२२ दिन अघि वेपत्ता महानगरका बरिष्ठ अधिकृत मृत भेटिए

पाेखरा, २९ असार । पोखरा महानगरपालिकाका एक वरिष्ठ अधिकृत मृत भेटिएका छन् । असार ९ गतेदेखि बेपत्ता भएका महानगरपालिकाका सामाजिक महाशाखाका वरिष्ठ सूचना अधिकृत ओमराज पौडेलकाे शव शनिबार बिहान तनहुँको भिमादको सेती नदी किनारमा शव फेला परेको हाे। उनी हराएको २२ दिनपछि भिमानबाट शव फेला परेको प्रहरीले जानकारी दिएको छ। उनको शवलाई आफन्तले पहिचान गरेपछि […]

विश्वका ठूला नेता भ्रष्टाचारमा को–को परे जेल, अब को–को छन बाँकी

रमेश लम्साल काठमाडौं । नेपाली समाजमा लोकप्रिय एउटा उखान छ, ‘धन देख्दा महादेवको पनि तेस्रो नेत्र खुल्छ ।’ तर यो उखान नेपालमा मात्र नभएर विश्वमै सान्दर्भिक देखिएको छ । यो उखानजस्तै विश्वका चर्चित राजनीतिक नेता पनि एकपछि अर्को गर्दै धनको लोभमा परेका र भ्रष्टाचारको मुद्दामा तानिएका छन् । शक्तिको दुरुपयोग गरेर व्यक्तिगत स्वार्थका लागि राष्ट्रिय […]

कर्णालीका ३०७ गाउँ असुरक्षित, सुरक्षित स्थानमा सार्ने सरकारको सुरसार छैन

काठमाडाैं ।  माथिल्लो कर्णालीका चार जिल्लाका ३ सय ७ वटा बस्ती असुरक्षित देखिएका छन् । कर्णाली विकास आयोगले गरेको अध्ययनमा हुम्लामा ७०, मुगुमा ४०, जुम्लामा ८९ र कालिकोटमा १०८ वटा बस्ती असुरक्षित भेटिएका हुन् । चार जिल्लामा १ हजार ४ गाउँ छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ । बाढी, पहिरो, हिमनदी, भिरालो जमिन बस्ती असुरक्षाका प्रमुख […]

दुईबुँदे सहमतिपछि गंगामाया अधिकारीले अनशन तोडिन

काठमाडौं । आफ्नो छोराका हत्यारालाई कारबाहीको माग गर्दै विगत ४५ दिनदेखि अनशनमा रहेकी गंगामाया अधिकारीले शुक्रबार अनशन तोडेकी छन् ।सरकारले दुईबुँदे सहमति गरेपछि गंगामायाले शुक्रबार अपराह्न अनशन तोडेकी हुन् । गत जेठ १५ गतेदेखि वीर अस्पतालको शय्यामा अनशनमा बसेकी गंगामायालाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनशन तोडाएका हुन् । त्यसअघि कानुनमन्त्री शेरबहादुर […]

हृदयाघातका कारण पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधन

 काठमाडौं । पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधन भएको छ । बिहीबार गृहजिल्ला रौतहट गएको बेला हृदयाघात भएका आलमको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ निधन भएको हो । त्यसलगत्तै उनलाई उपचार गर्न बाँसबारीस्थित गंगालाल अस्पताल पुर्याइएको थियो । ५३ वर्षीय आलमको पार्थिव शरीरलाई शनिबार विहान ८ बजेदेखि १० बजेसम्म श्रद्धाञ्जलीका […]

सिन्धुपाल्चोक जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुग्यो

सिन्धुपाल्चोक, २९ असार । सिन्धुपाल्चोकको सल्लेमा भएकाे जीप दुर्घटनामा परी मृत्यु हुनेकाे सङ्ख्या ५ पुगेकाे छ । पाँचपोखरी थाङपाल गाँउपालिकाको फ्याफुल्ला डाँडामा जीप दुर्घटनामा परी अन्य ९ जना घाइते छन् । बिहीबार बेलुकी मेलम्चीबाट भोताङतर्फ जाँदै गरेको लु१च ९९९ नम्बरको जीप थाङपालकोट र थाङपालधापको सीमानामा पर्ने फ्याफुल्ला डाँडामा दुर्घटना भएको हो । फ्याफुला डाँडामा अचानक […]

अाज बिहानै सूर्यग्रहण

काठमाडौं, २९ असार । आज यो वर्षको पहिलो सूर्य ग्रहण लागेको छ । बिहान करिब साढे सात बजेबाट सुरु भएको सूर्यग्रहण बिहान करिब १० बजे सकिने छ । यो सूर्य ग्रहण अष्ट्रेलिया, मेलवर्न, अन्टार्कटिका र अष्ट्रियाको उत्तर क्षेत्र लगायतका बिश्वका विभिन्न स्थानबाट अवलोकन गर्न सकिन्छ । नेपाल र भारतबाट भने यो सूर्यग्रहण देख्न नसकिने खगोलशास्त्रीहरु […]

श्रमिकको न्यूनतम पारिश्रमिक साउनदेखि ५० प्रतिशत बढीले बढ्ने

काठमाडाैं । सरकारले साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक ५० प्रतिशत वृद्धि गर्दै १५ हजार रुपैयाँसम्म पुर्याउने भएको छ । यसमा सामाजिक सुरक्षा र अन्य सुविधाको रकमसमेत थपिँदा अझ बढ्ने देखिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न शुक्रबार साँझसम्म सरोकारवातासँगको छलफल सक्ने भएको छ । मन्त्रालयले श्रमिकको ज्याला न्यूनतम […]

भक्तपुरमा पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु

भक्तपुर, २८ असार । पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा पर्ने मझुवामा पहिरोले कच्ची घर पुरिँदा सुतिरहेका ७० वर्षीया हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया सानुमाया र साढे दुई वर्षकी नातिनी सम्पदालाई पहिरोले पुरेको भक्तपुरका प्रमुख अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । ज्यान गुमाउने लामाका छोरा […]

दुर्गाथलीमा २ जना मृत भेटिए, कसरी घट्यो घटना ?

बझाङ ।  जिल्लामा दुई जना मृत अवस्थामा फेला परेका छन् । बझाङको दुर्गाथलीगाउँपालिका बडा नम्बर २ को मैरीबगरमा दुई जना मृत अवस्थामा फेला परेका हुन् । बुधवार सात बजेतिर २ जना मृत अवस्थामा फेला परेको जिल्लाप्रहरी कार्यालय बझाङले जनाएको छ । घटना के कारणले भएको त्यसको अनुसन्धान भइरहेको जिल्लाप्रहरी कार्यालय बझाङकाप्रहरी नायवउपरिक्षक ऋषिराम कडेले बताए […]