काठमाडौं । जेनजी आन्दोलनले आन्दोलनमा सहभागी सबैलाई संयमता अपनाउन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन आग्रह गरेको छ। आन्दोलनले जारी गरेको अपिल पत्रमा आन्दोलनकारीहरूको योगदानप्रति आभार व्यक्त गर्दै शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। अपिल पत्रमा भनिएको छ, ‘हाम्रो आन्दोलनको परिणामस्वरूप सरकारले घुँडा टेकेको छ। प्रधानमन्त्री केपी ओलीले राजीनामा […]
मुख्य समाचार
बालेनको अपिल : अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो, घर फर्किनुस्
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनकारीलाई घर फर्किन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक आह्वान गर्दै बालेनले भनेका छन्, ‘ प्लिज जेनजी, देश तपाईँहरूकै हातमा हो । तपाईँहरूले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस् ।
जेनजी प्रदर्शनकारीहरुले रवि लामिछानेलाई जेलबाट निकाले
काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् । प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव बढाएपछि रविलाई थुनामुक्त गर्न कारागार प्रशासनबाट सहजीकरण गरिएको प्रहरीका एकजना उच्च अधिकृतले बताए । उनले भने, ‘उहाँकी श्रीमतीको जिम्मामा अहिले रविलाई थुनमुक्त गरिएको छ ।’
राज्यका ३ वटै अङ्ग आन्दोलनकारीको नियन्त्रणमा, सबै सुरक्षा प्रमुखहरुले निकाले यस्तो बिज्ञप्ति
काठमाडौँ । सोमबारबाट सुरु भएको जेनजी आन्दोलनकारीले राज्यका प्रमुख तीन वटै अङ्ग नियन्त्रणमा लिएका छन् । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आन्दोलनकारीले नियन्त्रणमा लिएका हुन् । उनीहरुले तीन वटै निकायका मुख्य भवनहरूमा आगजनी र तोडफोड गरेका छन् । सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि […]
सेनासंग वार्ताका लागि तयार रहन जेनजीलाई बालेनकाे आह्वान
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संयमित रहन जेनजीलाई आह्वान गरेका छन् । मंगलबार काठमाडाैँ महानगरका मेयर बालेन शाहले फेसबुकमा लेख्दै भनेका छन्,’हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो । प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !! देशको जनधनको क्षति भनेको तपाईं […]
राष्ट्रपतिले स्वीकृत गरे प्रधानमन्त्री ओलीको राजीनामा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा मंगलबार दिउँसो स्वीकृत गरेका हुन्। प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो राजीनामाको घोषणा गरेका थिए। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भएको हो। जेनजीको आन्दोलन चर्कंदै गएको छ। सोमबार प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो।
असामान्य परिस्थितिलाई ध्यानमा राख्दै राजीनामा दिएँ – केपी ओली
काठमाडौँ । प्रधानमन्त्रीबाट राजीनामा दिएका केपी शर्मा ओलीले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन् । मुलुकमा उत्पन्न असामान्य परिस्थितलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको उनले बताएका छन् । ‘सम्माननीय राष्ट्रपतिज्यू, संवत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा […]
जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश, मन्त्री र उच्चपदस्थ अधिकारीहरु सेनाको ब्यारेकमा
काठमाडौं । सरकार विरुद्ध मंगलबार सडकमा उत्रिएका जेनजी युवाहरूले विभिन्न स्थानका प्रहरी बिटमा आगजनी र तोडफोड गरेका छन् । राजनीतिक नेताहरूको निजी निवासको खोजी गर्दै हिँडेका युवाले प्रहरी बिट देख्नसाथ आगजनी गरेका हुन् । सोमबार जेनजीले सुरु गरेको समाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरोधी प्रदर्शनमा सरकारले कम्तीमा १९ जनाको हत्या गरेपछि युवा आक्रोश झनै बढेको हो […]
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् । यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् । कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् ।
प्रदर्शनकारीमाथि दमन बन्द गर्न मानव अधिकार आयोगको माग
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी पुस्ताले आह्वान गरेको भदौ २३ गतेको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरी विद्यार्थीहरूसहित डेढ दर्जनभन्दा बढी व्यक्तिको ज्यान जाने र ५०० भन्दा बढी किशोर–किशोरी घाइते हुने घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षाको नाममा व्यक्ति हत्या कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट गरेको […]










