काठमाडौँ, २१ भदौ । कुनै समय पाठेघरको क्यान्सरको समस्याबाट गुज्रिएकी बलिउडकी प्रख्यात अभिनेत्री मनिषा कोइरालाले आफ्नो जीवनयापनका कारण बताएकी छन् । नेशनल हस्पिटल एण्ड क्यान्सर रिर्सच सेन्टर प्रालि र क्यान्सर केयर नेपालले आयोजना गरेको ‘डिम्बाशयको क्यान्सर’ विषयको अन्तक्र्रियामा आफ्ना अनुभव सुनाउन भारतबाट नेपाल आएकी नायिका कोइरालाले आफू अस्पतालको श्ययामा उपचार गराइरहँदा आफ्नो जीवनशैली, खानपानले स्वास्थ्यमा […]
समाचार
चितवनमा बाढीले ४९९ घर पूर्ण क्षति । २१ करोड नोक्सान
चितवन, २१ भदौ । बाढीका कारण चितवन जिल्लामा ४९९ घर पूर्ण क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिका स्रोत व्यक्ति हरिबाबु ढकालले आजसम्मको प्राप्त विवरणबारे जानकारी दिँदै ४९९ घर क्षति भएकामध्ये रत्ननगर, राप्ती र माडी नगरपालिका बढी प्रभावित भएका छन् । साउन अन्तिम साताको बाढीले जिल्लाको सात स्थानीय निकायमध्ये रत्ननगर नगरपालिकामा १११, […]
पर्यटकको पर्खाइमा छन् मुस्ताङका यी दुई रमणीय ताल
मुस्ताङ, २१ भदौ । प्रशस्त सम्भावना बोकेको थासाङ गाउँपालिका–२ कोवाङस्थित भुर्तछो र सेकोङ ताल ओझेलमा परेका छन् । प्रचारप्रसार, संरक्षण र पूर्वाधारको कमीले प्राकृतिक सौन्दर्यले रमणीय ताल ओझलमा परेका हुन् । दैनिक सयाँै आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गर्ने बेनी–जोमसोम सडकको बोक्सीखोला खण्डदेखि करिब ३० मिनेट उकालो चढेपछि पुगिने भुर्तछो र सेकोङ ताल सुनसान छ […]
सडक आयो, गाडी आएनन्
ताप्लेजुङ, २१ भदौ । ओलाङ्चुङगोला छिमेकी मुलुक चीनसँग सडक सञ्जालले जोडिए पनि बासिन्दाले यातायातका साधन चढ्न पाएका छैनन् । दुर्गम ओलाङ्चुङगोला बस्तीसम्म सडक आए पनि स्थानीयवासीलाई ओहोरदोहोर गर्ने सवारीसाधन छैन । चीनको स्वशासित क्षेत्र तिब्बतबाट ओलाङ्चुङगोला बस्तीमा भने ठूल्ठूला सवारीसाधन आए पनि त्यहाँका स्थानीयवासीलाई ओहोरदोहोर गर्नका लागिसवारीसाधन नै छैनन् । यसअघि दिनभर लगाएर टिप्ताला ओहोरदोहोर […]
लोकसेवा आयोगको परीक्षामा यी प्राविधिक पदमा दरखास्त नै पर्दैनन
काठमाडौँ, २१ भदौ । लोकसेवा आयोगबाट खुलाइने विज्ञापनमा सयौँ गुणा दरखास्त परे पनि केही विज्ञापनमा भने दरखास्त नै नपर्ने गरेको छ । आव२०७३÷०७४ मा विज्ञापन खुलाइएका ३९ पदमा कुनै पनि दरखास्त नपरेको आयोगले जनाएको छ । आयोगबाट यसरी खुलाइएका विज्ञापनमा दरखास्त नपर्ने स्वास्थ्यतर्फका प्राविधिक पद छन् । एघार पदबाहेक सबै स्वास्थ्यतर्फका प्राविधिक पदमा दरखास्त नै […]
बुद्ध एयरले भदौ ३० देखि भरतपुर–पोखरा उडान सुरु गर्ने
चितवन, २० भदौ । काठमाडौँसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल यही भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिने भएको छ । नारायणगढ–मुग्लिन सडकबाट आजित यहाँका पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध एयरले पोखरा–भरतपुर उडान शुरु गर्ने भएको हो । बुद्ध एयर भरतपुरमा प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार बिहान १० बजे पोखराबाट भरतपुरका लागि जहाज उड्ने […]
वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या
काठमाडाैं । भारतको कर्नाटक बेंगलुरुमा वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या गरिएको छ । समाचार एजेंसी एएनआईको हवाला दिदै भारतीय अनलाइन अमर उजालाले बदमाशहरुले मंगलवार बेंगलुरुको राजाराजेश्वरी नगर स्थित उनको घर भित्र पसेर अपराधलाई अंजाम दिएको बताएको छ । मीडिया रिपोर्टको अनुसार बेलुकी करीब साढ़े आठ बजे तीन अज्ञात हमलाकारीले गोली हानेर उनको […]
बेलायतमा दुई युवराजबीच लडाई
काठमाडाै । बेलायतमा दुई युवराजबीच लडाई चलेको छ । आगामी नेतृत्व कसले गर्ने भन्ने बिषयमा यी दुई युवराजबीच लडाई चलेको हो । बेलायतमा यसरी नेतृत्वका लागि लड्ने युवराज भने नेपाली हुन् । बेलायतमा रहेको नेपाली सस्था नेपाली जनसम्पर्क समितिमा सभापति को बन्ने भन्ने बिषयमा त्यहा बसोबास गर्दै आएका युवराज सिंह र युवराज गुरुङबीच प्रतिस्पर्धात्मक लडाई […]
ग्राहकबाट चर्काे मुल्य असुल्ने दरबारमार्गका थप पसल सिलबन्दी
काठमाडौ, २० भदाै । आपूर्ति मन्त्रालयले दरबारमार्गमा अन्तर्राष्ट्रिय ब्राण्डका सामान बेच्ने चार पसलमा आज सिलबन्दी गरेको छ । आपूर्तिमन्त्री शिवकुमार मण्डलको नेतृत्वमा गरिएको आकस्मिक अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको पाइएपछि ती पसल सिलबन्दी गरिएको हो । दरबारमार्गका स्टोरवन, ब्रेन्टली, पुमा र नाइक पसल सिलबन्दी गरिएको हो । ती पसलमा बिल बीजक नभएको, बढी मूल्य लिएको […]
रिसाेर्टमा कम्युनिस्ट कार्यकर्तालार्इ मार्क्सवाद पढाउन लगिए कांग्रेस नेता प्रदिप गिरी
काभ्रेकाे धुलिखेलमा एउटा रिसाेर्ट छ मिराबेल रिसाेर्ट । त्याे रिसाेर्ट पनि काग्रेस नेताकाे हाे । त्याे रिसाेर्टलार्इ कम्युनिस्ट कार्यकर्तालार्इ पढाउने स्कूल बनाइयाे । १० हजार युवालार्इ मार्क्सवाद पढाउने घाेषणा गर्दै कांग्रेसी रिसाेर्टमा कांग्रेस नेतालार्इ नै मास्टर बनाएर मार्क्सवाद पढाइयाे ३५० जति कम्युनिस्ट नेता कार्यकर्तालार्इ । सामान्यत: कम्युनिस्ट कार्यकर्ताकाे स्कूलिङ गाउँका झुपडीमा हुने गर्छ । पछिल्लाे […]










