काठमाडौँ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको फागुनसम्ममा आफ्नो डाटा सेवाका प्रयोगकर्ता १८ दशमलव १४ प्रतिशतले बढेको जनाएको छ । फागुन मसान्तसम्म डाटा सेवाका प्रयोगकर्ता ९९ लाख ५४ हजार ७ सय २२ पुगेको टेलिकमले जनाएको छ । टेलिकमका कुल ग्राहक १ करोड ९१ लाख १३ हजार ७ सय पुगेका छन् । नेपाल टेलिकमले अधिकांश जिल्लामा थ्रीजी सेवा सञ्चालन […]
सूचना प्रविधि
अलविदा हकिङ ! महान वैज्ञानिक स्टेफन हकिङको निधन
काठमाडाैं, ३० फागुन । विश्वविख्यात वैज्ञानिक स्टेफन हकिङकाे ७६ वर्षकाे उमेरमा निधन भएकाे छ । अमेरिकाकाे क्याम्ब्रिजस्थित घरमै हकिङको निधन भएको बताइएकाे छ । उनको परिवारले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन् । विज्ञप्तीमा मृत्युकाे कारण भने खुलाइएकाे छैन । हकिङका तीन जना छोराछोरी लुसी, रोबर्ट र टिमले आफ्ना प्यारा पिताको निधनले मर्माहत भएको विज्ञप्तिमा […]
दुर्घटनापछि बंगलादेशबाट नेपालमा टेलिफोन सेवा निशुल्क
काठमाडाैं । सोमवार त्रिभुवन बिमनस्थलमा ४९ जनाको ज्यान जानेगरी भएको बिमान दुर्घटनापछि नेपाल र बंगलादेश शोकमा डुबेको छ । यस शोकको घडीमा आफन्तहरुलाई दुर्घटनाको विवरण बुझ्न सजिलो होस भन्ने उदेश्यले बंगलादेशको एक टेलीफोन प्रदायक सस्थाले नेपाल फोन निशुल्क गराएको छ । त्यहाको ग्रामीण टेलीफोनले सेवा निशुल्क गराएको हो । उक्त टेलीफोन सेवा प्रदायक सस्थाले राहत […]
नेपालमा इन्टरनेट प्रयोगकर्ता ३ गुणा बढे
काठमाडौ । इन्टरनेट प्रयोगकर्ताको संख्या ५ वर्षमा तीन गुणा बढेका छन् । दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार २०६९ मंसिर अन्त्यसम्ममा ५२ लाख ७८ हजार ३ सय ७४ रहेको इन्टरनेट प्रयोगकर्ताको संख्या बढेर एक करोड ६७ लाख ३३ हजार पुगेको छ । ५ वर्षअघि नेपालको इन्टरनेट प्रयोगकर्ता दर (इन्टरनेट पेनिट्रेसन रेट) करिब २० प्रतिशत थियो भने यो वर्षको […]
आजसम्मकै तीब्र गतिको जहाज ल्याउँदै चिनियाँ वैज्ञानिक, आवाजको गतिभन्दा पाँच गुणा तीब्र गति
काठमाडाैं । अाधुनिक विश्वमा चीनले अकल्पनीय कामहरुलार्इ सम्भव बनाउँदै लगेकाे छ । चिनियाँ वैज्ञानिकहरुले गरेका खाेजले विश्व चकित बनेकाे छ । यसैक्रममा चीनले अाजसम्मकै तीब्र गतिकाे जहाज ल्याउने घाेषणा गरेकाे छ । चिनियाँ बैज्ञानिकहरुले अावाजकाे गतिभन्दा पाँच गुणा तीब्र गतिमा चल्ने हाइपरसाेनिक जहाजकाे गिजाइन सबै तयार भइसकेकाे बताएका छन् । अहिले चीनकाे राजधानी बेइजिङबाट अमेरिकाका […]
फेक र प्रपोगाण्डा न्यूजको बुस्ट रोक्न फेसबुकले गर्यो यस्तो कडा घोषणा
काठमाडाैं । सामाजिक सञ्जाल फेसबुकले विश्वसनीय समाचारलाई मात्रै प्रवर्द्धन (बुस्ट) गर्ने भएको छ। फेसबुकका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मार्क जुकुरबर्गले न्यूज फिडमा पूर्ण विश्वसनीय समाचार स्रोतलाई प्राथमिकता दिइने घोषणा गरेका छन्। ‘जुन भरोसायोग्य छ त्यो प्रकाशनलाई प्रवर्द्धन गर्नेछौं। जो प्रकाशनमाथि उच्च रुपमा समुदायको भरोसा छैन् त्यसमा कमी आउनेछ,’ उनले भनेका छन्– ‘यो परिवर्तन न्यूज […]
अबको ३२ वर्षपछि सुर्य अहिलेसम्मकै चिसो हुने वैज्ञानिकको दावी
हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ। क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले सौर्य चक्रकाबारेमा अध्ययन गर्दा यस्तो तथ्य भेटिएको जारी प्रतिवेदनमा बताइएको हो। उनीहरुले त्यतिबेला सम्ममा सूर्यको तापक्रम सात प्रतिशतसम्म घट्नसक्ने विश्वास व्यक्त गरेका छन् । सूर्यको तापक्रम घटेपछि पृथ्वीमा पर्ने तापक्रम पनि कम हुनेभएको छ। […]
इन्टरनेटका कारण पछिल्लो समय बालबालिका साइबर कुलतबाट नराम्ररी प्रभावित
काठमाडौं, ५ फागुन । तपाईँका छोराछोरी पढ्न छोडेर कतै एकान्तमा बसेर एकोहोरो मोबाइल, आइप्याड, तथा ट्याब चलाउने त गर्दैनन् ? यदि त्यसो गर्छन् भने हाशियार ! साइबर कुलतमा फस्लान् । सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालप्रतिको बढ्दो आकर्षण र इन्टरनेट सुविधाको सुलभ तथा सहज महुँचका कारण नेपाली बालबालिका साइबर कुलतबाट नराम्रोसँग प्रभावित भएको पाइएको छ । […]
वर्ल्डलिंकले ल्यायो स्मार्ट विद्यार्थीका लागि ‘हाम्रो स्कुल’ ई–लर्निङ सेवा
काठमाडौं । नेपाली शैक्षिक क्षेत्रमा रहेको पठनपाठन प्रणालीमा नौलो आयाम थप्दै वल्र्डलिंकले विश्वका प्रतिष्ठित राष्ट्रमा जस्तै ईन्टरनेटको माध्यमबाट घरमै बसि–बसि विभिन्न तहको कोर्सहरु अध्ययन गर्न सकिने ‘वल्र्डलिंक हाम्रो स्कुल’ ई–लर्निङ सेवा सञ्चालनमा ल्याएको छ । समयसापेक्ष रुपमा आधुनिक समयमा शैक्षिक क्षेत्रमा परिमार्जन गर्ने उद्देश्यका साथ वल्र्डलिंकले यो सेवा मिदास ई–क्लाससँगको सहकार्यमा सञ्चालनमा ल्याएको हो । […]
भर्चुअल मुद्राको चिप निर्माण गर्दै सामसुङ
काठमाडाैं । विद्युतीय सामाग्री निर्माता कम्पनी सामसुङले भर्चुअल मुद्राको चिप निर्माण गर्ने भएको छ । क्रिप्टोकरेन्सीकै संरचनामा चिप निर्माण भइरहेको कम्पनीले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । नयाँ प्रविधिलाई आत्मसात गर्दै चालिएको पछिल्लो कदमले नाफा बढाउन मद्दत पुग्ने दक्षिण कोरियाली कम्पनीको विश्वास छ । यसअघि सबैभन्दा महङ्गो चिप निर्माण गरेको इन्टेल कम्पनीको रेकर्ड समेत […]










