अफगान तालिवानलाई चीनको निम्ता

दोहा, कतार, ६ कात्तिक । अफगानिस्तानको घरेलु बिषयको छलफलका लागि तय गरिएको बेइजिङ सम्मेलनमा सहभागी बन्न चीनले तालिवान प्रतिनिधिलाई आग्रह गरेको छ । चीनले मङ्गलबार ‘इन्टरनेशनल इनर्जी एजेन्सी’ आईईए को प्रतिनिधिमण्डललाई अफगानिस्तानका राजनीतिक तथा आर्थिक बिषयमा छलफल गर्न निमन्त्रणा गरेको हो । आईईएको नेतृत्व तालिवान नेता मुल्ला बरादार अखुन्दले गर्दे आएका छन । तालिवान समूहका […]

ब्राजिलियाली राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चीन आउने

बेइजिङ, ६ कात्तिक । ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा आउनेभएका छन । ब्राजिलको राष्ट्रपतिका रूपमा निर्वाचित भएपछि उनको यो पहिलो भ्रमण हो । सन् १९५५ मा ब्राजिलको साओ पाओलोमा जन्मिएका बोल्सोनारो गत बर्ष ब्राजिलको राष्ट्रपति बनेका थिए भने राष्ट्रपतिको जिम्मेवारी यसै बर्षको जनवरी १ देखि सम्हालेका […]

कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र

खोटाङ, ५ कात्तिक । वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन् । छ महीनाअघि कतारको राजधानी दोहास्थित त्रिपलयाक्स कन्ट्रयाक्टिङ एण्ड सर्भिसेस कम्पनीमा पु¥याइएका आफूहरुलाई सो कम्पनीले तोकिएको काम र तलब […]

क्यानडामा प्रधानमन्त्री ट्रुडो विजयी, तर बहुमत गुमाए

ओट्टावा, ५ कात्तिक । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण बहुमत प्राप्त गर्न असफल भएको छ । संसदमा सबैभन्दा ठूलो दल भएका कारण प्रधानमन्त्री जस्टिनले नै सरकार गठनका बारेमा साना दलहरुसँग छलफल थालेका छन । मतगणना अन्तिम अवस्थामा रहँदा संसदको कूल ३३८ स्थानमध्ये […]

हवाई कारबाहीमा चौध लडाकू मारिए

 तालुकान, ५ कात्तिक । अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी गरिएको हवाई कारबाहीमा १४ जना लडाकू मारिएका सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ । सोमबार अपराह्न भएको यस हवाई कारबाहीको क्रममा अन्य तीन तालिबान लडाकू घाइते भएका पनि सो विज्ञप्तिमा उल्लेख छ ।   प्रायः अशान्त भइरहने दर्काद […]

इस्लामावादमा त्रिदेशीय कूटनीतिज्ञ कार्यशाला

इस्लामावाद, ५ कात्तिक । पाकिस्तानको राजधानी इस्लामावादमा पाकिस्तान, चीन र अफगानिस्तानका युवा कूटनीतिज्ञहरुको दश दिने कार्यशाला शुरु भएको छ ।  त्यस कार्यशालामा यी तीन देशका युवा कूटनीतिज्ञहरुको सहभागिता रहेको बताइएको छ । प्राप्त समाचारमा पाकिस्तानका २३, चीनका आठ र अफगानिस्तानका छ जना युवा कूटनीतिज्ञ सो कार्यशालामा सहभागी छन् । कैयौँ वर्षदेखि युद्ध जारी रहेको अफगानिस्तानमा […]

विमान दुर्घटना कम्तीमा तीन व्यक्तिको मृत्यु

रियो डे जेनेरो, ५ कात्तिक । ब्राजिलको बेलो हरिजोन्ट शहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । सोमबार भएको यस दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । इन्जिनमा समस्या आएपछि राजधानी शहर मिनास गेराइज राज्यको आवासीय इलाकाको सडकमा सो विमान खसेको थियो । विमानले सडकमा […]

नेपाल–बङ्गलादेश वाणिज्य सहसचिवस्तरीय वार्ता शुरु, केही समझदारीलाई अन्तिमरुप दिइने

काठमाडौँ, ५ कात्तिक । नेपाल र बङ्गलादेशबीच व्यापार अभिवृद्धिमा टेवा पु¥याउने उद्देश्यले नेपाल र बङ्गलादेश वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको चौथो बैठक आजदेखि राजधानीमा प्रारम्भ भएको छ । बैठकमा बङ्गलादेशसँगको व्यापार घाटा न्यूनीकरण गर्ने विषयमा विस्तृतमा छलफल हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाल र बङ्गलादेशबीचको ‘कनेक्टीभिटी’को एजेण्डालाई महत्वका साथ उठान गरिने बैठकमा […]

बोलिभियामा राष्ट्रपतिको निर्वाचन, मोरालेसको पहिलो चरणमा अग्रता

ला पाज, ४ कात्तिक । राष्ट्रपतिको चौथो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका इभो मोरालेस अरु उम्मेदवारभन्दा झिनो मतले अगाडि भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतगणनामा मोरालेस र उनका मुख्य प्रतिस्पर्धी कार्लोस मेसाबीच करिब ७ प्रतिशत मतान्तर देखिएको छ । मोरालेसले कूल गणना गरिएको मतको करिब ४५ प्रतिशत र मेसाले ३८ प्रतिशत […]

भानुआतुको तटीय क्षेत्रमा ६.४ म्याग्नीच्युडको भूकम्प

सिड्नी, ४ कात्तिक । भानुआतुको तटीय क्षेत्रमा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । स्थानीय समय अनुसार सोमबार अपराह्न २ बजे सो भूकम्प आएको थियो । सो भूकम्प आउनु १२ घण्टा अगाडि भानुआतुको तटीय क्षेत्रबाट ९१ किलोमिटर टाढा रहेको इलाका प्रभावित हुने गरी ४.५ म्याग्नीच्युडको भूकम्प गएको थियो । […]