राफ्टिङ एसोसियसन नाराको अध्यक्षमा मगर

काठमाडौँ, २१ भदौ । नेपाल एसोसियसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) को अध्यक्षमा निमबहादुर मगर विजयी भएका छन् । नाराकोे आज सम्पन्न २९औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमबाट ३२ मतका साथ मगर विजयी भएको हुन । उनका निकटतम प्रतिद्वन्द्वी गंगा नेपालले २६ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्षमा कमल ठकुरी, महासचिवमा शिव अधिकारी, सचिवमा भीष्मराज […]

पर्यटकको पर्खाइमा छन् मुस्ताङका यी दुई रमणीय ताल

मुस्ताङ, २१ भदौ । प्रशस्त सम्भावना बोकेको थासाङ गाउँपालिका–२ कोवाङस्थित भुर्तछो र सेकोङ ताल ओझेलमा परेका छन् । प्रचारप्रसार, संरक्षण र पूर्वाधारको कमीले प्राकृतिक सौन्दर्यले रमणीय ताल ओझलमा परेका हुन् । दैनिक सयाँै आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गर्ने बेनी–जोमसोम सडकको बोक्सीखोला खण्डदेखि करिब ३० मिनेट उकालो चढेपछि पुगिने भुर्तछो र सेकोङ ताल सुनसान छ […]

पर्यटकीय सिजन सुरु । ७५ प्रतिशत होटल बुकिङ । ९ लाख पर्यटक नेपाल अाउने

काठमाडौँ, २० भदौ । पर्यटकीय याम शुरु भएसँगै यहाँका होटल भरिभराउ हुन थालेका छन्। होटल एशोसिएसन अफ नेपाल (हान)का अनुसार अहिले ७५ प्रतिशत होटल बुकिङ भइसकेका छन्। अघिल्लो वर्ष यही याममा ६० प्रतिशत मात्र बुकिङ भएकामा कतिपय रद्द पनि भएका थिए। होटल बुकिङको अवस्था र अहिलेसम्मको पर्यटक आगमनलाई आँकलन गर्दा सन् २०१७ मा नौ लाखभन्दा […]

बाढीका कारण हराएको बाह्रसिंगे भेटियो

चितवन, १८ भदौ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पद्मपुरस्थित खुला खोरबाट बाढीपछि हराएको भनिएको संरक्षित वन्यजन्तु बाह्रसिंगे भेटिएको छ। बाढीका कारण खुलाखोर भत्किएपछि त्यहाँबाट हराएको भनिएका चार बाह्रसिंगेमध्ये एउटा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए। उनका अनुसार अर्ना र बाह्रसिंगे राखिएको खुला खोर ९इन्क्लोजर०को अनुगमनमा एउटा बाह्रसिंगे भेटिएको […]

दशैका लागि ९० प्रतिशतभन्दा बढी हवाइ टिकट बुकिङ

काठमाडौँ, १६ भदौ । दशैँलाई मध्यनजर गर्दै निजी वायुसेवा कम्पनीले ९० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको जनाएका छन् । दशैँमा गन्तव्यमा जाने यात्रुलाई लक्षित गरेर वायुसेवा कम्पनीले यतिखेर धमाधम टिकट बुकिङ गरिरहेका हुन् । सडक सवारीसाधन जस्तो अग्रिम बुकिङ भनेर नखुलाउने वायुसेवा कम्पनीले दसैँ आउनु तीन साताअघि नै लगभग सीट बुकिङ सकिएको जनाएका छन् । […]

तातोपानीमा डुबुल्की मार्न आउने विदेशीको संख्या बढ्दो

म्याग्दी, १५ भदौ । तीन वर्षदेखि जापानबाट पाँच जनाको एक समूह नियमित रुपमा बेनी नगरपालिका ४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने गरेको छ । युट्युब र अनलाइनमा तातोपानी कुण्डका बारेमा जानकारी पाएपछि कुण्ड खोज्दै आएको जापानी टोलीले हरेक वर्ष बुकिंग गरेर तातोपानी कुण्डमा डुबुल्की लगाउँछ र प्राकृतिक उपचारमार्फत स्वस्थ भई आफ्नो देशमा फर्किने गर्छ […]

विश्वका १५ पवित्र तीर्थस्थलमध्ये एक म्याग्दीमा

म्याग्दी, १३ भदौ । हिन्दूहरूको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ वटा पवित्र तीर्थस्थलमध्येको एउटा तीर्थस्थल म्याग्दी जिल्लामा रहेको छ । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको पुलस्त्य पुलहाश्रमलाई विश्वकै पवित्र तीर्थस्थलको रुपमा श्रीमद्भागवत महापुराणमा उल्लेख गरिए पनि सो तीर्थस्थल प्रचारप्रसार, भौतिक पूर्वाधार र संरक्षणको अभावमा ओझेलमा परेको छ । श्रीमद्भागवत महापुराणको सप्तम […]

एयर सुन्दरीहरुका लागि सिजन मिडियाले ल्यायो नयाँ अवसर

काठमाडौं । सिजन मिडियाले मिस एयर होस्टेस २०१७ चौथो संस्करणको आयोजना गरेको छ । विगत ७ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको सिजन मिडियाले यस सिजनको पहिलो चरणको छनौट प्रक्रियाबाट ५१ जना एयर सुन्दरीहरु छनौट गरेको जनाएको छ । मिस एयर होस्टेसका लागि एयर होस्टेस सम्वन्धी काठमाडौं लगायत विभिन्न सहरमा एयर होस्टेसको तालिम लिइ बसेका […]

चिनियाँ पर्यटकलार्इ लक्षित गर्दै तिब्बत एयरलाइन्सले थाल्यो काठमाडौं–सिआन सिधा उडान

काठमाडाैं, ११ भदाै । चिनियाँ पर्यटकको वृद्धि तथा चीन–नेपाल व्यापारिक चाप बढ्दै गएसँगै चीनको तिब्बत एयरलाइन्सले शनिवारदेखि काठमाडौं–सिआन सिधा उडान सुरू गरेको छ। यसअघि असार ५ गतेदेखि सछ्वान प्रान्तबाट छङ्तु–काठमाडौं उडान भर्दै आएको तिब्बत एयरलाइन्सले दोश्रो सीधा उडान पल्लो शान्सी प्रान्तको राजधानी सिआनबाट थालेको हो। त्यहाँबाट काठमाडौं हवाई उडान ४ घण्टामा पुरा हुनेछ। शुभारम्भ उडानमा […]

जहाज लिने निहुँमा सिंगापुर घुमेर सकियो निगमको लाखौ सम्पति

काठमाडाैं, ११ भदाै । राष्ट्रिय ध्वरावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज हेर्न र लिन जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारी सिंगापुर पठाएको छ। ‘जहाज थपेर व्यवस्थापन पनि सुधार गर्दै लानुपर्छ’ भन्ने रटान लगाउने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले ती सबै कर्मचारीको भ्रमण बिदा स्वीकृत गराएका हुन्। तीमध्ये आधाजति सिंगापुर घुमेर […]