विशेष प्रतिनिधि श्याम रिमाल म्यान्मा, ३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा गरी आज स्थानीय समयअनुसार मध्यान्ह १२।१० मा जापान प्रस्थान गरिन। थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ । राष्ट्रपति भण्डारीलाई याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्माको धार्मिक मामिला तथा संस्कृतिमन्त्री छुरा यु आङ […]
विश्व
उत्तरी सिरियामा पाँच दिने युद्धविरामको घोषणा भएपछि किन भए ट्रम्प उत्साहित
डालस, १ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तरी सिरियामा भएको अस्थायी युद्धविरामको स्वागत गरेका छन् । उत्तरपूर्वी सिरियामा गत अक्टोबर ९ बाट शुरु भएको टर्कीको हवाई र स्थलगत आक्रमणमा परी पाँच सयभन्दा बढी सर्वसाधारण मारिएका छन् । यी सर्वसाधारण प्रायः कुर्द समुदायका छन् । जारी यस द्वन्द्वका कारण तीन लाखभन्दा बढी व्यक्ति विस्थापित भएका […]
ट्रम्पले युरोपेली सामानमा पनि बढाए कर, फ्रान्सेली मदिरा, स्कटल्यान्डको ह्विस्कीदेखि युरोपेली सामान अमेरिकामा निकै महङगो हुने
वासिङ्टन, १ कात्तिक । संयुक्तराज्य अमेरिकाले युरोपेली संघबाट आयात हुने ७ अर्ब ५० करोड अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गर्ने घोषणा गरेको छ । अमेरिकी करवृद्धिको प्रत्यक्ष असर एयरबस, फ्रान्सेली मदिरा (वाइन) र स्कटल्यान्डको ह्विस्कीमा परेको छ । यी सामान अमेरिकामा सर्वाधिक निर्यात हुने वस्तुको सूचीमा छन् । युरोपेली संघका पदाधिकारी र अमेरिकी व्यापार प्रतिनिधिहरुबीच करवृद्धिका […]
नेल्सन मण्डेलाकी छोरी दक्षिण कोरियाको राजदूत
सियोल, १ कात्तिक । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी छन् । गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल पुगेकी जेनानीले बिहीबार कोरियाली विदेश मन्त्रालयका पदाधिकारीहरुसँग पहिलो भेटघाट गरिन । योनहाप समाचार समितिसँग कुरा गर्दै राजदूत जेनानीले आफूले दक्षिण कोरियामा सेवा गर्ने मौका पाएकामा खुशी लागेको बताउँदै […]
विश्वका सैनिकको ध्यान उहान केन्द्रित…
उहान । विश्वका सैनिकको ध्यान यतिखेर महाशक्ति राष्ट्र चीनको उहानतर्फ केन्द्रित भएको छ । सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिता शुक्रबारदेखि यहाँ शुरु हुँदैछ । उक्त प्रतियोगितामा भाग लिन १०५ मुलुकका उच्चस्तरीय प्रतीरक्षा अधिकारी, सैनिक र खेलाडी उहान आइपुगिसकेका छन् । इन्टरनेशनल मिलिटरी स्पार्टस् काउन्सिल (सिआइएसएम) को समयन्वयमा यस पटकको गृष्मकालीन विश्व सैनिक खेलकूद प्रतियोगिता चिनियाँ […]
जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो
टोकियो, २७ असोज । जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले सोमबार अबेर दिएको जानकारी अनुसार मृत्यु हुनेको सङ्ख्या अझ बढ्ने देखिएको छ । खोजी तथा उद्धार कार्य जारी रहेको र कैयौ व्यक्तिहरु बेपत्ता तथा घाइते रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्नसक्ने अनुमान […]
रूसी राष्ट्रपति पुटिन साउदी अरबमा
रियाद, २७ असोज । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक भ्रमणका लागि सोमबार साउदी अरब पुगेका छन । उनी अहिले साउदी अरबको राजधानी रियादमा रहेको साउदी प्रेस एजेन्सीद्वारा प्रेषित समाचारमा उल्लेख गरिएको छ । यो भ्रमणलाई उनको क्षेत्रीय भ्रमणको अंशको रूपमा लिइएको छ । उनले मङ्गलवार संयुक्त अरब इमिरेट् (युएई)को पनि भ्रमण गर्ने भएका छन् । […]
‘नाइजेरिया पत्रकारका लागि खतरा’
लाओस, २७ असोज । एम्नेष्टी इन्टरनेश्नलले नाइजेरियालाई पत्रकारका लागि खतरापूर्ण राष्ट्रको सूचीमा राखेको छ । एम्नेष्टीले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा यस बर्ष मात्रै नाइजेरियामा १९ पत्रकार मारिएकाले खतरापूर्ण राष्ट्र रहेको जनाएको हो । उनीहरू सवै सुरक्षाकर्मीहरुद्धारा मारिएको एम्नेष्टीले जनाएको छ । पत्रकारको हत्याको सङ्ख्या अत्यन्त धेरै भएको भन्दै एम्नेष्टीले चिन्ता व्यक्त गरेको छ । अधिकारवादी […]
जर्मनीको हेलमा गोली चल्यो, दुई जनाको मृत्यु
बर्लिन । जर्मनीको हेल नगरमा बुधबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गोली चलाउने व्यक्तिको खोजी कार्यलाई तीव्र बनाएको छ । प्रहरीले ट्वीट गर्दै गोली चलाउने व्यक्तिहरू कारमा चढेर फरार भएका र उनीहरूको खोजी कार्य तीव्र बनाइएको जनाएको छ । हेल नगरको रेलवे स्टेशन बन्द गरिएको छ भने मानिसहरूलाई […]
सेल्फी खिच्दा नवविवाहित दुलहीसहित एकै परिवारका चार जनाको मृत्यु
एजेन्सी। दक्षिण भारतीय राज्य तमिलनाडुमा एक नवविवाहित महिला र परिवारका तीन अन्य सदस्यले सेल्फी फोटो खिच्ने क्रममा ज्यान गुमाएका छन । उनीहरुको सरोवरमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । एक आपसमा हात समातेर पाम्बार बाँधमा कम्मरसम्म पानी जम्मा भएको ठाउँमा उभिएर सेल्फी खिच्दै गर्दा एकजना अलि गहिरो स्थानमा पुगेर चिप्लिएका र उनले अन्यलाई पनि […]










