१) स्त्री शक्ति एकादेशमा एक अति बलिष्ट, बुद्धिमान र सुन्दर युवक थियो। उक्त युवकसँग सबैजना आकर्षित हुन्थे।शक्तिशाली र घरानिया स्त्रीहरु समेत उक्त युवकको निम्ति मरिहत्ते गर्थे। मानै युवक लाखौको सपनाको राजकुमार थियो। एक कान दुई कान मैदान हुँदै उक्त युवकको चर्चा राज दरबारसम्म पनि पुग्यो। उतिखेर उक्त देशकी रानी पनि पूर्ण यौवनले भरिएकी असाध्य सुन्दरी […]
साहित्य
साहित्य र पर्यटन सँगसँगै लगिने
काठमाडौँ, १५ असोज । त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको शारदीय काव्योत्सवमा करीब २५ कविले आआफ्ना सिर्जना वाचन गरेका छन् । संस्थाका उपाध्यक्ष राजेन्द्रमान डङ्गोलको अध्यक्षतामा भएको कार्यक्रममा कविता वाचन गर्नेमा बलराम दाहाल, प्रकाश गफाडी, रामकुमार एलन, उमेश पाण्डे, कृष्णदेव रिमाल, जीतेन्द्र रसिक, समाश्री, माधव अटल, धरणीधर गुरागाईं, गीता रेग्मी, प्रेमिला राई, केशवराज जोशी, गङ्गा आचार्य, […]
पन्ध्र वर्षपछि ‘प्रतिगन्ध’ उपन्यासका साथ सरुभक्त
चिप्लेढुङ्गा, १३ असोज । साहित्यमा उपन्यासबाट उचाइमा रहेका साहित्यकार सरुभक्तले १५ वर्षपछि सातौँ उपन्यास प्रतिगन्ध लिएर पाठक समक्ष आएका छन । २०६१ सालमा अमेरिका भ्रमणमा पुग्दा नेपालीले भोगिरहेका विविध पक्षहरु नियालिरहँदा उत्पन्न अनेक अनुभूतिको समिश्रणलाई उतार्न अठोट लिएर उनि फर्किएका थिए । अमेरिकामा बसेका नेपालीले भोगेको भोगाइको साझा चित्रणलाई सरुभक्तले १५ वर्षपछि प्रतिगन्ध उपन्यासमा सार्वजनिक […]
ताम्राकारको ‘अनाम परिधि’ विमोचित
विराटनगर, १२ असोज । कथाकार रीता ताम्राकारको चौथो कथाकृति ‘अनाम परिधि’ आज इटहरीमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । साहित्य सञ्चार प्रतिष्ठान इटहरीद्वारा आयोजित कार्यक्रममा कवयित्री कुन्ता शर्मा, प्राज्ञ विवश पोखरेल, कवि मनु मञ्जिल, बद्री भिखारी लगायतले ‘अनाम परिधि’ कथासङ्ग्रहको विमोचन गरेका थिए । विमोचित कथासङ्ग्रहका बारेमा समालोचक डा रामजी तिम्सिनाले टिप्पणी गरेकन थिए । […]
दानी साहित्यकार सबै पुरस्कारको रकम संस्थालाई
बागलुङ, ११ असोज । साहित्यकार काजी रोशनले आफूले पाएका सबै पुरस्कार र सम्मानबापतको रकम धौलागिरि साहित्य प्रतिष्ठानलाई प्रदान गर्दै आएका छन् । हालसम्म राष्ट्रिय र क्षेत्रीयस्तरमा प्राप्त १६ वटा पुरस्कार÷सम्मानको रकम प्रतिष्ठानलाई समर्पित गरेको साहित्यकार रोशनले बताए । उनले पहिलोपटक विसं २०४५ मा पाएको युवा वर्ष मोती पुरस्कारको रकम सात हजार ५०० प्रतिष्ठानलाई हस्तान्तरण गरेका […]
लाशमाथिको ‘महाभोज’
काठमाडौँ, ९ असोज । ‘बेवारिसे लाशलाई लुछिलुछी खाँन्छन् गिद्धहरुले, तर मेरो लास बेवारिसे होइन, मेरो आमा छिन् र बा पनि’, काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरको प्रेक्षालयमा आवाज गुञ्जिन्छ । चकमन्न थिएटरको अँध्यारो कोठामा भरिभराउ दर्शकको मन सिरिङ्ग पार्नेगरी आएको दृश्यसहितको आवजलेनै बोलिरहेको थियो कारुणिक कथा । सन् १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेकी मन्नु भण्डारीले सन् १९७९ […]
आजको चर्चित गीतः तिमीहरू चुप लागेर बस
हामी सकेसम्म देश लुट्छौ तिमीहरू चुप लागेर बस हामी अरबौ अर्ब भ्रष्टाचार गर्छौं तिमीहरु सहेर बस हामी देशमा उत्पात मच्चाउछौं तिमीहरू रमिता हेरेर बस हामी आलोचकलाई निषेध गर्छौं तिमीहरु बिबेक थुनेर बस हामीहरू तिमीहरूलाई थुन्छौ, पिट्छौं, मार्छौं तिमीहरू आँखा छोपेर बस यो हाम्रो बेला हो तिमीहरुले चुप लागेर हेर्ने हो हामीहरुले हो तिमीहरुको भाग्य कोर्ने […]
‘सुनको पहाड’ मा बेपत्ता परिवारको पीडा
काठमाडौंँ, ८ असोज । आख्यानकार विष्णु भण्डारीको दोस्रो उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ । पूर्वमन्त्री राम कार्की, लेखक डा अर्चना थापा र बेपत्ता परिवारका प्रतिनिधि तथा अधिवक्ता एकराज भण्डारीले मङ्गलबार संयुक्त रूपमा कृति सार्वजनिक गरे । सो अवसरमा नेकपा नेता कार्कीले भण्डारीको उपन्यासले जनयुद्धका क्रममा बेपत्ता योद्धाका परिवारजनले भोग्नुपरेको पीडालाई प्रस्तुत गरेको तथा घटनाको […]
सिन्धुपाल्चोक प्रगतिशील लेखक संघको पाचौ जिल्ला अधिवेशन सम्पन्न
आश्विन १ , सिन्धुपाल्चोक । प्रगतिशिल लेखक संघको सिन्धुपाल्चोकको पाँचौ अधिवेशन सम्पन्न भएको छ ।सिन्धुपाल्चोकमा सोमवार भएको दुई दिने कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका १२ गाउँपालिकामा सम्पन्न भएको पाचौ अधिवेशनले यदुनाथ वसन्तपुरेको अध्यक्षतामा १२ सदस्यिय कार्य समिति सर्वसम्मत चयन गरिएको छ । कार्य समिति अध्यक्षमा यदुनाथ वसन्तपुरे, उपाध्यक्षमा हेम प्रधान, सचिवमा निर्मल बस्नेत कोषाध्यक्षमा सरस्वती अधिकारी सदस्यहरूमा […]
वाङ्यमयमा पहिलो राष्ट्रिय गौरवको आयोजनाः सातै प्रदेशको इतिहास ग्रन्थ
काठमाडौँ, ३१ भदौ । वाङ्यमय क्षेत्रमा पहिलो राष्ट्रिय गौरवको आयोजनाका रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रअनुकूल सातै प्रदेश र समग्र देशको अद्यावधिक इतिहास ग्रन्थ प्रकाशन हुने भएको छ । देशको मानवीय मूल्य र संस्कृतिको प्रवद्र्धन गर्न सातै प्रदेश र समग्र देशको लेखन यस महत्वाकांक्षी योजना कार्यान्वयन गर्न नेपाल प्रज्ञा प्रतिष्ठानलाई सरकारले अतिरिक्त बजेट दिने भएको हो । […]










