बुटवल, २७ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अन्तिम दिन आज दुई देशबीच विभिन्न क्षेत्रमा सझौता भएका छन् । राष्ट्रपति चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष समुपस्थितिमा आज बुटवल उपमहानगरपालिका र चीनको सियान सिटीका बीचमा भगिनी सम्बन्ध स्थापित गर्ने सम्झौतापत्रमा हस्ताक्षर भई सम्झौतापत्र आदानप्रदान भएका छन् । सियान सिटी चिनियाँ कम्युनिष्ट पार्टीका […]
समाज
राष्ट्रपति सी चिनफिङलाई मैत्री संघद्वारा भव्य स्वागत
काठमाडौ, २६ असोज । नेपाल चीन वाणिज्य मैत्री संघले स्वागतद्वार बनाएर राष्ट्रपति सि चिनफिङलाई स्वागत गरेको छ । नेपालको दुई दिने राजकीय भ्रमणमा शनिवार काठमाडौं आईपुग्नु भएका चीनका राष्ट्रपति सिलाई नेपाल चीन वाणिज्य मैत्री संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठको नेतृत्वमा मैत्री संस्थाका पदाधिकारी तथा सदस्यहरु, स्थानीय जनता, राजनीतिक दलका नेता तथा कार्यकर्ता, समाजसेवी, वुद्धिजिवी, पत्रकार, राष्ट्रसेवक […]
लुक्ला उडिरहेको जहाजमा ठोक्किएर चरा नै भित्र पस्यो, पाइलटले यसरी जोगाए जहाज
सोलुखुम्बु, २५ असोज । सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्वीटअटर विमान दुर्घटनाबाट जोगिएको हो । नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमितकुमार चौरसियाका अनुसार विमानको इन्जिनभित्रै चरा पसेको थियो । उड्ने तयारीमा रहेको विमान धावनमार्गको करीब ७५ प्रतिशत भाग पार […]
सूर्योदय र हिमशृङ्खलाको अवलोकन गर्न मोहरेडाँडामा पाहुना घर
म्याग्दी, २५ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मोहरेडाँडामा पाहुना घर सञ्चालन गरिएको छ । सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि मोहरेडाँडा पुग्ने पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्ड र गाउँपालिकाको सहयोगमा पाहुना घर सञ्चालन भएको हो । रु २७ लाखको लगानीमा ७० जना क्षमताको दुई वटा पाहुना घरको भवन निर्माण भएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गका कोषाध्यक्ष रमन […]
इच्छाकामनाले बनायाे पर्यटकका लागि पैदलमार्ग
मुग्लिन, २५ असोज । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले पर्यटकका लागि पैदलमार्गमा जोड दिएको छ । सडक निर्माण सँगसँगै पैदलमार्गलाई पनि प्राथमिकता दिएको हो । वडा नम्बर ४ मा सडक सञ्जालले सबै बस्ती जोडे पनि पैदलमार्गलाई सँगसँगै स्तरोन्नति गरिएको वडाध्यक्ष होमबहादुर रानाले बताए । पैदलयात्रा रुचाउने पर्यटकका लागि पैदलमार्गलाई सुरक्षित राखेर सडक निर्माण गरिएको अध्यक्ष रानाको […]
यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
कावासोती, २५ असोज । नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् । शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जीप बुलिङटार गाउँपालिका–६, स्थित निरन्दीखोलामा दुर्घटना हँुदा नवलपरासी देवचुली नगरपालिका–४ बस्ने २७ वर्षीय हरि […]
चिनियाँ पाहुनाको स्वागतमा चिटिक्क राजधानी
काठमाडौँ, २४ असोज । सुन्धाराको आकाशे पुल नजिक एक हुल मान्छे हातमा सयपत्रीको गमला बोकेर लामबद्ध उभिए । उनीहरूले लहरै गमला मिलाएर राखे । पानी सिञ्चन गर्न तयार भएर बसेकाले ती गमलामा पानी हाले । बडारेर सफा पारिएको सडकको किनारामा लहरै राखिएका गमला देखेर पैदलयात्रीले समेत चाख मानेर हेरे, अनि भने ‘आहा हाम्रो काठमाडौँ’ । […]
लागुऔषधसहित तीन युवक पक्राउ
लहान, २४ असोज । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका– ३ का १८ वर्षीय विवेककुमार चौधरी, सोही ठाउँका १८ वर्षीय उपेन्द्र चौधरी र १८ वर्षकै रञ्जीत मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो । […]
घुमुवा प्रहरी भन्दै व्यापारीसँग रकम असुल्ने युवक पक्राउ
जलेश्वर, २४ असोज । आफू नेपाल प्रहरी प्रदेश नं. २ को घुमुवा प्रहरी रहेको भन्दै व्यापारीलाई धम्क्याउने, तर्साउने र रकम असुल्ने कार्य गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी गाउँका बौएलाल मण्डलको २८ वर्षीय छोरा जयप्रकाश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले […]
मिर्गौलापीडितलाई तीन लाख सहयोग
दमौली, २४ असोज । दुवै मिर्गौला फेल भई काठमाडौँमा उपचार गराइरहेका तनहुँको म्याग्दे गाउँपालिका–५ थर्पुका सोमनारायण श्रेष्ठलाई थर्पु नेवा खलको सक्रियतामा सङ्कलित तीन लाख २३ हजार सहयोग गरिएको छ । छ महीनाअघि मिर्गौला फेल भएर डायलासिस गराइरहेका श्रेष्ठको मस्तिष्कमा पनि समस्या देखिएपछि शल्यक्रिया गरिएको छ । हाल उनको काठमाडाँैस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ । […]








