काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि(शुक्रबार) बस्ने भएको छ । बिहीबार पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक दिउँसो ३ केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ ।
राजनीति
विशेष महाधिवेशन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भन्दै थापा र शर्माले निकाले संयुक्त विज्ञप्ति
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा विज्ञप्ति निकालेर विशेष महाधिवेशन सम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको बताएका छन्। आज संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उनीहरूले भनेका छन्, ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै […]
फुकुवा भयो पूर्वगृहमन्त्री रमेश लेखकको स्थान हद
काठमाडौँ । भाद्र २३ र २४ गतेको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको भ्रमण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। आयोगको सचिवालयले एक सूचना जारी गर्दै लेखकको विदेश भ्रमण र काठमाडौँ उपत्यका छोड्न नपाउने पूर्व निर्णयलाई हटाएको जानकारी दिएको हो । यसअघि अनुसन्धानको सिलसिलामा आयोगले असोज १२ गते लेखकलाई आयोगको अनुमतिबिना उपत्यका […]
प्रतिनिधिसभा निर्वाचन : कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई कालिकोटबाट एकल सिफारिस गरिएको छ । पार्टीका केन्द्रीय सदस्य प्रेम बहादुर सिंहका अनुसार, प्रचण्डको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको हो । यसअघि उनको नाम महोत्तरी–३, सिन्धुली–२, कास्की–३ लगायतका क्षेत्रबाट पनि सिफारिसमा परेको थियो ।
सम्झौताका लागि दुर्गा प्रसाईंले कार्की सरकार दिए आइतबारसम्मको अल्टिमेटम
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकारले आइतबारसम्मको समय मागेको बताए । ‘प्रधानमन्त्रीले आइतबारसम्म सम्झौता गर्ने र सोमबारको मन्त्रिपरिषद् बैठकबाट सम्झौता कार्यान्वयनको निर्णय गर्ने प्रतिबद्धता जनाउनुभएको […]
भारतमा व्यापार गरेर बसेका व्यक्ति समानुपातिकमा परेपछि…
काठमाडौं । नेपाली कांग्रेस सर्लाहीले भारतमा बसेर व्यापार गर्दै आएका व्यक्तिलाई समानुपातिक उम्मेदवार सिफारिस गरिएको भन्दै विरोध जनाएको छ । कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा. सरोज कुमारले पार्टी केन्द्रीय कार्यालय सानेपालाई पत्र लेखेर विरोध जनाएका हुन् । उनका अनुसार कांग्रेसबाट सिफारिसमा परेका मो. अन्सार खाँ कुनै पनि पार्टी समितिबाट सिफारिस नभएको र पार्टी संगठनमा कहिल्यै नदेखिएको […]
यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबिचको सङ्घर्ष अझै जारी छ : प्रचण्ड
काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जिम्मेवार ढङ्गले परिवर्तनको पक्षमा अघि बढ्नुपर्ने बताएका छन् । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना दिँदै उनले भनेका छन्– ‘देश र जनताप्रतिको जिम्मेवारीप्रति सचेत रहँदै नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सबल र दुर्बल पक्षहरूको समीक्षासहित सच्चिएर अघि बढ्ने प्रतिबद्धतालाई व्यवहारमा उतार्दै अघि बढिरहेको छ। यथास्थितिमा सीमित […]
पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतको आदेश
काठमाडौं । विशेष अदालतले घुस लिएर भ्रष्टाचारको आरोप खेपेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश गरिएको छ । बुधबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो […]
रविको ३० लाख जमानत बसिदिने मनोहर प्रधान रास्वपाको समानुपातिक सूचीमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जमानत बसिदिएका मनोहर प्रधान पार्टीको समानुपातिक सूचीमा परेका छन्। बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन मुद्दामा प्रधानले लामिछानेलाई थुनामुक्त गर्न ३० लाख रूपैयाँ जमानत दिएका थिए। उक्त मुद्दाको कुल बिगो रकम १० करोड ९९ लाख ३६ हजार रूपैयाँ थियो। त्यसमध्ये लामिछानेले आफ्नो भागमा पर्ने २ […]
रोईरोई पार्टी छाडेको थिएँ, अहिले घर फर्केको अनुभूति भयो : कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले आफूले चार वर्षअघि राप्रपा छाड्दा मन रोईरोई छाडेको भन्दै अहिले फर्कँदा खुसी लागेको बताएका छन् । बुधबार दुई राप्रपाको एकता घोषणा सभालाई सम्बोधन गर्दै थापाले पुरानो अनुभूति सुनाएका हुन् । ‘यसलाई एकता भनिएपनि पुनर्मिलन हो । घर फर्केको अनुभूति भइराखेको छ । आफूले पनि रगत पसिना […]











