महामारीको रुप लिएको कोरोनाबाट ज्यान गुमाउने १९ सय पुग्यो!

बेइजिङ, ६ फागुन । महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड–१९ ज्यान गुमाउनेको संख्या करीब एक हजार नौ सय पुगेको छ । कोरोना भाइरसबाट तीन हजार स्वास्थ्यकर्मीसहित ७३ हजार ४३६ भन्दा बढी संक्रमित भएको जनाइएको छ । गत डिसेम्बरबाट चीनको हुवेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण हुवेइ प्रान्तमा मात्रै हिजो एकै दिन ९३ जनाले ज्यान […]

पानीजहाजभित्र कोरोनाभाइरस देखिएपछि क्वारेन्टाइनमा उपचार गरिरहेका आफ्ना ३५० नागरिकलाई हङकङले उद्धार गर्दै

एजेन्सी, जापानको डायमोन्ड प्रिन्सेस क्रुज पानीजहाजमा फसेका ३५० हङकङ नागरिक लिन दुईवटा क्याथे प्यासिफिक विमान जापान जाने भएको छ।३५ सय यात्रु चढेको जापानी पानीजहाजमा कोरोनाभाइरस देखिएपछि उक्त पानीजहाजलाई नै क्वारेन्टाइन बनाएर संक्रमितको उपचार भइरहेको छ । अन्य यात्रुलाई पनि तल झर्न दिइएको छैन। यसबीचमा अमेरिकाले आफ्ना ४ सय नागरिक उक्त पानीजहाजबाट उद्धार गरेको छ। जसमध्ये […]

आजको संयोग: निवर्तमान सभामुख जेल बसाइबाट मुक्ति, उपसभामुखलाई मन्त्रालय

काठमाडाैँ ५ फागुन । बलात्कार प्रयास मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएपछि निवर्तमान सभामुख झण्डै चार महिनापछि आफ्नो घरपरिवारसँग पुनर्मिलन हुँदै छन् र उनी चार महिना लामो जेल बसाइबाट मुक्ति पाएका छन् भने तुम्बाहाङ्फे अब केही दिनमै मन्त्रीनिवास सर्नेछिन्। गत असोजसम्म तत्कालीन सभामुख कृष्णबहादुर महरा मुलुककै पाँचौँ वरीयताका सम्माननीय पदमा थिए भने उपसभामुख शिवमाया तुम्बाहाङफे […]

सामूहिक बलात्कार गर्ने भारतीयसहित दुई जना पक्राउ

जनकपुरधाम, ५ फागुन । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको मुख्य बजारमै एक जना महिलाको सामूहिक बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिका-४ विश्वकर्मा चोकमा सोमबार ३५ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरिएको प्रहरीले जनाएको छ । ३५ वर्षीया महिलालाई आफ्नो कोठामा लगेर सामूहिक बलात्कार गर्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । […]

टेलिकमको फ्रिडम प्याकः १५ रुपैयाँमा २४ घण्टा कुराकानी

काठमाडौँ, ५ फागुन । नेपाल टेलिकमले विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याकमा थप  गरेको छ । विभिन्न मूल्यमा खरिद गर्न सकिने यस्ता प्याकमा कम्पनीले थप विशेषता थप गरेको हो । एक घण्टा अनलिमिटेड प्याक यो प्याक २० रुपैयाँमा लिन सकिने कम्पनीले जनाएको छ । प्याक एक्टिभ भए पश्चात १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र […]

आरआर क्याम्पसमा नेकपा र कांग्रेसका विद्यार्थीबीच झडप

काठमाडौं, ५ फागुन । रत्न राज्यलक्ष्मी आरआर क्याम्पसमा नेपाल कम्युनिस्ट पार्टी नेकपा र नेपाली कांग्रेसका विद्यार्थी संगठनबीच झडप भएको छ । आसन्न स्ववियु निर्वाचनका विषयमा विवाद हुँदा सोमबार झडप भएको हो । नेपाल विद्यार्थी संघ नेविसंघले आफ्ना विद्यार्थीहरु आविष्कार पौडेल, कुशल बस्नेत र सुमन खड्कामाथि कुटपिट भएको बताएको छ । उता, सत्तारुढ पार्टीको भातृ संगठनले […]

कोरोना भाइरसका कारण मृत्यु हुनेको १६ सय ६५ बढि, दुई हजार बढि नयाँ विरामी

बेइजिङ, ४ फागुन । चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारसम्ममा एक हजार ६६५ बढि पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एकै दिनमा थप १४२ जनाको मृत्यु भएको हो । उनीहरुले कोरोनाको सङ्क्रमण थप दुई हजार नौ जनामा देखिएको पनि जानकारी दिएका छन् । सङ्क्रमितहरु चीनका ३१ वटा प्रान्तका […]

गोदावारी नगरपालिकाको ०५ मिजारको घरमा शक्तिशाली बम फेला 

ललितपुर ५ फागुन । गोदावारी नगरपालिकाको ०५ मा रहेको शुकराम मिजारको घरमा बम भेटिएको छ । मिजारको घरमा शक्तिशाली बम फेला परेको ललितपुर प्रहरीले जनाएको छ । घरमाथि स्लबमा निस्किएको ठाँउमा ग्रिनेड बम फेला परेको हो । महानगरिय प्रहरी वृत्त चापागाँउका डीएसपी कृष्णराज ओझाका अनुसार अहिले उक्त बम डिस्पोज गर्न नेपाली सेनाको टोली खटिएको छ […]

हेलिकोप्टरबाट कालापानी निरीक्षण गरेर फर्किए रक्षामन्त्री पोखरेल

दार्चुला, ५ माघ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र निरीक्षण गरेर फर्किएका छन् । उनी सोमबार दार्चुलाको सदरमुकाम खलंगाबाट नेपाली सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टरबाट कालापानी क्षेत्रको अवलोकन गरेर फर्किएका हुन् । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलको टोलीमा दार्चुला जिल्लाबाट निर्वा्चित प्रतिनिधिसभा सदस्य गणेष सिह ठगुन्ना, सुदुरपश्चिम प्रदेशका उप–सभामुख निर्मला बडाल […]

विद्युत् प्राधिकरणले वितरणतर्फको चुहावटलाई एकल अङ्कमा झार्न सफल

काठमाडौँ, ५ फागुन । नेपाल विद्युत् प्राधिकरणले वितरण प्रणालीमा रहेको चुहावटलाई एकल अङ्कमा झार्न सफल भएको छ । गत साउन अन्त्यसम्ममा रहेको ११.२८ प्रतिशतमा रहेको वितरण प्रणालीको चुहावटलाई छ महिनाभित्र ९.७८ मा झार्न सकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले अबको छ महिनाभित्र ८.५ प्रतिशतमा समेट्ने लक्ष्य राखेको छ । १५.३२ प्रतिशत रहेको समग्र […]