एका बिहानै धार्केमा दुर्इ भारतीय गाडी जलाइए

धादिङ, ३० बैशाख । धादिङकाे धार्केमा बिहानै २ वटा भारतीय गाडीमा अागजनी भएकाे छ । बिहान ३ बजे नै ती गाडीमा अागजनी भएकाे धादिङ प्रहरीले जनाएकाे छ । अाज नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दकाे अाह्वान गरेकाे छ । सरकारले अरुण तेस्राे अायाेजना भारतलार्इ दिएकाे र उक्त अायाेजनामा राष्ट्रघाती सम्झाैता गरिएकाे भन्दै त्यसकाे विराेधमा नेकपाले नेपाल […]

सुदूरपश्चिमका ३ वटा चर्चमा बम बिस्फोट, के छ क्षतिको अवस्था ?

काठमाडौं, ३० बैसाख । सुदूरपश्चिमका ३ वटा चर्चमा बम बिस्फोट भएको छ । स्थानीयले इमान्दार मिडियालाई दिएको जानकारी अनुसार कैलालीको बोराडाँडीस्थित महिमा चर्चमा शनिबार राति ठुलो आवाजसहित शक्तिशाली बिस्फोट भएको हो ।  बिस्फोटबाट चर्चमा के-कति क्षति भएको छ भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन । त्यस्तै उता डोटीमा पनि २ वटा चर्चमा बम पड्किएको छ […]

आज नेपाल बन्द, विहानैदेखि आगजनी र तोडफोड, दर्जन ठाउँमा बम विस्फोट

काठमाडौँ, ३० बैसाख । नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ नेभ्रमण, अरुण तेस्रोको शिलान्यास, भारतीय हतियारधारी कमान्डो नेपाल प्रवेश तथा ओली–मोदी गठबन्धनका विरुद्ध नेकापले नेपाल बन्द आवहान गरेको हो बन्दकर्ताले अवज्ञा गरेको भन्दै विहानैदेखि सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् । काठमाडौँमा विहानै दुई ट्याक्सीमा तोडफोड […]

एकाविहानै प्यूठानमा यात्रुबस दुर्घटना, ५ जनाको मृत्यु, २० घाइते

काठमाडौं, ३० बैसाख । एकाविहानै प्यूठानमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको बडडाँडामा भएको उक्त दुर्घटनामा अन्य २० जना घाइते भएका छन् । महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ आउदै गरेको महाकाली यातायातको ना४ख १८७६ नम्बरको बस अाइतबार बिहान प्यूठानको सरुमहारानी गाउँपालिकामा बडडाँडा नजिकै दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, प्यूठानले घटनाको पुष्टि […]

सडकमा क्यामेरा राखेर मोदीको विरोधमा उत्रिए पत्रकार, पत्रकार महासंघले समेत जनायो आपत्ती

काठमाडौं, २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएपछि त्यसको व्यापक विरोध भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित राष्टिय सभागृहमा प्रम मोदीका लागि आयोजित एक कार्यक्रममा प्रवेश पास लिएका सञ्चारकर्मीहरुलाई प्रवेश गर्न नदिइएपछि सञ्चारकर्मीहरुले आफ्ना सञ्चारसाधन सडकमा राखेर विरोध समेत प्रदर्शन गरेका छन् । शनिवार दिउसो राष्टिय सभागृहभित्र प्रम मोदी प्रवेश […]

जनकपुरबाट छुटेको बस अयोध्या पुग्यो, मुख्यमन्त्री आदित्यनाथले गरे स्वागत

काठमाडौं, २९ बैसाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जारी दुई दिने नेपाल भ्रमणको पहिलो दिन नेपालको जनकपुरबाट शुभारम्भ गरिएको ‘जनकपुर-अयोध्या ‘ बससेवाको उद्घाटित बस शनिबार अयोध्या पुगेको छ। शुक्रबार भारतीय प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षी केपी शर्मा ओलीसँगै जनकपुरबाट संयूक्त रूपमा सो बससेवाको सुरूवात गरेका थिए। अयोध्या पुगेको बसलाई उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले स्वागत गरेको […]

ओलीले अरुण तेस्रो मोदीलाई सुम्पिएपछि विप्लवले दिए यस्ताे चेतावनी ! भोलि नेपाल बन्द (विज्ञप्तिसहित)

काठमाडौं, २९ बैसाख । प्रधनमन्त्री केपी ओलीले अरुण तेस्रो जलबिद्युत आयोजना भारतलाई बुझाएपछि नेपाल कम्युनिष्ट पार्टीले त्यसको कडा शब्दमा बिरोध गरेको छ । शुक्रबार राति ओलीले अरुण तेस्रो मोदीलाई बुझाएलगत्तै शनिबार बिहानै नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै  ओलीले गरेको राष्ट्रघात बिरुद्ध कडा संघर्षमा उत्रिने उद्घोष गरेका छन् । ओली-प्रचण्ड दलाल […]

बाथरुममा लडेर गम्भीर घाइते बने सभामुख, आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं, २९ बैसाख । प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी बाथरुममा लडेर गम्भीर घाइते भएका छन् । एक्कासी बाथरुममा लडेर सिकिस्त बनेको उनको अहिले मनिपाल शिक्षण अस्पतालको आर्इसीयूमा राखेर उपचार भइरहेको छ । शुक्रबार दिउँसो ४ बजे बाथरुममा लडेर भर्ना भएका अधिकारीकोे टाउकोमा रगत जमेको अस्पताल स्रोतले जानकारी दिएको छ। सभामुख बाथरुममै लडेपछि उनका सहयोगीले सिर्जनाचोकको […]

मोदीको भ्रमणले ओलीको नक्कली राष्ट्रवादको मुकुण्डो च्यातियो

प्रभात चलाउने भारतले नेपालमाथि अमानवीय नाकाबन्दी लगाएको आक्रोश अझै नेपाली सर्वसाधारणमा शान्त भएको छैन । हरेक नेपालीको मन मनमा नाकाबन्दीको पीडा अझै पनि ताजै छ । त्यतिमात्र होइन, नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा समेत भारतले गरिरहेको हस्तक्षेप पनि सबैमा अनुभूत भएकै छ । १९५०को सन्धीदेखि नेपाली भूगोलमाथि भारतले लगाइरहेको कुदृष्टि र गरिरहेको हस्तक्षेप पनि […]

मोदी नपुग्दै जनकपुरमा यस्तो लफडा, प्रहरीलाई तनाव

काठमाडौं, २८ बैसाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नपुग्दै जनकपुरमा तनाव सुरु भएको छ  । जसकारण प्रहरीलाई तनाव भएको छ । व्यस्थापकीय पक्ष कमजोर भएका कारण अस्तव्यस्त र तनाव सिर्जना भएको हो । प्रधानमन्त्री केपी ओली र स्थानीय सरकारले २ नम्बर प्रदेशवासीलाई मोदीको स्वागतमा उत्रिन उर्दी जारी गरेपछि सर्वसाधारणहरुले सास्ती भोग्नुपरेको छ । जसकारण सर्वसाधारणहरु […]