एजेन्सी। दक्षिण भारतीय राज्य तमिलनाडुमा एक नवविवाहित महिला र परिवारका तीन अन्य सदस्यले सेल्फी फोटो खिच्ने क्रममा ज्यान गुमाएका छन । उनीहरुको सरोवरमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । एक आपसमा हात समातेर पाम्बार बाँधमा कम्मरसम्म पानी जम्मा भएको ठाउँमा उभिएर सेल्फी खिच्दै गर्दा एकजना अलि गहिरो स्थानमा पुगेर चिप्लिएका र उनले अन्यलाई पनि […]
समाचार
पिङ खेल्दा घाँटीमा डोरी बेरिएर मृत्यु
म्याग्दी, २१ असोज । म्याग्दीमा एक बालिकाको पिङ खेल्ने क्रममा घाँटीमा डोरी बेरिएर मृत्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–५ किमचौरकी सात वर्षीया दीपा फगामीको सोमबार राति डोरी घाँटीमा बेरिएर मृत्यु भएको हो । अभिभावकले खेल्नका लागि घरमा नै बनाइदिएको पिङको डोरी घाँटीमा बेरिँदा ज्यान गएपछि शव परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको थियो । अस्पतालका […]
जेल समेत असुरक्षितः सुँगुरको मासु खाँदा दुई कैदीको मृत्यु, दुईजना सिकिस्त
पाँचथर, २१ असोज । सुँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरका दुई कैदीको ज्यान गएको छ । दुईजना सिकिस्त भएका छन् । आइतबार राति सुँगुरको मासु खाएर बिरामी परेर सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको थियो । उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका–८, याङनामका वर्ष २५ का वुद्धि केरुङको सोमबार उपचारको क्रममा मृत्यु भएका पाँचथर प्रहरीले […]
भक्तपुरमा सवारी दुर्घटनामा परि एकको मृत्यु
भादगाउँ, २१ असोज । काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४३६७ नंको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बा २४ प २७४० नंको मोटरसाइकल सूर्यविनायक नगरपालिका ८, भातेढिकुरमा ठक्कर खाँदा एक युवकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रामेछाप लिखु गाउँपालिका–४ घर भई हाल […]
चट्याङले छ घाइते, दुई चौपाय मरे
भोजपुर, २१ असोज । अविरल वर्षात्सँगै आएको चट्याङले भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा छ जना घाइते भएका छन् । गए राति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जयबहादुर खत्री, उनकी श्रीमती सेतीका खत्री घाइते भएको प्रहरीको भनाइ छ । त्यस्तै ६८ वर्षीय विर्खमाया राई, स्थानीय नन्दबहादुर राईकी १६ वर्षीया छोरी इन्दिरा खत्री र […]
मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै
जनकपुरधाम, २१ असोज । बडादशैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदैछ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन मानिन्छ । मिथिला क्षेत्र शक्ति उपासनाका लागि प्रसिद्ध रहेको क्षेत्र हो । भगवती दुर्गालाई शक्तिस्वरुपा मानेर परम श्रद्धापूर्वक पूजा गरिने […]
महरालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, – आचरण बिगार्ने जोकोहीले कारबाही भोग्नैपर्छु
झापा, २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कार आरोपमा पक्राउ परेका निर्बतमान सभामुख कृष्णबहादुर महरालाई कारबाही हुने बताएका छन् । उनले महराको नामै नलिइकन आचरण बिगार्ने जोकोहीले कारबाही भोग्नुपर्ने स्पष्ट पारे । बलात्कार प्रयासको आरोपमा महरा पक्राउ परेको भोलीपल्टै झापा पुगेका प्रधानमन्त्री ओलीले महरा प्रकरणप्रति लक्षित गर्दै आफ्नो भनाई सार्बजनिक गरेका हुन् । झापाको […]
आज विजयादशमीः टीकाको साइत बिहान १०ः३५ बजे
काठमाडौं, २१ असोज । हिन्दु धर्मावलम्बीहरुको महान् पर्व विजयादशमी मंगलबार मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंगलबार देवी विसर्जनको साइत बिहान ८ः४५ बजे रहेको […]
दशैमा सुनसान काठमाडौं, खुलेको आकाश अनि उडेका सपना (फोटो फिचर)
काठमाडौं सहर हरेकको सपनाको सहर हो । देशको राजधानी यस सहरमा नै छन लाखौ मानिसका सपना( कति साकार हुँदै गरेका त कति देखिएका मात्र । कति च चुडिएका सपना पनि । हरेक नागरिक आफ्नो सपना यही सहरमै देख्छन् । आलिसान महलदेखि सडकपेटीसम्म यहाँ अनेक तरहका सपना देखिन्छन । हर रात केही सपना देखिन्छन त केही […]
घर, परिवार अनि आफ्नो सुन्दर भविष्यको खोजिमा विदेशमा काम गर्ने नेपालीहरु यसरी मनाउँदैछन दसै
दशै आइसकेको छ तर पनि स्वदेस छाड़ि बिदेसमा बस्ने नेपालीहरु के कसरी दशै मनाउने गर्दछन् ,खुसी या दुःखी के छन त सबैले आ आफ्ना धारणा यसरी प्रस्तुत गरेका छन। सचिन्द्र श्रेष्ठ, कूस्मा, हाल यूएई खासै दशै मनाइदैन त्यसमा पनि अझ मुस्लिम देशमा बस्छु यहाँ केवल एक अर्कामा शुभकामना साटा साट मात्र बढी संघ सस्थले गर्ने […]