मतगणना नसकिदै नारायणकाजीले ट्वीटरमा दिए बाबुरामलार्इ बधार्इ

काठमाडाैं, २३ मंसिर । गाेरखा २ का उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मतगणना नहुँदै हार स्वीकार गरेका छन् । श्रेष्ठले सामाजिक सञ्जालमा बाबुराम भट्टरार्इलार्इ बधार्इ दिएका छन् । गाेरखा २ काे मतगणना सकिएकाे छैन । मतगणना चलिरहे पनि उनले अाफ्नाे हार निश्चित भएकाे बुझेर ट्वीटरमा तीन वटा स्टाटस लेखेका छन् । उनले […]

मतगणना चल्दै गर्दा विप्लवले दिए यस्तो चेतावनीः अब नयाँ सत्ता विस्तार

काठमाडौं, २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले चुनाव खारेज अभियानको क्रममा अाफ्नो पार्टीका अपील नेतृत्वमा भएका प्रतिरोधका कार्यक्रमलाई अज्ञात समूहले गरेको भनेर गरिएका प्रचारबाजी र टिप्पणीहरु भ्रामक, षड्‍यन्त्रकारी र ध्वंसात्मक भएको बताएका छन् । चुनावबारे पार्टीको अाधिकारिक धारणा सार्वजनिक गर्न शनिबार साँझ जारी गरेको विज्ञप्तिमा विप्लवले भनेका छन्, ”कतिपय सञ्चार माध्यमले बम पड्काएर […]

गोरखा २ मा बाबुराम भट्टरार्इको जित पक्का

गोरखा, २३ मंसिर । नयाँ शक्तिका बाबुराम भट्टरार्इ गाेरखाबाट जित नजिक पुगेका छन् । वामगठबन्धनबाट उम्मेदवार बनेका माअाेवादी केन्द्रका नेता नारायणकाजी भट्टरार्इलार्इ निरन्तर पछाडि पार्दै भट्टरार्इ जितकाे नजिक पुगेका हुन् । पछिल्लाे मत परिणाम अनुसार गाेरखा २ मा भट्टरार्इ श्रेष्ठभन्दा ४९ सय मत अन्तरले अगाडि छन् । भट्टरार्इले २७ हजार २ सय २३ मत प्राप्त […]

श्रीमतीलाई प्रहरीले थुनेपछि श्रीमान होटेलमा मृत भेटिए, घटना रहस्यमय

काठमाडाैं, २३ मंसिर । नयाँ बसपार्कस्थित एक हाेटलमा रहस्यमय घटना घटेको छ । बसपार्कस्थित मंगलमय शुभकामना गेस्ट हाउसमा एक पुरुष मृत अबस्थामा भेटिएका छन्। बसपार्क नजिकै रहेको उक्त गेस्ट हाउसमा केही दिनदेखि श्रीमतीसँगै बस्दै आएका बाबुराम केसीले ‘आत्महत्या’ गरेको प्रहरीले बताएको छ । प्रहरी प्रभाग बसपार्कका असई प्रकाश राउतले दिएको जानकारीअनुसार शनिबार विहान उनि झुण्डिएको […]

जाजरकाेटमा शक्ति बस्नेत विजयी, दुबै प्रदेशमा पनि वामगठबन्धनकाे जित

जाजरकाेट, २२ मंसिर । जाजरकाेटबाट प्रतिनिधि सभाका लागि नेकपा (माअाेवादी केन्द्र)का शक्तिबहादुर बस्नेत विजयी भएका छन् । वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाकाे उम्मेदवार बनेका पूर्व गृहमन्त्री समेत रहेका बस्नेतले नेपाली कांग्रेसका राजिव शाहलार्इ पराजित गरेका हुन् । बस्नेतले शाहलार्इ ८ हजार ९ सय ९२ मत अन्तरले पराजित गरेका हुन् । बस्नेतले ३२ हजार २ सय […]

कांग्रेसलार्इ हराएर जनताले नेपाल आमामाथि नै अन्याय गरेको कांग्रेस नेता खतिवडाको आरोप

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले चुनाव हारेपछि मतदातामाथि अाराेप लगाएका छन् । उनले नेपाली जनताले अाफ्नै अामामाथि अन्याय गरेकाे अाराेप लगाएका हुन् । अाफूहरुलार्इ पराजित गरेर मतदाताले अाफूहरुमाथि ठूलाे अन्याय गरेकाे बताउँद याे अन्याय नेपाली अामामाथि नै गरिएकाे अन्याय भएकाे दावी गरेका छन् । खतिवडा अाेखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका थिए […]

गोरखामा निरन्तर अग्रता लिँदै बाबुराम, नारायणकाजी निरास

गाेरखा, २३ मंसिर । देशभर वामगठबन्धनले ध्यान तानिरहँदा गाेरखामा भने नयाँ शक्तिले ध्यान तानेकाे छ । धेरैकाे अनुमान विपरित नयाँ शक्तिका संयाेजक समेत रहेका बाबुराम भट्टरार्इ गाेरखा क्षेत्र नं. २ मा एक्लै अगाडि बढिरहेका छन् । नयाँ शक्तिकाे देशभर कतै अग्रता छैन र मत पनि धेरै अाएकाे छैन । तर गाेरखा २ मा बाबुरामले वामगठबन्धनका […]

प्रचण्ड पराजित गरेका केसीले काठमाडौं १० मा वाम गठबन्धनलार्इ पनि हराए

काठमाडौं, २३ मंसिर । काठमाडाै निर्वाचन क्षेत्र नम्बर १० बाट नेपाली कांग्रेसका राजन केसीले जित हासिल गरेका छन् । दाेस्राे संविधान सभामा नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ पराजित गरेका केसीले यसपटक पनि वाम गठबन्धन नै बनाएर उम्मेदवार बनेका माकेका नेता हितमान शाक्यलार्इ पराजित गरेका छन । केसीले शाक्यलाई २ हजार २ सय ८३ मतअन्तरले […]

रविन्द्र मिश्र पराजित, विवेकशील साझालार्इ राष्ट्रिय पार्टी बनाउने सम्भावना तुहियो

काठमाडाैं, २३ मंसिर । निकै चासाेका साथ हेरिएकाे काठमाडाै निर्वाचन क्षेत्र नम्बर १ मा रविन्द्र मिश्र पराजित भएका छन् । विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका मिश्रलार्इ नेपाली कांग्रेसका प्रकाशमान सिंहले पराजित गरेका हुन् । कांग्रेस नेता प्रकाशमान सिंहले मिश्रलार्इ ७ सय १९ मतकाे अन्तरले मात्र पराजित गरेका छन् । सिंहले १० हजार ९ सय ३७ […]

एकीकृत जनक्रान्तिको दिशामा निरन्तर अगाडि बढ्ने नेकपाको उदघोष

काठमाडाैं, २२ मंसिर । चुनाव खारेजी अभियानमा अगाडि बढेकाे नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिकाे दिशामा निरन्तर अगाडि बढ्ने उद्घाेष गरेकाे छ । नेपाली जनतामाथि भइरहेकाे शाेषण, उत्पीडन र अत्याचार र नेपालकाे समृद्धि संसदीय व्यवस्थाबाट समाधान नहुने बताउँदै नेकपाले जनताकाे मुक्ति नहुँदासम्म एकीकृत जनक्रान्ति दिशामा निरन्तर अगाडि बढ्ने जनाएकाे हाे ।  नेकपाका महासचिव विप्लवले एक विज्ञप्ती […]