खुल्ला दिसा गर्नेहरुलार्इ धमाधम पक्राउ गरी खोरमा जाक्दै प्रहरी, शुक्रबार मात्र दर्जन पक्राउ

नेपालगन्ज, ११ फागुन । शौचालय बाहिर सार्वजनिक स्थानमा दिसा गर्दै हुनुहुन्छ भने होसियार भइराख्नुहोस् । तपाईँ प्रहरीको फन्दामा पर्नुहुनेछ । नेपालगन्ज उप–महानगरपालिकाले झाडीमा दिसा गर्नेलाई प्रहरीको खोरमा पुर्या‍एको छ । नगरलाई खुला दिसामुक्त बनाउने अभियान चलिरहेका बेला झाडीमा लुकीछिपी दिसा गर्नेलाई रंगेहात पक्राउ गरी प्रहरी खोरमा पुर्या‍एको हो । शुक्रवार उपमहानगरका विभिन्न ठाउँबाट खुला रूपमा […]

हनुमान ढोकामा चीर ठडयाइएसँगै औपचारिक रुपमा फागु पर्व सुरु

    काठमाडौँ, ११ फागुन । रंगहरुको पर्व होली, वसन्त ऋतुको आगमनसंगै फागुन शुक्ल अष्टमीका दिन शुक्रबार राजधानीको बसन्तपुर गद्दी बैठक अगाडी ‘चीर’ ९ रंगी बिरंगी छत्र सहित विशेषरूपले सजाएको लिङ्गो गाडिएको छ । ३२ हात अग्लो बासमा मयलको हाँगा साथै विभिन्न रगका रङ्गी विरङ्गी कपडा राखेर ठडयाइएसँगै देशभर होली पर्व सुरु भएको मानिन्छ । […]

छोराले अामालार्इ रड प्रहार गरी गरे हत्या, बहिनी गम्भीर घाइते

लहान, ११ फागुन । छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-४ मा एक महिलाको विहिबारराति उपचारको क्रममा मृत्यु भएको छ । घरायसी विवादमा लक्ष्मीपुर पतारी-४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधबार फलामे रड प्रहार गर्दा दुवै आमा छोरी […]

प्रदेशका मन्त्रीहरुको होटेल र रिसोर्टमा बास

काठमाडाैं, ११ फागुन । अहिलेसम्म सातवटै प्रदेश सरकार गठन भइसकेकाे छ । तर, प्रदेश सरकारले अहिलेसम्म पनि कामकाे भेउ भने पाउन सकेकाे देखिदैन । अधिकांश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुकाे वास पनि हाेटेल र रिसाेर्टमा छ । उनीहरु हाेटेल रिसाेर्टमै सुत्ने र अाफ्ना कामकाज गर्ने गरेका छन् । प्रदेश १ : मुख्यमन्त्री राष्ट्र बैंकको गेस्टहाउसमा, आन्तरिक […]

नेकपाका प्रवक्ता प्रकाण्डलार्इ मातृशोक

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलार्इ मातृशाेक परेकाे छ । प्रवक्ता प्रकाण्डकी आमा भरता विश्वकर्माको ७२ वर्षकाे उमेरमा बिहीबार निधन भएको हाे । लामो समयदेखि नसा र दमबाट पीडित भरता विश्वकर्माकाे कालिकाेटकाे मालकाेटमा रहेकाे अाफ्नै घरमा निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । उनका तीन छाेरा मध्ये प्रकाण्ड जेठा हुन‍् । अन्य […]

ककनी क्याम्पमा सशस्त्रको एफपियु रिफ्रेसर तालिम सुरु

ककनी । सशस्त्र प्रहरी बल नेपाल शान्ति स्थापनार्थ तालिम केन्द्र नुवाकोट ककनीमा एफपियु रिफ्रेशर तालिम संचालन सुरु भएको छ । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कृष्ण भक्त ब्रम्हचार्यले फागुन ८ गते उक्त तालिमको उद्घाटन गरेका हुन् । तालिम उद्घाटनका अवसरमा बोल्दै एसएसपी ब्रम्हचारीले संगठनले दिएको जिम्मेवारी र दायित्वलाई अन्तराष्ट्रिय क्षेत्रमा उच्च प्रतिष्ठाका साथ स्थापित गराउन सफल […]

अफ्रिकी आकाशमा नेपाली सेनाको हेलिकप्टर

काठमाडाैं, १० फागुन । नेपाली सेनाले थोत्रो भनेर लिलामीमा राखेको एउटा हेलिकप्टर अफ्रिकी आकाशमा उड्ने भएको छ । नेपाली सेनाले नौ हवाई साधन र तिनका पार्टपुर्जा बिक्री प्रक्रिया अघि बढाएको ६ महिना बढी भइसकेको छ । लगातारका टेन्डरपछि ४ हेलिकप्टर बिक्री प्रक्रिया अघि बढेको छ । सेनाको हवाई निर्देशनालयले लिलामीमा राखिएका सबै हवाई साधन र […]

गोवामा पक्राउ गरी देवदहमा ल्याइ इन्काउन्टर, गुन्डाको शृंखलाबद्ध अवसान

काठमाडाैं, १० फागुन । चरी उपनामले कुख्याती कमाएका धादिङका दिनेश अधिकारी काठमाडौंको नयाँ बजारलाई आधार क्षेत्र बनाएर अपराधमा संलग्न थिए । थप उचाइ चढ्न एमाले प्रवेश गरेका उनी धादिङ–१ क्षेत्रीय कमिटीको उपाध्यक्षसमेत बने । राजनीतिक संरक्षणमा शक्ति बढेपछि उनले आफ्ना प्रतिस्पर्धीलाई दिउँसै गोली हान्न पनि थाले । कांग्रेस ललितपुरका नेतासमेत रहेका मीनकृष्ण महर्जनलाई गोली हानेको […]

तीन दिन अघि नै पक्राउ परेका भनिएका मनोज यसरी प्रहरीको इन्काउन्टरमा मारिए

बुटवल, ९ फागुन । पछिल्लाे समय थुप्रै हत्यामा नाम जाेडिएका गुण्डा मनाेज पुन प्रहरीकाे गाेली लागी मारिएका छन् । अाजै बिहान उज्यालाे नहुँदै रुपन्देहीकाे देवदहमा उनी भिडन्तमै मारिएकाे प्रहरीले जानकारी दिएकाे छ । मनाेज उनका अर्का सहयाेगी साेम अालेसँगै अाजै बिहान मारिएकाे प्रहरीले बताए पनि उनी तीन दिन अगाडि नै गिरफ्तार परेकाे हल्ला चलेकाे थियाे […]

प्रहरीले गर्यो अर्को इन्काउन्टर : मारिए चर्चित गुण्डा नाइके मनोज पुन

काठमाडौं, ९ फागुन । प्रहरीले गरेकाे अर्काे एउटा इन्काउन्टरमा परी चर्चित गुण्डा नार्इके मनाेज पुन मारिएका छन् । पछिल्लाे समय ठूला ठूला हत्यामा नाम जाेडिने गरेका मनाेज पुन आफ्ना सहयोगीसँगै प्रहरी इन्काउन्टरमा मारिएका हुन् । गएराती रुपन्देहीको देवदहमा प्रहरीले उक्त इन्काउन्टर गरेकाे थियाे । प्रहरीले छापा मार्दा उल्टै प्रहरीमाथि अाक्रमण गरेर भाग्ने क्रममा पुन अाफ्ना […]