भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । मंगलबार नेमकिपा, भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरको टौमढीमा आयोजित जनसभामा बोल्दै उनले ठूला पार्टीले साना पार्टीलाई रोक्न थ्रेसहोल्ड लगाएको आरोपसमेत लगाए । उनले भने – “थ्रेसहोल्डको आतंकले नेमकिपालाई निर्वाचनमा जान कसैले रोक्न सक्दैन, पञ्चायतकालमा समेत जनताको […]
मुख्य समाचार
सालोको कुटाइबाट भिनाजुको मृत्यु
नुवाकोट । मेघाङ गाउँपालिका–४ ठूलोकिम्ताङमा सालोको कुटाइबाट भिनाजुको मृत्यु भएको छ । घरायसी विवादमा भएको झगडामा ठूलोकिम्ताङका प्रतापसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए । मंगलबार अपराह्न गाउँमा सामान्य विवाद हुँदा ५६ वर्षका तामाङलाई उनकै सालो श्रीमान तामाङ्ले लडाएर घाइते बनाइदिएका थिए । टाउकोमा चोट लागेका तामाङको उपचारको क्रममा […]
धरधरी रुदै कांग्रेसमै फर्किए गच्छेदार । कम्युनिस्टहरुलार्इ ठीक पार्ने उनको उद्घोष
काठमाडाैं, ३१ असाेज । पार्टी छाडेर जानेहरुकाे खबर धेरै सुनिन्छ । तर, पार्टीका प्रमुख व्यक्ति नै पार्टी छाडेकाे खबर भने धेरै कम हुन्छन् । तर नेपालमा भने यस्ता खबरै खबर अाउँछन जुन कुरा पत्याउनै गाह्राे हुन्छ । यस्तै समाचार बनेका छन जसरी पनि सत्तामा उक्लिरहने उदाहरण बनेका मधेशी नेता विजयकुमार गच्छेदार । मधेशी जनअधिकार फाेरम […]
बरामद ८८ केजी सुन बोक्ने गाडीका ड्राइभर प्रहरीका हवल्दार भएको खुल्यो
काठमाडौं, ३१ असोज । दुई महिनाअघि काठमाडौंमा बरामद भएको ८८ केजी सुन प्रहरीकै सहयोगमा भित्रिएको खुलेको छ । पक्राउ परेका व्यक्तिहरुले सुन बोकेको गाडी प्रहरीले नै चलाएर रसुवागढी नाकाबाट नेपाल भित्र्याएको वयान दिएका छन् । प्रहरीले सोमबार ८८ केजी सुन तस्करीमा सेटिङ मिलाउने जिम्मा लिएका रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको छ । उनले रसुवामा प्रहरीसँग […]
भवन भट्ट प्यानलसहित अध्यक्षमा विजयी (एनआरएनएमा जित्नेको सूचीसहित)
काठमाडौँ, ३१ असोज । भवन भट्ट गैरआवासीय नेपाली संघ (एनआरएन)को अध्यक्षमा विजयी भएका छन् । काठमाडाैंकाे बाैद्धस्थित हयात रिजेन्सी हाेटलमा भएकाे एनअारएनएकाे अाठाै विश्व सम्मेलनबाट उनी विजयी भएका हुन् । सम्मेलनबाट अधिकांश पदमा भट्टकै प्यानलका विजयी भएका छन् । भट्टले अध्यक्षकी अर्की प्रत्यासी जमुना गुरुङलाई पराजित गरेका हुन् । यसअघि दुर्इ कार्यकाल अध्यक्ष भएका शेष […]
साइबर अपराध ह्वात्तै बढेपछि चीन चिन्तित
चीनमा सन् २०१७ को पहिलो नौ महिनामा ७१० जनालाई साइबर अपराध गरेको दोषी ठहर गरी कारबाही गरिएको छ । अघिल्लो वर्षको तुलनामा यो तथ्यांक ८०.७ प्रतिशत बढी भएको चीनको सर्वोच्च न्यायाधिवक्ताको कार्यालयले सोमबार जनाएको छ । यो अवधिमा ३३४ ओटा यस्ता मुद्दा परेको पनि जनाइएको छ । यसमा ८२.५ प्रतिशत वृद्धि भएको कार्यालयका प्रवक्ता वाङ […]
वस्तीमा पसेर मान्छे खान थालेपछि ८३ भालु मारियो
एजेन्सी । जङ्गलमा खानाको अभावमा रसियाको सुदुरपूर्वमा रहेका मानव बस्तीमा आक्रमण गर्न थालेपछि नियन्त्रणका लागि ८३ वटा भालु मारिएको रसियाली अधिकारीले सोमबार जनाएका छन् । साखलिन टापुमा तैनाद वन अधिकृतले भने, “भालुको सन्त्रास मानव बस्तीमा फैलाएका कारण गाउँलेले प्रशासनमा भालु नियन्त्रण गर्न गरेको अपिलपछि भालुलाई जङ्गलतिर धपाइने गरेपनि जङ्गलमा आहाराको कमी हुँदा निरन्तर मानव बस्तीमा […]
सत्ताधारी दल दुई तिहाइ बढी मतले विजयी
एजेन्सी । भेनेजुयलाको सत्ताधारी युनाइटेड समाजवादी पार्टी (पीएसयूभी) ले २३ वटा क्षेत्रीय गभर्नरका लागि भएको निर्वाचनमा दुईतिहाईभन्दा बढी सदस्य जिताउन सफल देखिएको सोमबार जनाइएको छ । राष्ट्रिय निर्वाचन आयोगले दिएको जानकारी अनुसार क्षेत्रीय गभर्नरका लागि जम्मा २३ स्थानका लागि भएको निर्वाचनमा १७ स्थानमा सत्ताधारी समाजवादी पार्टीले विजय हासिल गरेको छ भने बाँकी पाँच स्थान प्रतिपक्षी […]
प्रचण्डका दुर्इ दर्जन नेताहरू विप्लवमा प्रवेश
विरगंज, ३० असोज । चुनावको मुखमा माओवादी केन्द्रका दुई दर्जन नेता-कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । पर्साका माओवादी केन्द्रका नेता रामबाबु प्रसाद यादवको नेतृत्वमा उनिहरुले नेकपा प्रवेश गरेका हुन् । चुनावी तालमेल तथा एकतको नाममा पार्टी नेतृत्व एमालेमा विलय भएको भन्दै उनीहरुले चुनाव खारेजीमा लाग्ने बताएका थिए । नवप्रवेशीलाई नेकपाका पोलिट्ब्युरो सदस्य पदम […]
१० बर्षमा फर्कियो खोला, गच्छदार फर्किए पुरानै घर
काठमाडौं । नेपाली काँग्रेसबाट अलग भएर मधेस केन्द्रित राजनीति गरेका नेता विजयकुमार गच्छेदार पुरानै घर फर्केका छन् । काँग्रेसका तत्कालिन नेता विजयकुमार गच्छेदारको नेतृत्वमा गठन भएको नेपाल लोकतान्त्रिक फोरम १० बर्षपछि पुन नेपाली काँग्रेसमै विलय भएको छ । सोमबार बालुवाटारमा आयोजित एकता कार्यक्रममा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा लगायत शिर्षस्थ नेताहरुले गच्छेदारको नेतृत्वमा […]











