उत्तरका सबै नाका खोल्न र नेपालतर्फको सडक समेत निर्माण गर्न चीन तयार

काठमाडाैं, १६ साउन । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडकखण्ड निर्माण गर्न तयार रहेको जनाउ दिएको छ। साता लामो तिब्बतयात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको छलफलमा त्यस्तो प्रस्ताव आएको जनाए । ओलीले आइतबार पार्टीको […]

सर्वोच्चको आदेशप्रति एमालेको कडा टिप्पणी

काठमाडौं, १५ साउन । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वार्ड नं. १९ मा फेरि मतदान गराउन दिएको आदेशप्रति नेकपा एमालेले कडा टिप्पणी गरेको छ । सर्वोच्चको यो फैसलाले राज्यमा नागरिक सर्वोच्चता र जनताको जनमतलाई अपमान गरेको भन्दै एमालेले यो आदेश दुर्भाग्यपूर्ण भएको बताएको छ । एमालेका सचिव तथा प्रचार विभाग इन्चार्ज योगेश भट्टराईले सर्वोच्चको फैसलाले […]

चीन र भारतका कुटनीतिज्ञ किन एकाएक लुम्बिनीमा ओइरिए ?

रुपन्देही, १५ साउन । चीन र भारतबीच सीमा विवाद चर्किरहँदा यता नेपालमा भने दुबै देशका कुटनीतिज्ञ एकाएक लुम्बिनीतिर ओइरिन थालेका छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दुबै देशका कुटनीतिज्ञहरुदेखि दुबै देशका माथिल्लो ओहोदाका अधिकारीहरुले निरन्तर लुम्बिनी पुग्दै फर्कदै गर्ने गरेका छन् । यसैबीच फेरि चीन र भारतका उच्च तहका कुटनीतिज्ञहरु लुम्बिनीमा देखा परेका छन् । […]

दिक्क भएका बाबुरामले भने ‘प्रचण्ड र उपेन्द्रसँग अब एकताको कुरै हुन्न’

काठमाडौं, १३ साउन । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरमका बीचको एकता टुंगिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नयाँ शक्तिका केन्द्रीय संयोजक डा. भट्टराईले यसबारे प्रष्ट पारेका हुन् । डा. भट्टराईले सिद्धान्त, पार्टीको नाम, संगठन संरचनालगायतका विषयमा कुरा नमिल्दा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी […]

प्रचण्डलाई आफ्नो पार्टीमा प्रवेश गर्न विप्लवको सुझाब

काठमाडाैं, १३ साउन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड”लाई अाफ्नाे पार्टीमा प्रवेश गर्न सुझाब दिएका छन् । महासचिव विप्लवले प्रचण्डलार्इ नेकपा (माअाेवादी केन्द्र) विघटन गरी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्न सुझाब दिएका हुन् । माअाेवादी केन्द्रका अध्यक्ष रहेका प्रचण्डले अाफ्नाे पार्टीकाे बैठकमा अाफ्नाे पार्टी बन्न नसकेकाे भन्दै विघटन गर्न प्रस्ताव […]

६ लाख ९५ हजार अवैध रकमसहित जिल्ला शिक्षा अधिकारी पक्राउ

सर्लाही । जिल्‍लाको शैक्षिक क्षेत्रको नेतृत्व पाएका जिल्ला शिक्षा अधिकारी नै घुस रकमसहित पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले दिएको सूचनाका आधारमा प्रहरीले चितवनको लोथरबाट सर्लाहीका जिशिअ होमनाथ सुवेदीलाई ६ लाख ९५ हजार अवैध रकमसहित प्रहरीले पक्राउ गरेको हो ।   विभिन्‍न योजनाबाट घुस लिएको रकम भएको अाशंका अख्तियार र […]

नेपाली राजनीतिक नेताहरुमै मानव तस्करको खतरानाक जालो

काठमाडौं, १३ साउन । खाडी मुलुकमा घरेलु कामदार (हाउसमेड) पठाउन सरकारले लगाएको प्रतिबन्ध खुलाउन ठूला तीन दलका नेता नै लागिपरेको खुलेको छ । प्रतिबन्ध फुकुवा गर्नका लागि तस्करको संगठित गिरोहले नेताहरूलाई प्रयोग गरी आफूलाई दबाब दिइरहेको श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले बताएका छन् । सरकारले पछिल्लोपटक चैत अन्तिम साता घरेलु कामदारका रूपमा कुवेत, कतार, साउदी […]

राष्ट्रपतिको तलबभन्दा भत्ता बढी । ९ वर्षमा दोब्बरले बढाइयो सुविधा

काठमाडौं, १३ साउन । राष्ट्रपति र उपराष्ट्रपतिको तलबभन्दा भत्ता बढी छ । उनीहरूले लिँदै आएको सुविधा अब कानुनमा नै उल्लेख गर्न मस्यौदा संसदमा पुगेको छ । संविधानको धारा ७२ मा राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा संघीय ऐनमार्फत हुने भनिएको छ । संविधान जारी भएको २२ महिनापछि मात्र सरकारले यससम्बन्धी विधेयक संसदमा प्रस्तुत गरेको छ […]

१६ हजार बेराेजगारलार्इ जागिर खुल्दै । स्थानीय तहमा १६ हजार कर्मचारी अभाव

काठमाडाैं, १२ साउन । स्थानीय तहहरूमा १६ हजार १६ कर्मचारीको अभाव छ । कर्मचारी नहुँदा कतिपय स्थानीय तहको सेवा प्रवाह नै अवरुद्ध भएको छ । ठूलो संख्यामा कर्मचारी अभाव भएपछि स्थानीय विकास मन्त्रालयले व्यवस्थापन गर्न बुधबार सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले ७ सय ४४ वटै स्थानीय तहमा […]

विकास वजेटमा भ्रष्टाचार गर्नेहरुमाथि कारवाही गर्ने नेकपाको निर्णय

सल्यान, ११ साउन । नेपाल कम्युनिष्ट पार्टीले सल्यानमा जनताको विकास निर्माणमा आएका योजनाहरुमा भ्रष्टाचार गर्नेलाई कार्वाही गर्ने घोषणा गरेको छ । पश्चिमी क्षेत्रमा रहेको तत्कालिन स्वीकोट गाविसमा मंगलबार भएको पार्टीको भेलाले आर्थिक अनियमितता गर्ने, थोरै तथा गुणस्तरहिन काम गरि किर्ते कागज बनाई भ्रष्टाचार भएको भन्दै कारवाही गर्ने निर्णय गरेको हो । भेलाले जन भेटघाट भेला […]