१५५ औँ हप्ताको सरसफाइ अभियानको नेतृत्व राससबाट

दाङ, १२ चैत । ‘हाम्रो तुलसीपुर राम्रो तुलसीपुर’ भन्ने मूल नाराका साथ शुरु भएको १५५ औँ हप्ताको  सरसफाइ,  अभियानको नेतृत्व राष्ट्रिय समाचार समिति तुलसीपुर दाङ शाखाले गरेको छ ।तुलसीपुर उपमहानगरपालिका कार्यालय अगाडिबाट आज बिहान भएको सरसफाइ, आदर्श टोल हुँदै राष्ट्रिय समाचार समितिको व्यापारिक भवन अगाडि पुगेर समापन गरिएको थियो । सो अभियानमा ती सडकमा पर्ने […]

एम्बुलेन्स सेवा सञ्चालन पछि गोरु गाडामा बिरामी बोक्नुपर्ने बाध्यता अन्त्य

कञ्चनपुर, १२ चैत । कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको शङ्करपुर स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा सञ्चालन गरेपछि गोरु गाडामा बिरामी बोक्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सडकको बिग्रँदो अवस्थाका कारण यातायातका साधन सञ्चालन नहुँदा बिरामी र गर्भवती महिलालाई गोरु गाडामा राखेर शङ्करपुरका बासिन्दाले स्वास्थ्य चौकी पु¥याउने कार्य गर्दै आएका थिए । सडकको स्तरोन्नतिसँगै एम्बुलेन्स सेवा सञ्चालन भएपछि […]

ट्रकको ठक्करबाट जिसस कैलालीका लेखापालसहित दुईको मृत्यु

लम्की, १२ चैत । मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । कैलालीको  गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ साढे   सात बजे भएको दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल  र डडेल्धुरा नवदुर्गा गाउँपालिकाका वीरबहादुर रावलको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से३प ९४२९ नंको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै […]

सार्वजनिक यातायातको मनलाग्दी विरुद्ध यात्रुहरु यसरी उत्रदै

काठमाडौँ, १२ चैत । केही यातायात व्यवसायीले आफूखुशी सार्वजनिक यातायातको भाडा लिने गरेको तर सरोकारवाला सरकारी निकायले अनुगमन नगरेको भन्दै यात्रु स्वयं कारवाहीमा उत्रन थालेका छन् । राजधानीमा सञ्चालित बाबा गोकर्णेश्वर, सिटी यातायात र सुन्दरीमाई यातायात कम्पनीमा दर्ता भएका सार्वजनिक यातायातका परिचालकले यातायात व्यवस्था विभागले गत असोज ७ गते तोकेभन्दा बढी भाडा लिन थालेका थिए […]

पर्यटकीय गन्तव्य बन्दै पाल्पाको रानी झरना

पाल्पा, १२ चैत । सुन्दर जिल्ला पाल्पा तिनाउ गाउँपालिका–२ ढाबखोलास्थित रानी झरना र तल निलो आकर्षक पोखरी छ । प्राकृतिक रूपमा रहेको झरना र पोखरीले आन्तरिक पर्यटनलाई लोभ्याउँछ । करीब १० वर्षअघि मात्र स्थानीय बासिन्दाले झरना र पोखरीका विषयमा थाहा भएको हो । घाँसदाउरा गर्ने मानिसले देखे पनि यसको प्रचारप्रसार हुन नसक्दा ओझेलमै रहेको थियो […]

एकाबिहानै काठमाडौंको चोभार नजिक यात्रु बस दुर्घटना, ३५ घाइते

काठमाडौं, १२ चैत । एकाबिहानै राजधानी काठमाडौमै यात्रु बस दुर्घटनामा परेको छ । काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो । मंगलबार बिहान ६ः३० बजे चोभार नजिकै चाल्नाखेलमा बस दुर्घटना हुँदा बसमा सवार ३५ जना यात्रु घाइते भएका छन्् । ना ३ ख १४४४ नम्बरको यात्रुबसमा सवार घाइते मध्ये ३ को अवस्था गम्भीर […]

भिजिट नेपाल २०२० को प्रचार गर्न स्कटल्याण्डमा हिल वाक

स्कटल्याण्ड । भिजिट नेपाल २०२० को प्रचारका लागि एनआरएनए स्कटल्याण्ड राष्ट्रिय समन्वय समितिले हिल वाक इभेन्ट सम्पन्न गरेको छ । स्कटल्याण्डको प्रख्यात डुमएट हिल, स्टरलिङमा आइतबार याे इभेन्ट सम्पन्न गरेकाे हाे । स्कटल्याण्डमा रहेका करिब एक सय जना भन्दा बढी नेपालीहरुकाे सहभागिता रहेको एनआरएनए स्कटल्याण्डले नयाँ तरिकाको हिल वाक इभेन्ट सम्पन्न गरेकाे हाे । एनआरएनएप्रति […]

स्थापना दिवसका अवसरमा पूर्वपदाधिकारीलाई सम्मान गर्दै पत्रकार महासंघ

काठमाडौँ, १२ चैत । नेपाल पत्रकार महासङ्घले आफ्नो स्थापनाको ६४औँ वर्ष प्रवेशका अवसरमा २० पूर्वपदाधिकारीलाई सम्मान गर्ने भएको छ । महासङ्घ बने यता उपसभापति, उपाध्यक्ष र महासचिव पदमा रही विशिष्ट योगदान पु¥याउने पूर्वपदाधिकारीलाई सम्मान गर्न थालिएको महासचिव रमेश बिष्टले जानकारी दिए । पूर्वउपसभापतिहरु राधा बुढाथोकी, चित्राङ्ग थापा, कर्णदेव भट्ट, ईश्वरचन्द्र गौतम, हेमन्त कर्माचार्य, तेजबहादुर भण्डारी, […]

न्यूरोडको महर्जन कम्प्लेक्समा बुकिङ खुला

काठमाडौं । न्यूरोडमा रहेको महर्जन कम्प्लेक्सले आफ्नो व्यापारिक भवनको बुकिङ खुला गरेको जानकारी दिएको छ । महर्जन बिजनेस एसोसियट प्रा.लिले न्यूरोडमा निर्माण गरेको व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’को बुकिङ खुला गरेको जानकारी गराएको हो । सोमवार एक विज्ञप्ति जारी गर्दै कम्पनीले कम्प्लेक्स प्रचलित नियम र मापदण्डभित्र रहेर निर्माण गरिएको पनि प्रस्ट पारेको छ । यसअघि उक्त […]

अब जापान जान पैसा नपर्ने, नेपाल-जापानबीच भयाे यस्तो सम्झाैता

काठमाडौं । नेपाल र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा जापानका प्रतिनिधिबीच   श्रमिक आपूर्ति बारे ‘सहकार्यको समझदारी’ पत्रमा सोमबार हस्ताक्षर भएको हो। नेपाली श्रमिकहरुको गन्तव्य मूलुकका रुपमा रहन सक्ने जापानमा यस अघि व्यक्तिगत तवरमार्फत चर्को लागतमा गइरहेका नेपाली श्रमिकहरुको शून्य लागतमा नै जान पाउने गरी […]