

सिराहा, २५ साउन । सिराहामा दिउसै ठूलाे रकम लुटपाट भएकाे छ । सिरहाको मिर्चैया–कल्यानपुर सडक खण्डको तिनगछिया नजिकै यस्ताे लुटपाट भएको हाे । अज्ञात समूहले बिहीबार मध्यान्ह १२ बजेतिर तिनगछिया नजिक मनिट्रान्सफर सञ्चालक राजाराम साहको २५ लाख ६० हजार रुपैयाँ लुटेर भागेको प्रहरीले जनाएको छ। ग्लोबल आईएमई बैंकबाट पैसा झिकेर मनिट्रान्सफरमा लिएर जाँदै गर्दा साह […]

श्रीमतीलार्इ हत्या गरी भारतीय जंगलमा फाल्ने श्रीमान गिरफ्तार

नेपालगञ्‍ज, २५ साउन । नेपालगञ्जका शेर मोहम्मद शेषले श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन्। नेपालगञ्ज–२३, जंगलीसिंहपुरुवाका २५ वर्षे शेषले नेपाल–भारतको सीमावर्ती जंगलमा श्रीमतीलाई मारेर फालेका हुन्। बन्धकी राखेको सुन निकाल्न श्रीमतीसँगै गएका शेषले बाटोमा झगडा भएपछि एक थप्पड हानेका थिए। एक थप्पड घाटीमा हान्दा श्रीमती बेहोस् भएपछि उनले घाँटी थिँचेर मारेको प्रहरीलाई बयान […]

सगरमाथा सिमेन्ट बिक्री वितरणमा रोक, सिमेन्ट गुणस्तरहीन पत्ता लाग्यो

दाङ, २५ साउन । सरकारले सगरमाथा सिमेन्टकाे बिक्री वितरणमा राेक लगाएकाे छ । घोराही सिमेन्टबाट उत्पादित सगरमाथा सिमेन्ट गुणस्तरहीन भएको थाहा भएपछि सरकारले यस्ताे निर्णय गरेकाे हाे । अब याे सिमेन्टकाे थप परीक्षण गरिने बताइएकाे छ । थप परिक्षण भएर अर्काे निर्णय नलिँदासम्मका लागि यसकाे बिक्री वितरणमा राेक लगाइएकाे हाे । सगरमाथा सिमेन्ट बर्दियामा गुणस्तरहिन […]

नेवार समुदयमा ” गथामुग: ” घण्टाकर्णलाइ यस कारण पर्वको रुपमा मानिन्छ ।

प्रयेक बर्ष काठमाडौँ उपत्यका लगाएत विभिन्न स्थानमा मनाइने पर्व “गथामुग” घण्टाकर्णलाई भुत पन्छाउने पर्व ,कृषि कर्म सकी मनाइने सिनाज्या , तन्त्र बिध्या सिक्ने दिनका रुपमा पनि मनाइने परम्परा रहीआएको छ । श्रावण कृष्णचतुर्दशीका दिन नेवार समुदयले आफ्नो टोलको दोबाता र चौबातामा नर्कटको त्रिपद ठड्याइ सम्बर भैरवको प्रतिक मानी यो पर्व मनाउने गरिन्छ । बिहानै बात […]

बढ्यो अपराध, चार वर्षमा ४,४४५ महिला बलात्कृत

Rape

काठमाडौं, २४ साउन । नेपालमा हरेक दिन औसत तीनजना महिला बलात्कृत हुने गरेका छन् । अन्य दुई महिलामाथि बलात्कारको प्रयास हुने गरेको छ । तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् । बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको भयाभह तथ्यांक छ । बलात्कार प्रयासका घटना झन् बढी अर्थात् हरेक वर्ष १६ प्रतिशतका दरले […]

७ प्रदेशका ४२ हजार युवालार्इ स्वरोजगार तालिम दिएको रिपोर्ट

काठमाडौं, २४ साउन । सरकारले सात प्रदेशका ४२ हजार युवालाई छोटो अवधीको शिप विकास तालिम दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा व्यावसायीक शिक्षा तथा तालिम परिषद (सिटिइभीटी)ले उक्त तालिम संचालन गर्न लागेको हो । छोटो अवधीको तालिममा सातै प्रदेशमा ६–६ हजार युवालाई सहभागी गराइने भएको छ तालिम संचालन गर्न मन्त्रालयले सिटिइभीटीलाई […]

अब नोटमा केरमेट गर्नेलार्इ सिधै जेल सजाय हुने

काठमाडौँ, २४ साउन । नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै प्रक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित ‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ मा यस्तो […]

सुरुङ खन्ने मेशिनले रेडजोड पार गर्यो, भेरी–बबई डाइभर्सन समयमै सकिने

सुर्खेत, २३ साउन । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना (बिबिडिएमपी)को सुरुङमार्ग निर्माण तोकिएकै अवधिमा सम्पन्न हुने सम्भावना बढेको छ । निर्माणका क्रममा विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टिबीएम) रेडजोन (खतरा क्षेत्र) पार गरेर अघि बढेपछि निर्माण अवधिमै सम्पन्न हुने भएको हो । निर्माणकर्ता चाइना ओभरसिज इञ्जिनीयरिङ ग्रुपले निर्माण थालेको सो डाइभर्सनको भौगर्भिक सर्वेक्षणका बेला सुरुङ […]

भदौ १ देखि ६ मुद्दामा आजीवन कारावासको सजाय लागु हुने

काठमाडौं, २३ साउन । नेपालकाे कानुनमा मृत्युदण्ड र अाजीवन कारावासकाे सजायकाे व्यवस्था छैन । तर, अब कानुनमा अाजीवन कारावासकाे व्यवस्था गरिएकाे छ । त्याे व्यवस्था यही भदौ १ गतेदेखि लागु समेत हुने भएकाे छ । मुलुक अपराध (संहिता) ऐन, २०७४ मा यस्ताे खालकाे व्यवस्था गरिएकाे हाे । एक वर्षअघि संसदबाट पारित गरिसकिएकाे उक्त एेनमा ६ […]

अपहरणकारीको मोवाइलमा एसएसपीको यो खतरानाक एसएमएस कसरी पुग्यो

काठमाडौं, २३ साउन । एसएसपी विश्वराज पोखरेलले ९ः४६ मा अपहरणकारीको मोबाइलमा एसएमएस पठाए । फिरौती माग्न प्रयोग गरिएको ९८४३६२०६७० नम्बरमा प्रहरीको मोबाइल नम्बर ९८५१२०५५५५ बाट पठाइएको सन्देश थियो– ‘बच्चा तुरुन्त छाडिदे । नत्र तँ सकिन्छस् ।’ लगत्तै मोबाइल अफ भयो । त्यसपछि न बालकलाई बचाउन सकियो, न अपराधको उद्देश्य के थियो भनेर खुल्ने गरी अपहरणकारीलाई जीवित समाउन सकियो । अाजकाे […]