काठमाडौ, १८ माघ । गणतन्त्र दिवसको अवसरमा आचरण सुधार गरेको भन्दै गत जेठ १४ मा कैद सजाय छुट पाएका भोजबहादुर थापा मगर फेरि पक्राउ परेका छन् । डाँका मुद्दामा कैद भुक्तान गरिरहेका थापा कैद छुट पाएर छुटे लगत्तै फेरि डकैतीमा संग्लन रहेको खुलेको छ । गत माघ १० मा भक्तपुरको सूर्यविनायक–८ गणेश चोकमा डेरा गरी बस्ने रामबहादुर […]
समाचार
साथीलार्इ बचाउन चिया बेच्दै स्कूले विद्यार्थी
दाेलखा, १८ माघ । बुधबार विहानैदेखि चरिकोटको मौसम चिसो थियो । एकाविहानै कठ्याङ्ग्रिने चिसोमा सातदोबाटो चोकमा स्कुले पोसाक लगाएका केहि बालबालिका देखा परे । ७, ८ कक्षामा पढ्नेजस्ता देखिने उनीहरुले ग्यास, चुलो, भाँडा र प्लाष्टिकका गिलास निकाले अनि चुला बाल्न शुरु गरे, भाँडामा पानी बसाले, चिनि, चियापति हाले । चियार तयार भयो । उनीहरुकै साथीको […]
दर्दनाक घटना: २ वर्षसम्म बलात्कार गरी ३० हजारमा अर्कैलार्इ बेचिएकी बालिकाकाे उद्धार
एजेन्सी । भारतको हरियाणा राज्यस्थित फरिदाबादबाट मानव सभ्यतालाई नै स्तब्ध बनाउने एउटा घटना बाहिर आएको छ । चाइल्ड लाइनको सूचनामा पुलिसले फरिदाबादको धिरज नगरस्थित टी–२ कोलोनीमा १५ दिनदेखि बन्धक एक बालिकालाई आइतवार उद्दार गर्न सफल भएको छ। झारखण्ड निवासी ती पीडित बालिकालाई उद्दारपछि प्रहरीले गरेको अनुसन्धानमा उनलाई २ वर्षअघि उनकै हजुरआमाले ५ हजार रुपैयाँमा बेचेको […]
आज ५:५५ बजे खग्रास चन्द्रग्रहण लाग्ने
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक समिति अनुसार, बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुनेछ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुने र आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिने समितिका अध्यक्ष प्रा […]
पराजुलीको नागरिकताको प्रतिलिपि माग्दै सिडियो कार्यालयमा पुगे डा. गोविन्द केसी
काठमाडाैं, १७ माघ । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै डा. गोविन्द केसी काठमाडाैं जिल्ला प्रशासन कार्यालय पुगेका छन् । केसीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा नागरिकताकाे प्रतिलिपिका लागि एक निवेदन समेत दर्ता गराएका छन् । केसी बुधबार बिहान १० बजे बबरमहलस्थित जिल्ला प्रशाशन कार्यलय पुगेका हुन् । उनले सूचनाको हक अन्तर्गत निवेदन दर्ता गरी […]
प्रधानन्यायाधिश पराजुलीले मार्ने धम्की दिएपछि सुरक्षा खोज्दै वकिले पुगे प्रशासनमा
काठमाडौं, १७ माघ । डा. गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षा माग गरेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष शान्ति सुरक्षा पाउँ भन्दै बुधबार उनले निवेदनसमेत दिएका हुन् । “प्रधान न्यायाधीश गोपाल पराजुलीका विवादित कार्यहरुका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतमा वहस पैरवी […]
अदालतबाट विद्यालयका प्रअ र अध्यक्षलाई एक हजार रुपैयाँ जरिवाना
कञ्चनपुर, १७ माघ । उच्च अदालत, दीपायलको महेन्द्रनगर इजलासले अपहेलना मुद्दामा कञ्चनपुरको भीमदत्तनगरपालिका बाराकुण्डास्थित प्रगति युवा आधारभूत विद्यालय अध्यक्ष कटकबहादुर कुँवर र निमित्त प्रधानाध्यापक गणेशप्रसाद पाण्डेयलाई जरिवाना गरेको छ । महेन्द्रनगर इजलासका न्यायाधीयद्वय डिल्लीराज आचार्य र दिनेशप्रसाद यादवको संयुक्त इजलासले दुवै जनालाई जनही एक÷एक हजार रुपैयाँ जरिवनाको सजाय गरेको हो । इजलासले एक वर्षअघि शिक्षक […]
दोस्रो त्रैमासिकमै बैंकहरुको नाफा ४३ प्रतिशतसम्म बढ्यो
काठमाडौ, १७ माघ । बैकहरुकाे नाफा ४३ प्रतिशतसम्म बढेकाे छ । वर्षको दोस्रो त्रैमासिक अवधिमा बैंकहरुले सार्वजनिक गरेकाे विवरणमा याे नाफा देखिएकाे हाे । यस अवधिमा एनएमबी बैंककाे नाफा सबैभन्दा बढी छ । एनएमबी बैंकले दोस्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिमा भन्दा खुद मुनाफा ४३ प्रतिशतले वृद्घि गरी १ अर्ब रुपैयाँ कटाउन सफल भएको छ । […]
प्रदुषण घटाएर स्वास्थ्य र सम्पति जोगाउन स्वच्छ हावा अभियान सुरु
काठमाडौ, १७ माघ । काठमाडाैं महानगरपालिकाले स्वच्छ हावा अभियान सुरु गरेकाे छ । उपत्यकाकाे हावा निकै धेरै प्रदुषित बनेका खबर अाइरहेका बेला महानगरपालिकाले माइती नेपाल र करुणा फाउन्डेसनसँग मिलेर यस्ताे परियाेजना ल्याएकाे हाे । वायु प्रदूषणले मानिसकाे स्वास्थ्य र सम्पत्ति असुरक्षित बन्दै गएकाे छ । त्यसका लागि प्रदुषण घटाउन तथा प्रदूषणविरुद्ध जनचेतना बढाउन यस्ताे अभियान […]
भेरी बबईमा चालक नै नभएको मेशिनले खन्यो २ किमि सुरुङ
सुर्खेत, १७ माघ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा सुरुङ खन्न प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टीबीएम) ले हालसम्म २५ प्रतिशत काम सम्पन्न गरेको छ । टीबीएम सुरुङ खन्ने चालकरहितको अत्याधुनिक मेसिन हो । अढाइ महिनामा १८ सय मिटर सुरुङ खनिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर रुक्मांगद खनालले बताए । मेसिनले कात्तिक मसान्तदेखि सुरुङ खन्न थालेको हो । ‘नेपालमै पहिलोपटक परीक्षणका […]











