सबै सम्पती बेचेर छोरो अमेरिका, गाउँमा बुढी आमाको बिचल्ली

काठमाडौं । भनिन्छ, आमा बाबु बाहेक संसारमा सबै थोक पाईन्छ । आफ्ना सन्तानको भविष्य उज्जवल बनाउनको लागि बाबु आमाले ज्यादै दुःख कष्ट गरेका हुन्छन् ।

अझ बाबुको सानैमा मृत्यु भएपछि एक्ली बनेकी आमाले झन ठूलो कष्ट र बेदना सहनु पर्ने हुन्छ । छोरा पढेर ठूलो मान्छे हुन्छ भन्ने अभिलासाले भोको पेटमा पटुकी कस्दै हुर्काएकी आमाले छोराबाट धेरै आशा र अपेक्षा गरेकी हुन्छिन् ।

एकदिन छोराको अमेरिका भिषा लाग्छ २ वर्षको अमेरिका बसाईपछि छोरा गाउँमा फर्किन्छ । आमालाई पनि अमेरिका लैजाने भन्दै फकाएर सबै घर जग्गा बिक्री गर्छ । एयरपोर्टमा पुगेपछि टिकट काट्न जान्छु भन्दै छोरो अमेरिका उड्छ । टिकट लिएर आउने आशामा कुरेर बसेकी आमा झसङ्ग हुन्छिन्, जब छोरो अमेरिका उडिसकेको थाहा पाउछिन् । उनको साथमा पैसा पनि हुँदैन, गाउँ फर्किदा गाडी भाडा नभएर गाडीबाट समेत झारिदिन्छ ।

यस्तै कथामा आधारीत रहेर निर्देशक तथा एरेन्जर तारानाथ आचार्यले तीज गीत ‘नारी’को भिडियो तयार पारेका छन् । शर्मिला गुरुङको आवाज रहेको उक्त गीतको शब्द लय र एरेन्ज तारानाथ आचार्यले गरेका छन् भने प्रमोद गुरुङको छायंकनमा सुबास अम्गाईले सम्पादन गरेका हुन् । गीतलाई डिजिटल स्टारले बजारमा ल्याएको हो ।

हेर्नुहोस् यो मर्मस्पर्शी गीत

 

Loading...