पाल्पामा सिंचाइको पंहुच बढाइदै

पाल्पा, ४ साउन । तिनाउ गाउँपालिकाले खेतीयोग्य जमीनमा सिँचाइको पहुँच बढाउन थालेको छ । चालू आव २०७६/०७७ देखि कृषियोग्य जमीनमा ५०० हेक्टर क्षेत्रफलमा सिँचाइको पहुँच बढाउन थालिएको हो । गाउँपालिका क्षेत्रभित्र सात हजार ११७ हेक्टर क्षेत्रफल कृषि खेतीयोग्य जमीन रहेको छ । जसमध्ये बाह्रै महीना सिँचाइको सुविधा भएको एक हजार ८०७ हेक्टर र वर्षायाममा मात्रै […]

बाढीले काठे पुल बगाए पछि उत्तरी गाउसग सम्पर्क विच्छेद

धादिङ, ४ साउन । विकट उत्तरी धादिङको खनियावास गाउँपालिका–२ क्यूङ गाउँबाट अन्य गाउँतर्फ जाने एक मात्र काठेपुल बाढीले बगाएपछि सो गाउँको अन्य गाउँसँग सम्पर्क विच्छेद भएको छ । केही दिनदेखिको लगातारको वर्षाले मुङगङ खोलामा रहेको काठेपुल बगाएपछि एक सातादेखि गाउँमा आवतजावत बन्द भएको खनियावास गाउँपालिका–२ नम्बर वडाध्यक्ष टेकबहादुर तामाङले बताए। ६३ घरधुरी रहेको सो विकट […]

कास्कीमा सडक कालोपत्रे गरिदै

कास्की, ४ साउन । कास्की जिल्लाको भौगोलिक हिसाबले सानो एवं प्रकृति सौन्दर्यले भरिपूर्ण रुपा गाउँपालिकामा सर्वोत्कृष्ट अस्फाल्ट  प्रविधिबाट सडक कालोपत्रे गरिने भएको छ । दुई वर्षअघि ट्रयाक खोलिएको रामकोट–रामदी सडक रु सात करोड ३५ लाखको लागतमा पक्की गरिने भएको छ । पाँच दशमलभ एक किलो मिटर लम्बाइ र छ मिटर चौडाइको एकतर्फी ढलसहितको सो सडक […]

भक्तपुरमा जुवातास खेल्ने १६ पक्राउ

भक्तपुर,४ साउन । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा दुई ठाउँबाट १६ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायकस्थित हरिबहादुर खड्काको घरमा गए राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले नगद रु एक लाख ३३ हजार ३५० र रु ३४ लाख ३० हजारको विभिन्न […]

सीपमूलक तालीमबाट स्वरोजगार बन्दै युवा

बाँके, ४ साउन । नेपालगञ्जस्थित व्यावसायिक तथा सीप विकास तालीम केन्द्रले प्रदान गर्ने सीपमूलक तालीमप्रति बेरोजगार युवाको आकर्षण देखिएको छ । केन्द्रबाट प्रदान हुने विभिन्न समयावधिका तालीममा यस क्षेत्रको बाँके, बर्दियालगायत टाढा–टाढाबाट समेत युवाहरु आउने गरेको केन्द्रका प्रमुख जेन्टिल गौतमले बताए । उनले तालीम केन्द्रले तालीममार्फत वर्षेनी सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्दै आएको जानकारी दिँदै […]

छात्रालाई आत्मरक्षा तालिम दिने क्रम बढ्दो

बाँके, ४ साउन । महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई आत्मरक्षाको प्रशिक्षण दिइएको छ । बाँके जिल्ला खेलकूद विकास समितिको समन्वयमा राष्ट्रिय खेलकूद परिषद्ले राष्ट्रपति खेलकूद महिला सहभागिता अभिवृद्धि कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत १५० छात्रालाई आत्मरक्षासम्बन्धी प्रशिक्षण दिएको छ । समितिका अध्यक्ष आतङ्क बस्नेतले खेलकूदको माध्यमबाट महिलामाथि हुने हिंसा न्यूनीकरण र […]

१० वर्षीय बालिका बलात्कार गर्ने ६५ वर्षीय बृद्ध पक्राउ

ओखलढुंगा, ४ साउन । बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । घरमा कोही नभएका बेला मगरले बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले दिएको किटानी उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक […]

बैंकको सामग्री हेलिकप्टरबाट ढुवानी गर्न बाध्य

डोल्पा, ४ साउन । यातायातको पहुँच नभएको उपल्लो डोल्पामा हेलिकप्टरमार्फत बैंकको सामग्री ढुवानी गरिएको छ । सामग्री मूल्यभन्दा ढुवानीको मूल्य बढी परेको प्रभु बैंकले बताएको छ । शे फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र सालताङ प्रभु बैंकको शाखा विस्तार गर्न हेलिकोप्टर प्रयोग गरिएको हो । सामान सुर्खेतबाट जुफाल विमानस्थल र जुफालबाट सालताङ पु¥याइएको हो । सहज रुपमा […]

अस्पतालका स्वास्थ्यकर्मी नै झुण्डिएको अवस्थामा भेटिए

सिमकोट, ४ साउन । हुम्लामा एक स्वाथ्यकर्मीको शव झुण्डिएको अवस्थामा भेटिएको छ । सर्केगार्ड गाउँपालिका–२ को रिप स्वास्थ्य चौकीमा कार्यरत अहेब भुवनेश्यर आचार्यको डिभिजन वन कार्यालयको माथिल्लो तलको बार्दलीको रेलिङ डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको हो । उनी काम विशेषले सदरमुकाम सिमकोट आएका थिए । विगत २२ वर्षदेखि हुम्लामा सेवा प्रदान गर्दै आएका ५७ […]

बाढीले किबीको बिरुवा नष्ट हुँदा करोडको क्षति

बनेपा, साउन ४ । बनेपा नगरपालिका–१० थापागाउँमा रहेको बुद्ध फलफूल नर्सरी फार्ममा अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढी पसेर किबीको बिरुवा नष्ट हुँदा करीब रु एक करोड बराबरको क्षति भएको छ । दुई लाख वटा बिरुवा उमार्ने गरी पाँच वटा टनेलमा बीउ राखिएकोमा बाढीले नष्ट गरेपछि करीब रु एक करोड बराबरको क्षति भएको बुद्ध […]