काठमाडौँ, २९ भदाै । केन्द्रीय तथ्यांक विभागले सबै प्रकारका आर्थिक क्रियाकलापको विवरण राख्न पहिलो पटक राष्ट्रिय आर्थिक गणना सुरु गरेको छ। सानादेखि ठूला आर्थिक तथा व्यावसायिक एकाइ, गतिविधि र संस्थाको विवरण संकलनका लागि विभागले नेपाल तथ्यांकीय व्यावसायिक रजिष्ट्रार र तथ्यांकीय फ्रेमवर्क तयार गरी सबै जिल्लामा नमूना सर्भेक्षण तथा पूर्वपरीक्षण पूरा गरेको छ। हालसम्म प्रत्येक १० […]
मुख्य समाचार
बचत खाता खाेल्दा पाँच लाखकाे दुर्घटना विमा र ८ प्रतिशत ब्याज
काठमाडौं, २९ भदाै । सिभिल बैंकले नयाँ बचत खाताकाे स्किम ल्याएकाे छ । सिभिलमा बचत खाता खाेल्दा अब पाँच लाखकाे जीवन विमा र अाठ प्रतिशत ब्याज दिने भएकाे छ । सिभिल बैंकले ‘नेपाली बचत खाता’ नामकाे बचत खाता स्किममा याे याेजना ल्याएकाे हाे । उक्त खाता खाेल्दा ग्राहकले ५ लाख रुपैयाँको दूर्घटना बीमाकाे सुविधा पाउनेछन् […]
एनएमबी बैंकले विपन्नले तिरेको ब्याज फिर्ता गर्ने
काठमाडौं । एनएमबी बैंकले विपन्न वर्गका ग्राहकहरुलार्इ लक्षित गर्दै नयाँ याेजना सार्वजनिक गरेकाे छ । एनएमवीले अब बिपन्न ग्राहकले कर्जा वापत बैंकलाई भुक्तानी गरेको सम्पूर्ण ब्याज रकम फिर्ता गर्ने जनाएकाे छ । अाभार फाउन्डेसनसँग मिलेर एनएमवीले बिपन्न वर्गका ग्राहकहरुलाई लक्षित गरेर याे याेजना ल्याएकाे हाे । जसका लागि बैंकले अाभा फाउन्डेसनसँग लघुवित्त सेवा सम्बन्धी सम्झौता […]
यसरी फेसबुकले दियो फूलकुमारीलाई नयाँ जीवन
झापा, २८ भदौ । सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग भइरहेका बेला केहीले भने यसलाई समाज सेवाको माध्यम बनाएका छन् । बाह्रदशी गाउँपालिका–७ निवासी आर्थिकरुपले अति विपन्न एक क्यान्सर पीडित युवतीलाई उपचारका लागि खर्च जुटाएर रोग मुक्त गराउने सोही ठाउँका टोम राजवंशीसहित तुलसीप्रसाद राजवंशी, गोपालचन्द्र राजवंशी, कुवित राजवंशी र श्याम राजवंशी समाजका उदाहरणीय पात्र बनेका छन् । […]
नक्कली भ्याट प्रयाेग गर्ने ९ व्यवसायीविरुद्ध १९ करोडको मुद्दा
काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरी ९ जना व्यवसायी तथा फर्मले ९ करोड रुपैयाँभन्दा बढी कर छली गरेको अभियोगसहित मुद्दा दायर गरेको छ । विभागले गरेको अनुसन्धानमा आरोपितहरूले नक्कली भ्याट बिल प्रयोग गरी कर छली गरेको भेटिएपछि पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । विभागले आरोपितहरूले झुटा खरिद विवरणसहितको मूल्य […]
शेयर बजार घटाउने षड्यन्त्र गर्दै शेयरका ठूला व्यापारी
काठमाडौं, २९ भदाै । पछिल्लो समयमा सेयर बजार परिसूचक निरन्तर ओरालो लागेको छ । सेयर बजारका ठूला लगानीकर्ताले बजार घटाएर खरिद गर्ने अवसर सिर्जना गर्न आपूर्ति बढाउँदा बजार परिसूचकमा उच्च गिरावट आएको जानकारहरू बताउँछन् । भदौका अधिकांश दिन सेयर बजार घटेको छ । बैंकहरूले ब्याजदर घटाएको तथा सहज सेयर कर्जाको व्यवस्था गर्दा पनि सेयर बजारमा […]
कांग्रेसका पार्टी सभापतिलाई कारवाही गर्न माग
नुवाकोट, २८ भदौ । बेलकोटगढी नगरपालिकाका नेपाली कांगे्रसबाट प्रमुखसहित विभिन्न उम्मेदवारले स्थानीय तहको वैशाख ३१ गतेको निर्वाचनमा अन्तरघात गरेको आरोप लगाई जिल्ला सभापतिलाई कारवाहीको माग गर्दैै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन् । बेलकोटगढीमा प्रमुखमा पराजित यादव नेपाल, उपप्रमुखका प्रत्याशी हिरा तिवारी शर्मासहितले जिल्ला सभापति तथा सांसद जगदीश्वरनरसिंह केसीलगायतले अन्तरघात गरेको जनाउँदै कारवाही गर्न केन्द्रीय कार्यालयमा […]
११ वर्षदेखि फरार रहेका गाविस उपाध्यक्ष पक्राउ
चौतारा, २८ भदौ । नागरिकता र सरकारी छाप कीर्ते गरेको अभियोगमा कैद तथा जरिवानाको फैसला भई ११ वर्षदेखि फरार दोषीलाई प्रहरीले मङ्गलबार पक्राउ गरी कारागार चलान गरेको छ । साबिक मेलम्ची गाविस –७ हाल मेलम्ची नगरपालिका–११ बस्ने तत्कालीन गाविसका उपाध्यक्ष कुमार पाण्डेलाई कारागार लगिएको जिल्ला अदालत सिन्धुपाल्चोकका स्रेस्तेदार महेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् । दोषी […]
निगममा अर्बौको घोटाला गर्ने गोपाल खड्कामाथि कारवाहीको तयारी
काठमाडाैं, २८ भदाै । नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्कालाई कारबाही गर्न आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेस हुने भएको छ। पेट्रोलियम पदार्थ भण्डारण गर्न जग्गा खरिद गर्दा चलनचल्तीभन्दा चारगुना बढी मूल्य भुक्तानी गरी अनियमितता गरेको पुष्टि गर्दै आपूर्ति मन्त्रालयले खड्कालाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयलाई सोमबार साँझ सिफारिस गरेको थियो। सोही सिफारिस मन्त्रिपरिषद्मा पेस गरिने […]
कांग्रेस-माओवादी विरुद्ध चुनावलगत्तै आक्रामक बन्ने एमालेको गोप्य तयारी
काठमाडाैं, २८ भदाै । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनविरुद्ध एमालेले तत्काल ‘आक्रामक प्रतिवाद’ नगरी ‘पर्ख र हेर’को रणनीति अख्तियार गर्ने भएको छ। सत्ता सहकार्यसँगै एक वर्षदेखि सुरु भएको गठबन्धनलाई दुई दलले स्थानीय निर्वाचन हुँदै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि समेत निरन्तरता दिने गृहकार्य गरिरहेका वेला एमालेले ‘पर्ख र हेर’को रणनीति अख्तियार गर्ने भएको हो। यद्यपि, […]










