पाली आधुनिक राजनीतिक इतिहासमा सर्वाधिक प्रभाव राख्ने बिपी कोइराला र पुष्पलाल (पिएल) श्रेष्ठ ४ वर्षको अन्तरमा साउन ६ र ७ गते बिते। पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा भयो। पञ्चायती राजतन्त्रले उनको पार्थिव शरीरसमेत देशमा ल्याउन दिएन। तर उनको अस्तु–जुलुस पञ्चायतकालको प्रतिपक्षीय पहिलो विशाल जुलुस बन्यो, जसले ०३५÷०३६ को राजनीतिक […]
दृष्टिकोण
बिपी र पुष्पलालमाथिका आरोप वैचारिक दरिद्रताको पराकाष्ठा
आज नेपाली राजनीतिका एक महान ब्याक्तित्व बिपी कोइरालाको ३७ औं स्मृति दिवस हो । २०३९ साउन ६ गते कोइरालाको निधन भएको थियो । यता नेकापा संस्थापक महासचिव एवम अर्का महान व्यक्तित्व कमरेड पुष्पलालको निधन भने २०३५ साउन ७ गते हिन्दुस्तानमा निर्वासनकै बेला भएको हो । यी आधुनिक नेपाली राजनीतिका मुर्धन्य ब्याक्तित्वहरुबारे यस्ता केही भ्रम र […]
विप्लव-सरकारबीचको वार्ता: हल्ला र यथार्थ
सरकार र विद्रोही नेपाल कम्युनिस्ट पार्टीका बीच वार्ताको कुरा यतिबेला चर्चामा छ । वार्ताको कुरा कहाँ के कति पुगेको हो भन्ने कुरा जति खोजिमा छ, त्यो भन्दा बढी खोजि यतिबेला यो हल्ला कसले चलाएको हो भन्ने कुराको छ । हल्ला यतिसम्म चलाइएको छ कि सरकारी वार्ता टोलीको नेतृत्व सत्तारुढ दल नेकपाका महासचिव बिष्णु पौडेलले गरेका […]
समय बदलियो नेता ज्यू, खाइस्योस्
म माईतीघरबाट भक्तपुर फर्कदैं थिएँ । बनेपा—धुलिखेल जाने बस घ्याच्च माईतीघर बसस्टपमा रोकियो । म चढें । सबभन्दा पछाडिको एक सीट खाली रहेछ । म धावकीय गतिमा दौडेर सो सीटमा बसें । केही यात्रुहरुले चिनेकोजस्तो गरेर मतिर हेरे । एउटा कालो मास्क लगाएको मभन्दा अगाडिको सिटमा बसेको अधबैँशे मतिर फर्केर मुसुक्क हाँस्यो । “नमस्कार नेताज्यू” […]
जीवनको अमूल्य कुरा गुमाएको ४५ औं दिनमा
बा सम्मानित हुने विद्वान, धनी, राम्रा भएर वा शक्तिशाली भएर होइन रहेछ । बा त बा भएका कारण श्रदेय हुने रहेछन् आदरणीय हुने रहेछन । बा १४ वर्षदेखि दमको रोगी हुनुहुन्थ्यो । दाई स्वाथ्य क्षेत्रसँग चिरपरिचित भएर नै बा’को औषधोपचारमा सजिलो भएको थियो । पछिल्लो १ वर्षदेखि बा’लाई अनेक समस्या देखिन थाल्यो । डाक्टरका अनुसार […]
‘फिर्तावाद’को अक्करे भिरमा ओली सरकार
हमारी राहों के चिराग कौन है ? जो खुद अंधेरे में है– सीताराम अग्रहरि अर्थात् हाम्रो मार्गको उज्यालो को होला ? जो आफैंँ अँध्यारोमा छ ! नेताहरूको सैद्धाान्तिक विवेकमा भएको गम्भीर त्रुटिका कारण अहिले नेपाली राजनीतिले निकास मार्ग पहिल्याउन नसकेको मात्रै होइन, राजनीति महँगो व्यवसाय पनि बनेको छ। पार्टी ‘कर्पाेरेटतन्त्र’ अनि कार्यकर्ता बने ‘सेयर होल्डर’ […]
अस्पताल अर्थात जिउदा बद्यशालाहरु जहाँ जीवन र मृत्युको सौदावाजी हुन्छ
झल्यास् भए । ध्यान खिचियो फोनतिर गोवा हिडने तयारीमा थिएँ म । गोवा भारतको एक चर्चित पर्यटकीय गन्तव्य । यात्रामा अल्पबिराम लागेकै हो त ? मनुले मेरो शारीरिक तडकभडक र अनुहारको भाषा बुझिसकिछन् । आमापछि मेरो शारीरिक तडकभडक बुझने पछिल्लोसमय पहिलो मान्छे हुन मनु । मेरा अंगहरुका एक एक भाषाप्रति गहिरो ज्ञान राख्छिन् । छिटो […]
देशको बिरामीपन र औषधी
‘देश बिरामी पर्यो हजुर ! झर्किने, झुक्किने, बिर्सने, बर्बराउने, ढाट्ने, जिम्मेवार पदमा बसेकाले जनतालाई तथानाम गाली गर्ने र ठुल्ठुला कुरा गर्ने तर व्यबहारमा माखो नमार्ने जस्ता लक्षणहरु देखा परे, लौन जनता ओखती- मुलोको खोजी गरम !” आज बिहानै एकजना बुज्रुकले मलाई घचघच्याउनु भयाे । मैले स्वीकृतिपूर्बक मुन्टो हल्लाउदै एउटा दृष्टान्त सम्झन लागे । एकादेशमा सचिवले […]
गृहमन्त्री ज्यू ! के लोकतन्त्र बचाउन जनप्रतिनिधिलाई ‘सुराकी’ लगाएर मान्छे मार्नुपर्ने भएको हो ?
सर्लाहीमा प्रहरीको गोली लागेर हत्या गरिएका विद्रोही नेकपाका नेता कुमार पौडेल स्थानीय जनप्रतिनिधिकै आग्रहमा मारिएको गृहमन्त्री रामबहादुर थापाले खुलासा गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा संसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल कसरी मारिए भन्ने बताए । सो क्रममा उनले कुमार पौडेल स्थानीय जनप्रतिनिधिकै […]
आफू नाङ्गै, पातलो लुगा लगाएको भन्दै अरुलाई कुरी कुरी !
सरकारले जे गरे पनि त्यसलाई बङ्ग्याएर प्रस्तुत गर्ने र आलोचना शुरु गर्ने मौसम चलेको छ हिजोआज । नेपालकै ईतिहासमा भारतबाट आउने तरकारी को विषादी जाँच्ने तयारी सरकारले गरिरहेको छ । छ महिनाभित्र विषादी चेकजाँचको सम्पूर्ण तयारी पूरा गरेर यो कामलाई व्यवस्थित गर्ने सरकारको तयारी देखिन्छ । तर आकाशै खस्न लागेजस्तो गरी पार्टीभित्र र बाहिर होहल्ला […]











