विद्रोहीको आक्रमणमा उत्तरी अफगानिस्तानमा १२ जना मारिए

फैजाबाद, अफगानिस्तान, १७ कात्तिक । अफगानिस्तानको उत्तरी बदाखसान प्रान्तको नासाई जिल्लामा शनिबार तालिबान विद्रोहीको आक्रमणमा कम्तीमा १२ जना मारिएका छन् । प्रान्तीय प्रशासनका प्रवक्ता निक मोहम्मद नजारीले सुरक्षा जाँच चौकीमा तालिबानले गरेको आक्रमणबाट चार जना सुरक्षाकर्मी र आठ जना लडाकू मारिएको जानकारी दिए। तालिबान समूहले शनिबार साँझ नासाई जिल्लाका विभिन्न भागमा सुरक्षा जाँच चौकीहरुमा आक्रमण […]

आसियन सम्मेलन थाइल्याण्डमा सुरु

बैंकक, १७ कात्तिक । दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन ९आसियन० को ३५ औँ सम्मेलन शुक्रबार थाइल्याण्डमा सुरु भएको छ । बहुपक्षधरता र सम्पर्क सञ्जालमा केन्द्रीत हुनेगरी थाइल्याण्डको राजधानी बैंककमा सम्मेलन सुरु भएको हो । सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थाइल्याण्डका प्रधानमन्त्री प्रायुत चान ओ चाले दक्षिणपूर्वी एसियालाई समृद्ध र दिगो विकाससहितको क्षेत्र बनाउन आह्वान गरे । […]

दोस्रो विश्वयुद्धको समयमा रहस्यमय तरिकाले वेपत्ता भएको पनडुब्बी ७७ वर्षपछि भेटियो

काठमाडौं । दोस्रो विश्व युद्धको समयमा रहस्यमयी रुपमा हराएको एक पनडुब्बी ७७ वर्षपछि भेटिएको छ। बेलायतको पनडुब्बी दोस्रो विश्वयुद्धको समयमा ४४ सेनासहित समुन्द्रमै हराएको थियो । जानकारहरुका अनुसार उक्त पनडुब्बी रहस्यमय रुपमा हराएको थियो। ७७ वर्षपछि पनडुब्बी भेटिएपछि सबैजना आश्चर्यमा परेका छन्। सन् १९४२ अप्रिल २७ मा पनडुब्बी माल्टाको मेडिटेरानियन आइल्यान्डदेखि इजिप्टको अलेक्जेन्ड्रियाका लागि हिँडेको […]

बग्दादी मारिएको इस्लामिक स्टेटद्वारा पुष्टि, नयाँ नेता चयन

  बेरुत, १५ कात्तिक । इस्लामिक स्टेट्स आइएस समूहले उनीहरुका नेता अबु बकर अल–बग्दादीको मृत्यु भएको पुष्टि गरेको छ । सो समूहले नयाँ नेताका रुपमा अबु इब्राहिम अल कुरैशीलाई नियुक्ति गरेको बिहीबार जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ । ‘हामी तपाइँलाई एक वफादार कमाण्डरको रुपमा नियुक्त गर्दछौँ’ जिहादी समूहका प्रवक्ता अबु हमजा अल कुरैशीले बग्दादीको […]

गम्भीर प्रकृतिको मानसिक समस्या भएका बर्सेनि दश लाख अष्ट्रेलियाली उपचार गराउँदैनन्

क्यानबेरा, १५ कात्तिक । हरेक वर्ष गम्भीर प्रकृतिको मानसिक स्वास्थ्य समस्या देखिएका करिब दश लाख अष्ट्रेलियालीले उपचार नै नगराउने गरेका एक पछिल्लो अनुसन्धानमा देखिएको छ । यी मानसिक स्वास्थ्यका विरामीहरु उपचार नगराइ बस्ने गरेको रहस्य पनि सो अनुसन्धानबाट पत्ता लागेको अधिकारीहरुले जानकारी दिएका छन् । प्रोडक्टिभीटी कमिसन नामक एक संस्थाको अनुसन्धानबाट मानसिक स्वास्थ्य सम्बन्धी समस्या […]

ब्राजिलका राष्ट्रपतिद्वारा ब्राजिलको मुख्य अखबारको ग्राहक नबन्ने घोषणा

ब्रासिलिया, १५ कात्तिक । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले ब्राजिलको एउटा मुख्य अखबारको ग्राहक नबन्ने घोषणा गरेका छन । राष्ट्रपति बोल्सोनारोले देशका प्रमुख सञ्चार माध्यमले आफ्ना नीतिमाथि निरन्तर आलोचना गरेको भन्दै निरन्तर आक्रोश व्यक्त गरिरहेका छन । राष्ट्रपति बोल्सोनारोले फेसबुकबाट प्रत्यक्ष प्रसारित साप्ताहिक सम्बोधनका क्रममा भने, “आज मैले मेरो कार्यकारी शक्तिको प्रयोग गरी फोल्हा अखबारको ग्राहक […]

पत्नीको सानो गल्तीले जापानमा गयो अर्का मन्त्रीको पद,

टोकियो, जापान, १४ कात्तिक । जापानका न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजीनामा दिएका छन । एक हप्तामा दुई जना मन्त्रीको राजीनामापछि प्रधानमन्त्री सिन्जो आवेलाई ठूलो धक्का लागेको छ । कावाईकी पत्नीले निर्वाचन कानूनको उल्लङ्घन गरेको आरोपपछि न्यायमन्त्री कावाईले नैतिकताका आधारमा राजीनामा दिएका हुन । जापानी साप्ताहिक पत्रिका शुकान भुनशुनले जुलाईमा जापानी संसदको माथिल्लो सदनमा ४६ वर्षीया […]

नेपाललाई लक्ष्य भेटाउनका लागि विश्व बैंक सहयोग गर्न प्रतिबद्ध

काठमाडौँ, १४ कात्तिक । आर्थिक स्थायित्व कायम गर्दै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने नेपाल सरकारको लक्ष्य प्राप्तिमा हरसम्भव सहायता उपलब्ध गराउने प्रतिबद्धता विश्व बैंकले व्यक्त गरेको छ । विश्वका आधाभन्दा बढी राष्ट्रको प्रतिनिधित्व गर्ने उक्त बैंकका १२ जना कार्यकारी निर्देशकहरूको समूहले आज अर्थमन्त्री डा युवराज खतिवडालाई भेटेर नेपालको सामाजिक–आर्थिक विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त […]

हवाई कारबाहीमा छ तालिबान लडाकू मारिए

तालुकान, १४ कात्तिक । अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा छ तालिबान लडाकू मारिएका छन् । लडाकू विमानले तालिबानीलाई लक्ष्य गरी यो कारबाही गरेको प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीले बिहीबार बताए । हवाई कारबाहीमा परी अन्य पाँच लडाकू घाइते भएका छन् । यस […]

‘आत्मनिर्णयको अधिकार कार्यान्वयन होस्’

काठमाडौँ, १४ कात्तिक । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरी जनताको आत्मनिर्णयको अधिकार कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन । यहाँस्थित पाकिस्तानी राजदूतावासले आज दूतावासमा आयोजना गरेको ‘जम्मुकाश्मिर विवाद र पछिल्ला घटनाक्रम’ विषयको छलफलमा उनले दक्षिण एशियाको शान्ति, स्थायित्व र विकासका लागि जम्मुकाश्मिर विवादको अन्त्य अपरिहार्य भएको बताए । उनले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावानुसार […]