रङ्ग पत्रकारिता गर्दागर्दै चलचित्र निर्देशक भए

काठमाडौं १० सावन। चलचित्र पत्रकारिता गर्दागर्दै निर्देशनमा आउने चलन नयाँ होइन । रङ्ग पत्रकारिता गर्दागर्दै चलचित्र निर्देशनमा आउने पत्रकारको संख्या ठूलै छ नेपालमा । पत्रकारिता गर्दागर्दै चलचित्र निर्देशनबारे ज्ञान बटुलेपछि निर्देशनमा आउने गरेको पाइएको छ । राजेन्द्र शलभदेखि दीपेन्द्र लामासम्म रङ्ग पत्रकारिता गर्दागर्दै निर्देशनमा आइपुगेका हुन् । राजेन्द्र सलभ ‘दुवो’, ‘पर्दा’, ‘गोरखा एक्स्प्रेस’ लगायत पत्रिकामा […]

‘द लायन किङ’ले एकहप्तामै कमायो ७६ करोड !

९ साउन, एजेन्सी । डिज्नीको फिल्म द लायन किङले बक्स अफिसमा आफ्नो कमाल देखाइरहेको छ । १९ जुलाइमा रिलीज भएको फिल्मले भारतमा मात्रै  एक हप्ता भित्रै ७५ करोड बढीको ब्यापार गरेको छ । विश्लेषक तरण आर्दशले ट्वीट गर्दै फिल्मले छैटौं दिन बुधवारमा मात्रै ६ करोड २५ लाखको ब्यापार गरेको जनाएका हुन् । योसँगै फिल्मले एकहप्तामा […]

प्राकृतिक शहरमा नेवार सांस्कृतिक सङ्ग्रहालय

पोखरा, ९ साउन । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण विश्वकै आकर्षक पर्यटकीय गन्तव्य पोखरामा अर्को साँस्कृतिक गन्तव्य थपिने भएको छ । तालतलैया, हिमशृङ्खला, गुफालगायतका प्राकृतिक सम्पदाले भरिपूर्ण शहरमा नेवारी परम्परा तथा संस्कृतिको अध्ययन अवलोकनका लागि नेवार सांस्कृतिक सङ्ग्रहालय स्थापनाको प्रयास गरिएको हो । नेवारीे संस्कृति तथा जीवनशैलीका साथै उनीहरूकोे जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग गरिने सामग्रीका बारेमा पछिल्लो […]

छवि र शिल्पा विरुद्ध पक्राउ पुर्जी जारी, दुबैलाइ खोज्दै प्रहरी

काठमाडाैं, ८ साउन । बहुविवाह मुद्दामा चलचित्र निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । महानगरीय प्रहरी परिसर काठमाडाैंले उनीहरुलाइ खाेजि गरिरहेकाे जनाएकाे छ । ओझाकी पहिलाे श्रीमती हेमा ओझाले उनीहरु दुबै जना विरुद्ध केही दिन अघि बहुविवाह मुद्दा दायर गरेकी थिइन । मुद्दा दायर भएपछि जिल्ला अदालत, काठमाडौंले दुई […]

रणवीर कपुर र आलिया भट्टको विहे हुदै

 मुम्बई,  ८ साउन । अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट केही समयदेखि प्रेममा छन् । यी दुईको विवाहका बाधक बनेका आलियाका पिता एवं निर्देशक महेश भट्टले प्रेम स्विकारेका छन् । अब यी दुईको विवाह हुने कपुर परिवारका एक सदस्यले बताएका छन् । ती सदस्यका अनुसार रणवीर र आलियाको विवाह आगामी नयाँ वर्ष २०२० को […]

‘अरुण थापाको सम्झनामा…. ‘

बागलुङ, ७ साउन । ‘जति माया लाए पनि…’ मधुरो गुञ्जिरह्यो । सङ्गीतप्रेमी झुमिरहे । प्रेक्षालयमा छिनमै गहिरो मौनता छाउँथ्यो । घरी वाहीवाही चल्थ्यो । आइतबारको छिप्पिँदो साँझ बागलुङका लागि भिन्न बन्यो । साउन ५ गायक अरुण थापाको स्मृति दिवस । बागलुङमा यसपालि मुर्चुङ्गा कलाकार समूहले अरुणलाई सम्झियो । समूहले २०औँ स्मृति दिवस पारेर ‘अरुण स्मृति […]

आयो ‘तीजैमा ब्रत बसी…’

गतवर्षको तीजमा ‘यतै घमाइलो उतै घमाइलो…’सन्देश मुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपाली ‘तीजैमा ब्रत बसी…’ भन्दै आएकी छन् । मिलापको प्रस्तुतिमा गीता अधिकारीको शब्द रहेको गीतको भिडियो ‘तीजैमा ब्रत बसी…’ आज राजधानीको पुरानो बानेश्वर स्थित मनसुन क्याफेमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा र नायिका पुजना […]

प्रियंका चोपडा एकपटक पुनः ट्रोलर्सको निशानामा

एजेन्सी, प्रियंका चोपडा एकपटक पुनः ट्रोलर्सको निशानामा परेकी छिन् । प्रियंकाको एउटा फोटो अहिले चर्चाको विषय बनेको छ । यो फोटोमा प्रियंका चुरोट पिइरहेको देख्न सकिन्छ । फोटो भाइरल भएपछि मानिसहरुले उनको दम रोगमाथि ट्रोल गरिरहेका छन् । प्रियंका चोपडाको यो फोटो उनको मायामी भ्रमणको हो । फोटोमा प्रियंकासँग उनका श्रीमान् निक जोनस र आमा […]

शिल्पालाई अंश नदिन छविले आफ्नै विरुद्ध एक पूर्व पत्नीलाई बहुविवाहको मुद्दा हाल्न लगाएको खुलासा

काठमाडौं । नायिका शिल्पा पाेखरेलले डिभाेर्स मुद्दा हालेर कानुनी हक दावी गरेपछि डराएका चलचित्र निर्माता छविराज ओझाले अाफ्नै विरुद्ध अाफ्नी एक पूर्व पत्नीलाइ बहुविवाहकाे मुद्दा दायर गर्न लगाएकाे थाहा भएकाे छ ।  नायिका शिल्पाले अाफूलाइृ छविले चरम घरेलु यातना दिएकाे भन्दै प्रहरीमा उजुरी दिएकी थिइन । त्यसपछि पनि उनी अझै नाटकीय रुपमा प्रस्तुत हुन थालेकाे […]

छवि ओझा विरुद्ध पर्यो बहुबिवाह मुद्दा, छवि–शिल्पाको झगडा नयाँ मोडमा

काठमाडौं, ५ साउन । छविराज ओझाकी पूर्वपत्नी हेमा ओझाले छविराज ओझाविरुद्ध बहुविवाहको उजुरी दिएकी छिन् । हेमाले महानगरीय प्रहरी वृत्त, गौशालामा जाहेरी दिएकी हुन् । छवि र हेमाले वि.सं. २०४१ सालमा बिहे गरेका थिए । उनले निर्माता छविराज ओझाले आफूलाई थाहै नदिई शिल्पा पोखरेलसँग बिहे गरेको मिडियाको माध्यमबाट थाहा पाएको पनि जाहेरीमा उल्लेख छ । […]