विद्यालय कर्मचारीको स्थायी व्यवस्थापनका लागि कार्यदल गठन, प्रक्रिया सुरु कहिलेदेखि ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा कार्यरत कर्मचारीहरुको स्थायी व्यवस्थापनका लागि कार्यदल गठन गरेको छ । सर्वोच्च अदालतद्वारा आदेश भएको नौ बर्ष पछि बल्ल शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीका लागि आवश्यक सेवा सम्बन्धि कानून (सर्भिस ल) को मस्यौदा बनाउन कार्यदल गठन गरेको हाे । साउन ८ गते शिक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीको […]

३८ हजार अस्थायी शिक्षक दरवन्दी थप्ने तयारी अन्तिम चरणमा

काठमाडौं । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले ३८ हजार अस्थायी शिक्षक दरबन्दी थप्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । प्रावि, निमाबि र माबि तहमा स्थायी शिक्षक पदपूर्ति गरेपछि मन्त्रालयले अस्थायी दरवन्दी थप्ने तयारी गरेको हो । स्थायी पदपूर्ति गरेपछि मन्त्रालयले अझै ६० हजारभन्दा बढी शिक्षक आवश्यक रहेको तथ्यांक संकलन गरेको छ । बिद्यार्थीको अनुपातमा शिक्षकको […]

देशभरका सामुदायिक विद्यालयमा आईटी ल्याब बनाउन साढे तीन अर्ब छुट्याइयो

काठमाडौँ । सरकारको ‘डिजिटल नेपाल’ अभियानअन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी गर्ने भएको छ । प्राधिकरणले प्रत्येक प्रदेशलाई समेट्ने गरी देशभरका ९३० वटा सरकारी विद्यालयमा करिब साढे तीन अर्ब रुपियाँमा आईटी ल्याब स्थापना गर्न लागेको हो । त्यसका लागि प्राधिकरणले शुक्रबार ओबीसीआई, म्याक्स र नेपाको संयुक्त साझेदारीलाई छनोट गरेको छ । प्राधिकरणले जिम्मा […]

उत्कृष्ट नतिजा ल्याउने छात्रालाई एक लाख पुरस्कार

पोखरा, १८ साउन । प्रतिभा मावि पोखराले राष्ट्रिय परीक्षा बोर्ड २०७५ मा सञ्चालित कक्षा–१२ को व्यवस्थापन सङ्कार्यतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएकी छात्रा सुरती पाण्डेलाई सम्मान गर्ने भएको छ । सो विद्यालयद्वारा आज आयोजित पत्रकार भेटघाटमा आफ्नो विद्यालयकी छात्रा पाण्डेले पोखराकै सर्वोत्कृष्ट ३.९२ जिपिए ल्याउन सफल भएकाले उनलाई रु एक लाख नगदका साथै उनकी कक्षा–७ […]

उमावि शिक्षकलाई विशेष पद दिने तयारी, एकीकृत शिक्षक व्यवस्थापन गरिँदै

काठमाडौं । एकीकृत शिक्षक व्यवस्थापनको तयारीको छलफल चलिरहँदा साविकका उच्च माध्यमिक तहमा कार्यरत शिक्षकहरुलाई विशेष पदमा राख्ने तयारी भएको छ । उमावि तहको दरबन्दीमा रहेका शिक्षकलाई माध्यमिक तह द्वितीय श्रेणी सरहको विशेष पदमा मिलान गरी राख्ने तयारी गरिएको हो । त्यसका लागि उनीहरुलाई एक पटकका लागि प्रतिष्पर्धामा भाग लिने मौका दिने बताइएको छ । साविकका […]

सिकाइलाई जीवनसँग जोड्न एकीकृत पाठ्यक्रम

काठमाडौँ, १८ साउन । सरकारले विद्यार्थीको सिकाइलाई जीवन पद्धतिसँग जोड्नका लागि कक्षा १ देखि ३ सम्म विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । सार्वजनिक शिक्षाको गुणस्तर खस्किरहेको र व्यावहारिक शिक्षा प्रदान गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ती कक्षामा ‘एकीकृत पाठ्यक्रम’ र ‘प्रारम्भिक कक्षा पढाइ’ कार्यक्रम सञ्चालन गरेको हो । यसै शैक्षिक सत्रदेखि परीक्षणको रुपमा […]

सय सडक बालबालिकालाई निःशुल्क अध्यापन

काठमाडौँ, १८ साउन । विभिन्न कारणले सडकमा आउन बाध्य भएका र दुःख पाएका बालबालिकाका लागि बाल सारथी सामाजिक संस्थाले निःशुल्क पठनपाठनको व्यवस्था गरेको छ । जयवागेश्वरीमा १०० जना यस्ता बालबालिकाका लागि बिहानी खानासहित निःशुल्क अध्यापन व्यवस्था गरिएको हो । बाल सारथी एकेडेमीको नाममा स्थापित यो विद्यालयमा हाल कक्षा ५ सम्म गरी ५४ छात्रा र ४६ […]

कोलकातामा भब्य रुपमा मनाइयो भानुजयन्ती

काठमाडौँ, १८ साउन । भारत पश्चिम बङ्गाल राज्य हावडामा यस वर्षको २०६ औँ भानुजयन्ती पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । नेपाली जनकल्याण समिति कोलकाताले आयोजना गरेको कार्यक्रममा नरविक्रम थापाको सम्पादकत्वमा प्रकाशित ‘बिहानी’ पत्रिकाको २० औँ अङ्क विमोचन हुनाका साथै कविता र गीत वाचन तथा सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भयो । सो अवसरमा […]

कर्मचारी तथा शिक्षक सबैले तलब खान बाबुआमाको खातामा १० प्रतिशत अनिवार्य जम्मा गर्नुपर्ने

काठमाडाैं । अब सरकारी कोषबाट तलब खानेले आफ्नो मासिक पारिश्रमिकको १० प्रतिशत बाबुआमाको खातामा अनिवार्य जम्मा गर्नुपर्ने भएको छ । बृद्ध अवस्थामा धेरैले बाबुआमालाई पाल्न छाड्ने गरेको तथा सामाजिक सुरक्षाका लागि यस्ता व्यवस्था लागु गर्न लागिएको बताइएको छ । यो व्यवस्था निर्वाचित जनप्रतिनिधि, कर्मचारी र शिक्षक लगायत सबैमा लागु हुने भएको छ । अहिलेका लागि […]

शिक्षामन्त्रीको अध्यक्षतामा सरकारले बनायो त्रिविमा सर्च कमिटि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारी नियुक्तिका लागि सरकारले सर्च कमिटी गठन गरेको छ । शिक्षामन्त्रीको अध्यक्षतामा गठन गरिएको उक्त सर्च कमिटीले सेवा आयोगका अध्यक्ष र सदस्य नियुक्तिका लागि अध्ययन गरी नाम सिफारिस गर्ने बताइएको छ । सर्च कमिटीमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, भौतिक शास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. विनिल अर्याल र व्यवस्थापन संकायका […]